×

NMB BANK
NIC ASIA

विश्वका यी नेता : जो छन् सरल जीवन, उच्च प्रतिष्ठाका धनी

जेठ १९, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : नयाँ पत्रिका दैनिक
Premier Steels
Marvel

विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सामान्य छ । कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमा समेत पढाउँछन् । उनीहरूलाई साइरन बजाउँदै सडकमा ‘भिभिआइपी दम्भ’ देखाउनु बेतुक लाग्छ । राज्यको व्ययभार कम गर्न तलब कटौती गर्ने पनि छन् । यस्ता नेताको सामान्य जीवनशैलीबाट सबैले ज्ञान लिन सक्छन् । 

Muktinath Bank

कोलिन्डा ग्राभर, क्रोएसियाकी पूर्वराष्ट्रपति


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोलिन्डाको सामान्य जीवनशैली संसारभर चर्चित छ । राष्ट्रपति हुँदा पनि उनले घरको काम आफैँ गर्थिन् । केही समयअघि उनले आफ्नो घरमा रङ लगाइरहेको तस्बिर सार्वजनिक भएको थियो । ०१८ को विश्वकप फुटबलमा क्रोएसियाले फाइनलसम्मको यात्रा तय गर्दा खेलाडीको हौसला बढाउन रसिया पुगेकी तत्कालीन राष्ट्रपति विश्वचर्चित भएकी थिइन् । उनी इकोनोमिक क्लासको टिकटमा रसिया पुगेकी थिइन् । त्यति मात्र होइन, प्याराफिटमा पनि भिआइपी सिट छाडेर उनी सामान्य दर्शकसँगै बसिन् । पानी पर्दा पनि छाता खोजिनन् । मैदानमै पुगेर खेलाडीलाई हौसला दिन पनि पछि परिनन् ।


Advertisment
Nabil box
Kumari

मार्क रुटी, नेदरल्यान्ड्सका प्रधानमन्त्री

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री रुटी सडकमा निस्कँदा अगाडि-पछाडि साइरन बजाउँदै हिँड्ने सुरक्षाकर्मी हुन्नन्, किनकि उनी आफैँ साइकल चढेरै कार्यालय आउजाउ गर्छन् । अहिले पनि उनी स्मार्टफोन होइन, नोकियाको सामान्य बार फोन चलाउँछन् । प्रधानमन्त्री भएपछि पनि साताको एक दिन प्राथमिक विद्यालयमा पढाउन जान्छन् । 

बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति
राष्ट्रपतिबाट अवकाश पाएपछि ओबामा आफ्नै फाउन्डेसनमार्फत समाजसेवामा सक्रिय छन् । बिरामी बालबालिकालाई भेट्न अस्पताल पुग्छन्, युद्धपीडितलाई भेट्न घर–घर पुग्छन् । उनी सर्वसाधारणकै शैलीमा सपिङ कम्प्लेक्समा किनमेल गरिरहेका भेटिन्छन् । कहिलेकाहीँ सडकपेटीमा बेच्न राखिएका फलफूलको मज्जा लिन्छन् । सुरक्षागार्डविना नै यात्रा गर्न रुचाउँछन् ।

जस्टिन ट्र्युडो, क्यानडाका प्रधानमन्त्री

प्रधानमन्त्री जस्टिन शरणार्थीका प्रिय नेता नै हुन् । सिरिया द्वन्द्वबाट विस्थापित ५० हजार आप्रवासीलाई उनले क्यानडामा स्वागत गरिसकेका छन् । ४५ वर्षीय जस्टिन शासनसत्तामा आएसँगै सन् २०१६ मा क्यानडाले ४० वर्षयताकै सबैभन्दा धेरै शरणार्थीलाई देशमा प्रवेश गराएको छ । कतिपयलाई लिन त विमानस्थल नै पुगे । शरणार्थीलाई न्यानो कोट लगाइदिएर स्वागत गरे । उनी आफ्नो आवागमनको समयमा ‘भिआइपी सान’ साइरन बजाउँदै अन्य यात्रुलाई रोकेर दुःख दिन रुचाउँदैनन् । भारत भ्रमण आएका वेला पनि उनले सामान्य होटेलमा खाना खाएका थिए । 

