रुसले कोरोनाभाइरस रोगीलाई एन्टीभाइरल औषधि दिने, परीक्षण सफल भएको दाबी

रुसले कोरोनाभाइरसका रोगीहरूलाई अर्को हप्तादेखि संक्रमणनिरोधी (एन्टीभाइरल) औषधि दिन थाल्ने रोयटसै समाचार संस्थाले खबर दिएको छ ।

यस औषधिको सकारात्मक असरका कारण रुसको अर्थतन्त्र सामान्य अवस्थामा फर्किने औषधिका लगानीकर्ताको भनाइ छ । 


Advertisement

जुन ११ देखि रुसका अस्पतालहरूले यो औषधि रोगीहरूलाई दिन थाल्ने र यसले प्रत्येक महिना ६० हजारजना जतिलाई उपचार गर्न पुग्ने रुसको आरडीआईएफ सोभरेन वेल्थ फन्डका प्रमुखले बताए । 

अहिलेसम्म कोरोनाको कुनै पनि औषधि वा खोप विकसित भएको छैन र विश्वको वैज्ञानिक समुदायबीच रुसी औषधिका विषयमा एकमत पनि छैन । 


Advertisement

यो औषधिको नाम अभिफाभिर राखिएको छ र यसलाई रुसको स्वास्थ्य मन्त्रालयले अनुमति दिन बाँकी नै छ । मानवमाथिको परीक्षणपछि शनिवार यसलाई सरकारले मान्यता दिएको औषधिको सूचीमा राखिएको छ ।

आरडीआइएफका प्रमुख किरिल दिमित्रिएभले क्लिनिकल ट्रायलमा ३३० जना संलग्न रहेको र अधिकांश केसमा औषधिले भाइरसलाई चार दिनभित्र निर्मूल पारेको देखिएको छ । परीक्षणहरू एक हप्ताभित्रमा सकिने र थप परीक्षण गरिने उनले बताए । 

स्वास्थ्य मन्त्रालयले विशिष्ट प्रक्रिया अन्तर्गत औषधिको प्रयोगको अनुमति दिएको र यसको उत्पादन मार्च महिनामै गर्न थालिएको उनले जानकारी दिए ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्