... त्यसका लागि केपी ओली धेरै समय बाँच्नु पर्नेछ !

नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले राष्ट्रियता पेचिलो भइरहेको समयमा देशको नेतृत्व गरिरहेका प्रधामनन्त्री केपी शर्मा ओलीको नेतृत्व लामो समयका लागि खाँचो रहेको बताएका छन् ।

उनले आजैका दिनमा भएको दरबार हत्याकाण्ड र दासढुंगा हत्याकाण्डलाई स्मरण गरे । 


Advertisement

‘सम्माननीय सभामुख महोदय, आजभन्दा २८ वर्ष पहिले २०५० साल जेठ ३ गते जननेता मदन भण्डारी र जीवराज आश्रितलाई त्रिशुली नदीमा डुबाएर हत्या गरियो । त्यो बेला स्व. गणेशमान सिंहले रुँदै भन्नुभयो, देशले एउटा राष्ट्रवादी नेता गुमायो, मैले जहिले पनि तपाईंको अभाव महसूस गरिरहने छु । त्यहीँबेला स्वर्गवासी राजा वीरेन्द्र्रले पनि कमेन्ट गराथ्यो, नेपालले एउटा देशभक्त राष्ट्रवादी नेता गुमायो । आज त्यस्तो भन्ने राजाको मृत्यु भएको दिन जेठ १९ गते हो सभामुख महोदय र यही दिनमा त्यो कत्लेआम दरबार हत्या भएको थियो,’ सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा श्रेष्ठले भने, ‘दरबार हत्या र दासढुंगा हत्याकाण्डको सुत्रधार र योजनाकार एकै ठाउँमा भन्ने चलन छ । यो गम्भीर विषय हो । त्यसैले म भन्न चाहन्छु, राष्ट्रियता पेचिलो भइरहेको समयमा देशको नेतृत्व सम्मानीय प्रधानमन्त्री केपी ओलीले गरिरहनुभएको छ । लामो समयसम्म उहाँको नेतृत्वको खाँचो छ, उहाँको नेतृत्वमा देश बन्नुपर्ने छ । सीमा समाधान हुनुपर्ने छ, त्यसका लागि उहाँ धेरै समय बाँच्नु पर्नेछ ।’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्