इमरान खान, पाकिस्तानका प्रधानमन्त्री

सरकारको नेतृत्व पाएलगत्तै इमरानले सरकारप्रमुखका सुविधा कटौती गरेर विश्वव्यापी चर्चा कमाए । आलिसान महलमा रहेको प्रधानमन्त्री कार्यालयलाई तीनकोठे भवनमा सारे । त्यति मात्र होइन, प्रधानमन्त्री कार्यालयका रूपमा सञ्चालित भवनमा शिक्षालय सञ्चालन गरे ।

प्रधानमन्त्रीको सुरक्षाका लागि रहेका हेलिकोप्टर, ३३ बुलेटप्रुफ कारसहित ८० गाडी र आठवटा भैँसी लिलामीमा बिक्री गरे । आफ्नो सचिवालयमा दुईवटा गाडी मात्रै राखे । आफ्नो निवासमा कार्यरत पाँच सय २४ कर्मचारी कटौती गरेर दुईजना मात्र राखे । प्रधानमन्त्रीका रूपमा आफूले पाउने चिया र खाजा खर्च पनि कटौती गरे । आफूसहित सरकारी कर्मचारीको तलब र विदेश भ्रमण खर्च पनि कटौती गरे । 

जुली एनी गेन्टर, न्युजिल्यान्डकी यातायातमन्त्री

जुली साइकल चलाउन वकालत गर्छिन् । आफू पनि साइकलमै कार्यालय ओहोरदोहोर गर्छिन् । सुत्केरी बेथाले च्याप्दा पनि उनी साइकल चलाउँदै अस्पताल पुगिन् र बच्चा जन्माइन् । उनको सामान्य जीवनशैलीको सञ्चारमाध्यमले सधैँ चर्चा गर्छन् ।

आन्द्रेस म्यानुअल लोपेज, मेक्सिकोका राष्ट्रपति

सन् २०१८ मा राष्ट्रपति भएलगत्तै आन्द्रेसले आफ्नो पारिश्रमिक ६० प्रतिशत कटौती गरेर मासिक चार हजार तीन सय अमेरिकी डलर मात्रै लिने निर्णय गरे । उनको निर्णयको अनुसरण गर्दै अन्य मन्त्री र कर्मचारीले तलब कटौती गर्दा राज्य कोषलाई फाइदा भयो । उनले राष्ट्रपतिनिवासलाई सांस्कृतिक केन्द्र बनाए । पूर्वराष्ट्रपतिको पेन्सन पनि कटौती गर्ने निर्णय गरे ।

एपिजे अब्दुल कलाम, भारतका पूर्वराष्ट्रपति

एपिजे अब्दुल कलाम भारतको राष्ट्रपति छँदा आफ्नो निवासमा आउने निजी पाहुनालाई चिया र खाजा आफ्नै खर्चमा खुवाउँथे । राष्ट्रपति हुनुअघि उनी एउटा कोठा भाडामा लिएर सामान्य जीवन बिताउँथे । राष्ट्रपतिनिवासबाट बिदा भएपछि पनि सरल जीवन बिताए ।

उनले ट्विटरमा आफूलाई फलो गर्ने सर्वसाधारणलाई जन्मदिन र अन्य अवसरमा शुभकामना दिने गरेका थिए । आमसर्वसाधारणले झैँ सामान्य रेस्टुरेन्टमा पुगेर मिठाई र चाट खान्थे । एकपटक समारोहका दौरान मञ्चमै आएर एक बालिकाले उनीसँग हात मिलाउन अनुरोध गरेकी थिइन् । कलामले मुस्कुराउँदै उनको अभिवादन स्विकारेर हात मिलाएका थिए । यस्ता धेरै अवसरमा कलाम सादगी देखिए । कलामले अन्तिम सास पनि एउटा कक्षाकोठामा फेरेका थिए जहाँ उनले विद्यार्थीलाई पढाइरहेका थिए । 

