×

NMB BANK
NIC ASIA

लकडाउन कहिलेसम्म ?

जेठ १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लकडाउनको दुई महिना बितिसक्दा पनि सरकारले यसको विकल्प के हुन्छ भन्ने निर्णय गर्न सकेको छैन । हरेक पटक समयावधि सकिन लाग्दा यसलाई लम्ब्याउने तर अन्य वैकल्पिक उपायहरू के हुन सक्छन् भन्ने खोजी नगर्ने सरकारी रवैया छ । यहीअनुसार फेरि शनिबार १२ दिनका लागि सरकारले लकडाउन अवधि थप्ने निर्णय गरिसकेको छ ।

Muktinath Bank

अब त स्थिति यस्तो हुन थाल्यो कि लकडाउन अवधि पनि बढ्ने, संक्रमित र मृतकहरू पनि थपिँदै जाने । यो अवस्था कहिलेसम्म ? सरकारी अधिकारीहरू पनि भन्न सक्ने अवस्थामा छैनन् । सडक तथा नाकाहरूमा सुरक्षाकर्मी छन् । संक्रमण थप फैलिँदै गएका कारण देखाउँदै शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालन गर्ने निर्णयसमेत गरिसकेको छ । जसका कारण अब नागरिक आवागमनमा सैनिक शक्तिसमेत प्रयोग हुन सक्छ ।
अहिलेको मोडालिटीअनुसार एक जिल्लाबाट अर्को जिल्ला जान रोक लगाइएको छ । संक्रमण फैलिएका र नफैलिएका स्थानमा एकै किसिमको ‘लकडाउन रणनीति’ सरकारले अपनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख १६ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउनका बीच ४४ वटा क्षेत्रलाई पहिचान गरेर स्वास्थ्य सावधानी अपनाउँदै सञ्चालन अनुमति दिएको थियो । तर त्यो निर्णय पनि कार्यान्वयनमा आउन सकेको छैन । संक्रमणविरुद्ध जुध्न गरिएको लकडाउनलाई सरकारले ‘निर्विकल्प उपाय’ ठान्दा नागरिक तहबाटै यसको विरोध पनि हुन थालेको छ ।


Advertisment
Nabil box
Kumari

उच्चस्तरीय समितिका सदस्य सचिवसमेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारी बुधबारबाट लकडाउनको मोडालिटीमा केही परिवर्तन हुने गरी खाका बन्ने क्रममा रहेको दाबी गर्छन् । तर सरकारले तय गर्ने नयाँ मोडालिटीमा कोरोना संक्रमणको कम जोखिम भएका क्षेत्रका साना/मझौला तथा ठूला उद्योग/कलकारखाना, कृषि, स्वरोजगारमूलक क्षेत्र सञ्चालन गर्ने/नगर्ने अझै अन्योल छ ।

Vianet communication
Laxmi Bank

‘जेठ २० गतेसम्म त अहिलेकै मोडालिटी कायम रहन्छ, त्यसपछि भने बढी जोखिम, जोखिम र सामान्य अवस्था गरी क्षेत्रगत हिसाबले खुकुलो पार्दै लैजाने भन्नेमा छलफल भइरहेको छ,’ सचिव विडारीले कान्तिपुरसँग भने, ‘बुधबार साँझसम्म लकडाउनको स्वरूपबारे केही न केही नयाँ खाका ल्याउँछौं ।’ नयाँ मोडालिटीबारे क्राइसिस म्यानेजमेन्ट सेन्टर र उच्चस्तरीय समितिमा छलफल जारी रहेको उनले बताए ।

चैत ११ बाट देशव्यापी लकडाउन गरिएकामा सुरुवातको साता तथा महिनासम्म सबैले पालना गरेका थिए । सरकारसँग पनि अर्को विकल्प नभएको भन्दै नागरिक तहबाटै यसको समर्थन पनि भएको हो । तर चैतमा लगाइएको लकडाउन सरकारले विकल्परहित ढंगले जेठ ३२ सम्म लम्ब्याएको छ । खेतीपातीको समय सुरु भइसक्दा पनि यसबारे कस्तो किसिमको विकल्प खोज्ने भन्नेमा सरकारले स्पष्ट नजर लगाएको छैन ।

‘स्वास्थ्य प्रोटोकल’ कायम गरेर संक्रमण नफैलिएका क्षेत्रलाई सामान्यतर्फ लैजाने भन्ने भाषण प्रधानमन्त्रीले एक साताअघि नै गरेका थिए तर त्यसअनुसार सरकारी नीतिचाहिँ अझै बनेको छैन । त्यसो त लकडाउनलाई कडाइका साथ कायम गर्दै जाने वा ससर्त उद्योग/कलकारखाना सञ्चालन गर्न दिने भन्नेमा सरकारी अधिकारीहरूबीच मतऐक्यता छैन ।

