दाङका कोरोना सङ्क्रमितमा डेङ्गु

प्रतिकार्यात्मक तस्वीर।

दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु भेटिएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु फेला परेको हो।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि  परीक्षण गर्दा  डेङ्गु भेटिएको जनाइएको छ।  चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेङ्गु पोेजेटिभ देखिएपछि त्यहीअनुसार उपचार भइरहेको छ।  यही जेठ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्