×

NMB BANK
NIC ASIA

प्राणी उद्यानको काम धमाधम, सडक स्तरोन्नति शुरू

जेठ २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सूर्यविनायक नगरपालिकामा निर्माण हुने राष्ट्रिय प्राणी उद्यान निर्माणको बाँकी काम धमाधम शुरू हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री भएपछि विसं २०७३ असार ९ गते शिलान्यास गर्नुभएको उद्यानको काम केही समय रोकिए पनि अहिले उद्यान क्षेत्रको चारैतिर सडक स्तरोन्नति शुरू भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

वन र वन्यजन्तुको प्रजनन, संरक्षण तथा अनुसन्धान गर्ने मूल उद्देश्यले निर्माण भइरहेको उद्यानको सिमाना वरिपरि १५ मिटर सडकको स्तरोन्नतिको काम सञ्चालन गरिएको पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले जानकारी दिनुभयो । पहिलो चरणमा नगरपालिका–७ स्थित गुन्डुको खहरेबाट पाथीभरा मन्दिर सडकखण्डको चार किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । त्यसका लागि उद्यानले रु ३० लाख बजेट विनियोजन गरेको छ ।
 
उहाँका अनुसार यस क्षेत्रभित्र पर्ने सूर्यविनायक घ्याम्पेडाँडा सडक बन्द हुनसक्ने भएकाले त्यसको विकल्पका रूपमा जगातीको आदर्श चोकबाट ८ नं वडा कार्यालय हुँदै घ्याम्पेडाँडा–रानीकोट जाने एउटा सडक र गुन्डु सिमलघार, पाइलटबाबा आश्रम हँुदै घ्याम्पेडाँडा–रानीकोट जाने अर्को गरी उद्यान क्षेत्रको १३ किलोमिटर सडक निर्माण हुने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती दुईवटै सडक आर्थिक वर्ष २०७७÷७८ मा निर्माण हुने जानकारी दिँदै बस्नेतले यसका लागि उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत काम हुने गरी रातो किताबमा कम्तीमा रु पाँच–पाँच करोड बजेट पर्ने सुनिश्चित गरेको बताए । "सरकारले यस क्षेत्रलाई वन्यजन्तुको प्रजनन, संरक्षण र अनुसन्धानका लागि चयन गर्दै प्राणी उद्यानको काम अगाडि बढाउनु सूर्यविनाकका बासिन्दाका लागि मात्रै नभई सिङ्गो भक्तपुरवासीका लागि गौरवको कुरा हो, अहिले उद्यानको कार्यालय भवन निर्माण सकेर सञ्चालनमा आइसकेको छ, सीमाङ्कन गर्ने, तारबार लगाउने काम भएका छन्, पशु अस्पतालको भवन निर्माण भइरहेको छ', सांसद बस्नेतले भने, 'यसै वर्ष दुई हात्ती र केही जङ्गली जनावर ल्याएर छाड्ने योजना छ, यो आयोजनालाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्न सके कोरोनाले थलिएको पर्यटन व्यवसायलाई उकास्न सकिन्छ, सरकारले लागत पनि पाँच वर्षभित्र उठाउन सक्छ ।'


Advertisment
Nabil box
Kumari

सडक विस्तार शुरू भएपछि सांसद बस्नेतसहित राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटारका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार सिंह, सदर चिडियाखाना जावलाखेलका निर्देशक किरण पोखरेल, सूर्यविनायक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, सूर्यविनायक प्राणी उद्यानका व्यवस्थापन अधिकृत मिथिलेश महतो, वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटालगायत प्राविधिकसहितको टोलीले सडकको निरीक्षण गरेको थियो ।

Vianet communication
Laxmi Bank

आव २०७६/७७ मा उद्यानको गुरुयोजनाबमोजिमको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन रु आठ करोड विनियोजन गरिएको थियो । गुरुयोजना पास भएसँगै डिपिआरको काम शुरू भएको छ । गुरुयोजनाअनुसार प्राणी उद्यानमा जीवजन्तुको कृत्रिम बासस्थान निर्माण हुनेछ, जसमा लोपोन्मुख प्रजाति एवं वन्यजन्तुको संरक्षण र प्रजनन केन्द्रको स्थापना गरिनेछ । घाइते, बिरामी र टुहुरा वन्यजन्तुको हेरचाह तथा उपचार गर्नका लागि पशु अस्पतालको भवन निर्माण कार्य भइरहेको छ ।

जैविक पर्यटन र जीवजन्तुको खुला चिडियाघर हुने यस उद्यानमा करिब एक हजार मानिस अटाउने सभाहलसमेत बनाउने लक्ष्य रहेको छ । सूर्यविनायक आसपासका सात सामुदायिक वनलगायत २५५ हेक्टर वन क्षेत्र निर्धारण गरी काम शुरू भएको छ । करिब रु सात अर्ब लगानीमा उद्यान निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x