सर्वेक्षणले देखाउँछ– बहुसंख्यक अमेरिकी ट्रम्पलाई मान्छन् जातिवादी

याहू न्युज/यूगोभ सर्वेक्षणमा भाग लिएकामध्ये ५२ प्रतिशत अमेरिकीहरूलाई राष्ट्रपति डोनल्ड ट्रम्प जातिवादी हुन् भन्ने लागेको पाइएको छ । 

३७ प्रतिशतले उनी जातिवादी हैनन् भने । अनि १३ प्रतिशतले थाहा नभएको बताए । 


Advertisement

अमेरिकीहरू ट्रम्पलाई हेर्ने मामिलामा राजनीतिक दल तथा जातिका आधारमा विभाजित देखिए । 

मासाचुसेट्सका डेमोक्रेट सांसद एड मार्कीले ट्विटरमा लेखे, ‘देशमा जातिवादी घृणा र हिंसा चर्काउने डोनल्ड ट्रम्प अधम हो ।’


Advertisement

सर्वेक्षणमा भाग लिएका डेमोक्रेटहरूमध्ये ८६ प्रतिशतले ट्रम्प जातिवादी भएको बताए भने ६ प्रतिशतले मात्र उनी त्यसो नभएको भने । 

अनि रिपब्लिकनमा चाहिँ १३ प्रतिशतले मात्र उनी जातिवादी भएको भने र ८० प्रतिशतले उनी जातिवादी नभएको भने । 

स्वतन्त्रहरूमध्ये ५६ प्रतिशतले ट्रम्पलाइृ जातिवादी ठहर्‍याए भने ३३ प्रतिशतले उनी जातिवादी नभएको बताए । 

काला जातिका ७४ प्रतिशतले ट्रम्पलाई जातिवादी भन्दा १३ प्रतिशतले हैनन् भने ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्