उच्चस्तरीय समिति, सीसीएमसी र गृह प्रशासन उच्च स्रोतहरूका अनुसार कोरोना संक्रमणको बढी प्रभाव, प्रभाव र सामान्य अवस्था रहेका क्षेत्रलाई तीन भागमा विभाजन गरेर ‘लकडाउन नीति’ बनाउनुपर्ने र सोहीअनुसार जिल्ला तथा क्षेत्रहरूलाई जोखिमका हिसाबले रातो, पहेंलो र हरियो क्षेत्र घोषणा गर्ने सुझाव आए पनि मन्त्रिपरिषद्बाट यो निर्णय हुन सकेको छैन । अहिले मन्त्रीहरू नै लकडाउनलाई खुकुलो बनाउँदै लैजानुपर्ने पक्षमा छन् ।

वैशाख १६ गतेको मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरू युवराज खतिवडा र लेखराज भट्टले लकडाउन नीतिमा परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर प्रधाननमन्त्री केपी शर्मा ओली लकडाउन खुकुलो बनाउन इच्छुक छैनन् । उनले पटक–पटक आर्थिक गतिविधिभन्दा ठूलो मानिसको ज्यान हो भन्दै आएका छन् ।

पूर्वगृह सचिव गोविन्द कुसुम महामारी र संकटका बीच कृषि, उत्पादन र सेवामूलक उद्योगलाई ससर्त सञ्चालन गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउँछन् । तत्काल लकडाउनको विकल्प नभए पनि नागरिकको जीवनयापनलाई ध्यान दिनुपर्ने र यसका लागि ‘स्वास्थ्य प्रोटोकल’ पालना गरेर कम जोखिम भएका क्षेत्रका उद्योग/कलकारखाना सञ्चालन हुने गरी छुट्टै कार्यविधि आवश्यक रहेको उनको भनाइ छ ।

भारतबाट स्थल नाका हुँदै भित्रिने नागरिकलाई सरकारी तहबाट प्रवेश व्यवस्थापन गरेर क्वारेन्टाइनमा राख्न नसक्दा अहिले संक्रमण समाजमा विस्तार हुन पुगेको उनले टिप्पणी गरे । ‘संक्रमण फैलिइरहेका क्षेत्रमा लकडाउनको विकल्प छैन तर कम जोखिम भएका स्थानका उत्पादनमूलक उद्योग, कलकारखानालाई स्वास्थ्य सावधानी अपनाएर सुचारु गर्ने वातावरण सरकारले बनाइदिनुपर्छ,’ कुसुमले कान्तिपुरसँग भने, ‘यसका लागि नीति निर्णय तहमा बस्नेले गम्भीरतासाथ सोचविचार गर्नुपर्ने देखिन्छ ।’

सातवटै प्रदेशस्थित सुरक्षा प्रमुखहरूले चैत दोस्रो सातातिरै भारतबाट आउने मानिसलाई प्रवेश दिएर क्वारेन्टाइनमा राख्नुपर्ने सुझाव गृह र रक्षा मन्त्रालय हुँदै उच्चस्तरीय समिति र सीसीएमसी बैठकमा पठाए पनि यसलाई त्यति गम्भीरतासाथ लिइएन । लुकीछिपी मानिस आउने क्रम नरोकिएपछि बल्ल जेठ १२ गते मात्रै मन्त्रिपरिषद् बैठकले भारत र तेस्रो मुलुकबाट आउनेलाई सरकारी तहबाटै समन्वय गरेर सम्बन्धित पालिकासम्म पुर्‍याउने निर्णय गर्‍यो । अहिले सरकार त्यही निर्णय कार्यान्वयनमा केन्द्रित भएर लकडाउनलाई जेठ ३२ सम्म पुर्‍याएको छ ।

गृह मन्त्रालयका अधिकारीले लकडाउन मोडालिटीबारे उच्चस्तरीय समिति र मन्त्रिपरिषद्बाट आएका नीतिनिर्देशन कार्यान्वयन गर्ने आफूहरूको भूमिका भएकाले कस्तो नीति अपनाउने भन्नेमा माथि नै बुझ्न आग्रह गरे । ‘भएका निर्णय कार्यान्वयन र लकडाउनलाई अक्षरशः पालनामा गृह प्रशासनको भूमिका हुने हो,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘हामी यसअघि भएका निर्णय कार्यान्वयन र पछिल्लो पटक जेठ १२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार भारत र तेस्रो मुलुकबाट आउनेलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x