कोरोना नियन्त्रणका लागि एडीबीसँग ३० अर्ब ऋण लिँदै सरकार

सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि एसियाली विकास बैंक (एडीबी) सँग २ सय ५० मिलियन डलर (करिब ३० अर्ब नेपाली रुपैयाँ) ऋण लिने भएको छ। 

कोरोना भाइरस संक्रमितको संख्या १८ सय नाघेको र स्वास्थ्यमा थप लगानीको आवश्यकता बढिरहेका बेला सरकारले ऋणका लागि एडीबीसँग सम्झौता गरेको हो।


Advertisement

सहुलियतपूर्ण उक्त ऋणका लागि सोमबार अर्थ सचिव शिशिरकुमार ढुंगाना र एडीबीका नेपाल निर्देशक मुख्तोर खामुदख्नोभले हस्ताक्षर गरेका छन्।

अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार एडीबीले उपलब्ध गराउने ऋणको रकम कोरोना रोकथाम र जनस्वास्थ्यको क्षेत्रमा खर्च  गरिनेछ। 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्