सिटी एक्सप्रेस मनी ट्रान्सफर र बेलायतको गाभा पेबीच रेमिट्यान्स कारोवार शुरू

बेलायतको ख्यातिप्राप्त रेमिटान्स कम्पनी गाभा पे लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।

बेलायत मात्र नभई टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्स्बर्गस्थित उपभोक्ताहरुले गाभा पेको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।


Advertisement

यसबाट नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७ हजार ५०० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेछ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र गाभा पे लिमिटेडको तर्फबाट निर्देशक तथा शेयरधनी ओर्खान नासिबोभले हस्ताक्षर गरेका छन् ।


Advertisement

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १३ वर्षदेखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अस्ट्रेलिया आदि थुप्रै देशहरुमार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी  एक्सप्रेसका देशभर छरिएर रहेका ७ हजार ५०० भन्दा  बढी भुक्तानी काउन्टरहरुबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आईरहेको छ ।

              

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्