रोमानियामा सामाजिक दूरी कायम गर्न बनाइयो लामो जुत्ता

कोरोनाभाइरसको कहरबाट बच्नका लागि संसारका अनेकौं देशमा अनेक उपाय अपनाइएका छन् । 

त्यसैक्रममा रोमानियामा सामाजिक दूरी कायम गर्न लामो लामो जुत्ता बनाएर बेच्न थालिएको छ । 


Advertisement

रोयटर्सको समाचारअनुसार, रोमानियामा लगभग दुइ महिनादेखि लगाइएको लकडाउन खुकुलो बनाइएपछि मानिसहरूले सामाजिक दूरीको नियम पालन गरेनन् । त्यसपछि एक जुत्ता व्यापारीले लामो जुत्ता बनाउने निर्णय गरे । 

जुत्तानिर्माता ग्रिगोर लुपले बनाएको लामो जुत्ताले मानिसहरूलाई लगभग डेढ मिटरको दूरी कायम गर्न सहज बनाउँछ । लुप विगत ३९ वर्षदेखि जुत्ताको कारोबारमा छन् । 


Advertisement

लुपले बनाएका जुत्ताको अर्डर धमाधम आउन थालेका छन् । जुत्ता बनाउन दुई दिन लाग्ने र एक वर्गमिटर छाला आवश्यक पर्ने उनले बताए । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्