बसका यात्रुलाई कोरोना संक्रमण भेटिएपछि अन्यको खोजी

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

बसमासँगै आएका यात्रुमा कोरोना भाइरस संक्रमण भेटिएपछि गण्डकी प्रदेशमा अन्य यात्रुको खोजी जारी छ। 

गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबार सूचना नै जारी गरी कन्ट्याक्ट ट्रेसिङमा नआएका बाँकी यात्रुलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको हो। 


Advertisement

जेठ ९ मा भैरहवाको नमुना मावि क्वारेन्टाइनमा बसेकालाई म्याग्दीसम्म पु-याउन ना५ख २८९८ नम्बरको बसमा आएका म्याग्दीका एक युवकमा कोरोना भाइरस पुष्टि भएको छ। 

यात्रापछि म्याग्दीमा नमुना संकलन गरिएकामध्ये पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षणमा एक पुरुषमा जेठ १५ मा कोरोना भाइरस देखिएको थियो। उनलाई कोरोना देखिएको ३ दिन बित्दासम्म बसमा सवार सबै यात्रुको कन्ट्याक्ट टे«सिङ हुन नसकेकोले निर्देशनालयले सूचना जारी गरी तत्काल सम्पर्कमा आउन वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको हो। 


Advertisement

बसचालकलाई उदृत गर्दै निर्देशनालयका अनुसार २३ यात्रु सवार सो गाडीमा गोरखा जाने १ जना व्यक्ति तनहुँको आबुँखैरेनीमा झरेका थिए। त्यस्तै लमजुङ जाने ३ जना तनहुँकै डुम्रेमा र पोखराको पुरानो बसपार्कमा २ जना यात्रु ओर्लिएका थिए । सो गाडी म्याग्दी यातायात प्रालिद्वारा संचालित गाडी हो। 

निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले हालसम्म २३ मध्ये १३ जनामात्रै सम्पर्कमा आएको बताए। उनले संक्रमितसँग सम्पर्कमा आएकालाई कोरोना सर्ने सम्भावना बढी हुने भएकाले तत्काल सम्पर्कमा आउन आग्रह समेत गरे। 

गण्डकी प्रदेशमा हालसम्म २४ जना कोरोना संक्रमित भेटिएका छन्।

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्