प्रदेश २ मा काेराेना संक्रमितकाे संख्या झन्डै सात सय पुग्याे

प्रतिकार्यात्मक तस्वीर।

प्रदेश २ मा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ९५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८२ जना नयाँ संक्रमित थपिएपछि सो झन्डै ७ सय पुगेकाे सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले साेमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए।


Advertisement

सो अवसरमा दिइएको जानकारी अनुसार सप्तरीमा १२ जना, महोत्तरीमा दुई जना, सिरहामा पाँच जना, सर्लाहीमा ३८ जना, धनुषामा सात जना र रौतहटमा १८ जना गरी ८२ जना थपिएको हो । यस अवधिमा थपिएका सबै जना केही दिनअघि भारतबाट आएका थिए। 

यस प्रदेशमा आजसम्ममा १५ हजार ७७४ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा १० हजार ३५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ७२८ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरेले जानकारी गराए। याे प्रदेशमा अहिलेसम्म ६ हजार ६८२ जना आरडिटी परीक्षण गरिएकामा ५० जना रिपोर्ट पोजिटिभ आएको छ।


Advertisement

यस प्रदेशमा भारतबाट भित्रिनेको चाप बढ्दै गएपछि क्वारेटाइनको सङ्ख्या पनि थपिएको छ । क्वारेन्टिनमा अहिले २२ हजार ९१८, होम क्वारेन्टाइनमा पाँच हजार २०५ र आइसोलेशनमा ३९५ जना बसेका छन् ।  

कमेन्ट गर्नुहोस्