×

NMB BANK
NIC ASIA

आर्थिक गणनाको तेस्रो भाग सार्वजनिक

जेठ १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय तथ्याङ्क विभागले आर्थिक गणना २०७५ को राष्ट्रिय प्रतिवेदनको तेस्रो भाग सार्वजनिक गरेको छ।

Sagarmatha Cement
Muktinath Bank

विभागले विभिन्न गणना, सर्वेक्षणहरू तथा अन्य स्रोतबाट तथ्याङ्कहरू सङ्कलन गरी यसका नतिजाहरू प्रयोगकर्ता समक्ष पु¥याउँदै आएको सन्दर्भमा सोमबार आर्थिक गणनाको तेस्रो भाग सार्वजनिक गरिएको जनाएको छ। विभागले २०७५ वैशाख १ देखि जेठ ३१ गतेसम्म प्रथम राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क सङ्कलन गरेको थियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भरपर्दो र विश्वसनीय तथ्याङ्कका आधारमा देशको समृद्धिका कार्यक्रम तर्जुमा तथा सञ्चालन हुनुपर्दछ भन्ने मान्यताका साथ मुलुकको आर्थिक वृद्धिलाई मजबुत तुल्याउनका लागि दिगो रूपमा आर्थिक क्षेत्रमा अध्ययन गरिएको विभागको भनाइ छ । विभागका अनुसारका नेपालमा सञ्चालन भएका वा क्रियाशील कृषि, वन तथा माछापालन व्यवसाय, खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत्, ग्यास तथा वातानुकूलित आपूर्ति, पानी आपूर्ति, ढल, फोहर व्यवस्थापन तथा प्रशोधन क्रियाकलाप, निर्माणस थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मतलगायतका विषय समेटिएको छ। 


Advertisment
Nabil box
Kumari

यस्तै यातायात तथा गोदाम, आवास सुविधा तथा खाना, खाजा व्यवस्थाका क्रियाकलाप, सूचना तथा सञ्चार, वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप, घरजग्गा कारोवार, पेशागत, वैज्ञानिक तथा प्राविधिक,  प्रशासनिक तथा सहयोगी,  शिक्षा, मानव स्वास्थ्य तथा सामाजिक कार्य, कला, मनोरञ्जन तथा मनोविनोद समेटिएको छ। 

Vianet communication
Laxmi Bank

विभागले सो गणनामा सेवा क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठान व्यवसायलाई गणनामा समेटेको छ। ती व्यवसाय तथा क्रियाकलाप  सञ्चालन गर्ने प्रतिष्ठानको ठेगाना, मुख्य क्रियाकलाप, रोजगारी, औसत मासिक बिक्री तथा आम्दानी, औसत मासिक खर्च, तलबज्याला खर्च, पुँजी लगानी, ऋणमा पहुँच आदिसम्बन्धी विवरणहरू सङ्कलन गरिएको छ। 

सरकारको आफ्नै स्रोत साधनमा राष्ट्रिय आर्थिक गणना २०७५ का कार्यक्रम सञ्चालन गरिएको क्षमता विकासका लागि जापान अन्तरराष्ट्रिय सहयोग नियोगको प्राविधिक सहयोग रहेको थियो। गणनाको नतिजा चरणबद्घ रुपमा प्रकाशन गर्ने लक्ष्यअनुरूप प्रतिवेदनको प्रथम भागका तीनवटा खण्ड र प्रदेशस्तरीय नतिजाहरु समेटिएको सात वटा प्रतिवेदन प्रकाशित भइसकेको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x