भारतका पहिला राष्ट्रपति डा.राजेन्द्रप्रसाद (राजेन्द्र बाबु भनिन्थ्यो, २६ जनवरी १९६० देखि १३ मई १९६२ सम्म) को जीवनशैलीबारे तत्कालीन काँग्रेस आइका नेता भीष्मनारायण सिंहका किस्सा भारतीय राजनीतिक इतिहासका पुस्तकमा पढ्न पाइन्छ । भीष्मनारायण राष्ट्रपति राजेन्द्रलाई भेटन गैरहन्थे । उनका अनुसार राष्ट्रपति राजेन्द्र लामोसमय च्यातिएको ‘बेड कभर’मै सुत्थे ।

राष्ट्रपति कार्यालयको व्यवस्थापनमा खटिएका कर्मचारीहरुले भीष्मनारायणसँग भन्थे, ‘बेड कभर च्यातिएको छ । धेरै पुरानो छ । तपाईंले राजेन्द्र बाबुसँग बदल्न भनिदिनु प¥यो ।’ कर्मचारीले भनेपछि एक दिन भीष्मनारायणले राष्ट्रपति राजेन्द्रप्रसादलाई भनेका थिए, ‘कर्मचारीले धेरै गुनासो गरे, बेड कभर बदल्नुपर्ने भयो ।’

राष्ट्रपति राजेन्द्रप्रसादलेले जवाफ दिए, ‘मेरो लागि सवैभन्दा ठूलो शहर पटना (उनी विहारमा जन्मेका कारण) हो । म कलकत्तामा बसेँ, जहाँ मजदुरहरु बोरा विछाएर सडक पेटिमा सुतिरहेका छन् । यही देशमा मजदुर सडक पेटिमा बोरोमा सुत्न सक्छन भने राष्ट्रपति भवनभित्र राष्ट्रपति उस्तै तरिकाले बस्छ भने यसमा के समस्या भयो ?’

जोसे मोहिका, उरुग्वेका पूर्वराष्ट्रपति

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मोहिका साधारण जीवनका पर्याय हुन् । सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपति छँदा उनलाई ‘संसारकै गरिब राष्ट्रप्रमुख’ भनिएको थियो । अवकाशपछि सरकारले उपलब्ध गराएको आवास छाडेर उनी आफ्नी श्रीमतीसँगै सानो घरमा सरे ।

त्यहाँ उनले फूल रोपेका छन्, आफैँ बजार लगेर बेच्छन्, आम्दानीले घरखर्च चलाउँछन् । पूर्वराष्ट्रपति भएका नाताले पाउने तलब (१२ हजार अमेरिकी डलर) मध्ये ९० प्रतिशत रकम उनले समाजसेवामा खर्चने गरेका छन् । ‘संसारका गरिब व्यक्तिहरू ती हुन् जसले केवल खर्चिलो जीवनशैली बिताउने लक्ष्यले काम गर्छन् र सधैँ असन्तुष्ट रहन्छन्,’ उनको भनाइ छ । 

जोयसी बान्डा, मालाबीकी पूर्वराष्ट्रपति

सन् २०१२ देखि २०१४ सम्म मालाबीमा राष्ट्रपति थिइन् बान्डा । आफ्नो देशको आर्थिक अवस्था सुधार्न उनले मितव्ययी कार्यक्रम ल्याइन् र त्यसको सुरुवात आफैँबाट गरिन् । यी प्रथम महिला राष्ट्रपतिले राष्ट्रपतिका लागि प्रयोग हुने जेटप्लेन र ६० वटा मर्सिडिज कार बेच्ने निर्णय गरेकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x