×

NMB BANK
NIC ASIA

थप चार स्थानमा बीओपी स्थापना

जेठ २०, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

सशस्त्र प्रहरी बलले नेपालको भूमि अतिक्रमण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न दक्षिण तथा उत्तरी नाका क्षेत्रमा सीमा सुरक्षा चौकी (बीओपी) थप गर्दै लगेको छ ।

Muktinath Bank

कोभिड–१९ महामारीको बीचमा चार स्थानमा नयाँ सीमा सुरक्षा चौकी स्थापना गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता प्रवीनकुमार श्रेष्ठले बीओपीको स्थापनासँगै सीमा अतिक्रमण र आपराधिक क्रियाकलापमा नियन्त्रण आएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डडेल्धुराको जोगबुढासहित दुई स्थान, बैतडीको झुलाघाट, दार्चुलाको छाङरुङ, हुम्लाको हिल्सा र मुस्ताङको कोरोला नजिक लोमाङ्थाङको नेचाङमा नयाँ बीओपी स्थापना गरिएको छ । ती पोस्टहरूको नेतृत्व सशस्त्र प्रहरी निरीक्षकले गरेका छन् ।


Advertisment
Nabil box
Kumari

सशस्त्र प्रहरी बलका अनुसार उत्तरी नाकाअन्तर्गत सङ्खुवासभाको किमाथाङ्का र सिन्धुपाल्चोकको तातोपानी नाकामा यसअघि नै सशस्त्र प्रहरी खटाइएको छ । ताप्लेजुङ, सिन्धुपाल्चोक, गोरखा, बझाङ र डोल्पालगायतका जिल्लामा बीओपी स्थापना गर्ने तयारी भइरहेको छ ।

Vianet communication
Laxmi Bank

भारतसँग सीमा जोडिएको नेपालको उत्तर तथा पूर्व–पश्चिम भागको एक हजार नौ सय किलोमिटर क्षेत्रमा १७ किलोमिटरको दूरीमा बीओपी स्थापना गर्नुपर्ने आवश्यक देखिन्छ । हाल १२१ वटा बीओपी भए पनि तत्कालै २२१ वटा पुर्‍याउने योजना छ ।

सशस्त्र प्रहरी बलले भने नेपाली भूमिको सुरक्षा तथा अतिक्रमण नियन्त्रण र सीमा नाकाबाट हुने अवैध तथा आपराधिक क्रियाकलाप रोक्न पाँच सय बीओपी निर्माणका लागि सरकारसँग प्रस्ताव गरेको छ । सशस्त्र प्रहरी बोर्डर सुरक्षा विभागका प्रमुख अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा बीओपी थप गरिएसँगै जनशक्ति तथा भौतिक संरचना र क्षमता अभिवृद्धि आवश्यक रहेको बताउँछन् । करिब ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरीमा बीओपी थपिएसँगै दक्ष जनशक्ति थप्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

प्रत्येक चौकीमा जिल्ला तहको गण तथा गुल्मबाट जनशक्ति परिचालन हुने गरेको छ । सशस्त्र प्रहरी बलका ७७ वटै जिल्लामा परिचालन गरिएको छ । विपद् व्यवस्थापन तथा सामरिक संरचनाको सुरक्षा, नागरिकको शान्तिसुरक्षामा सशस्त्र प्रहरी परिचालन हुँदै आएको छ ।   गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x