भारतबाट फर्केका पाल्पाका पुरुषको आइसोलेसनमा मृत्यु

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

पाल्पाको पूर्वखोला गाउँपालिकाका १ पुरुषको आइसोेलेसनमा उपचारको क्रममा मंगलवार मृत्यु भएको छ ।

पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिए । 


Advertisement

सास फेर्न समस्या हुने, सुक्खा खोकी लाग्ने र खकारमा रगत समेत देखिएपछि उनलाई सोमवार मिसन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । मिसन अस्पतालको व्यवस्थापनमा नजिकै रहेको वृद्धाश्रममा आइसोलेसन बनाइएको छ ।

मृतकको स्वाब संकलन गरेर परीक्षणका लागि रुपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ । रिपोर्ट आएपछि कोरोना भाइरस संक्रमण वा अन्य कारणले मृत्यु भएको भन्नेबारे खुल्ने पन्थीले जानकारी दिए । 


Advertisement

उनी आइतवार नेपाल–भारतबीचको सुनौली सीमा नाका हुँदै पाल्पा आइपुगेका थिए । भारतको मुम्बईबाट फर्किएका उनी आइतवार राति नै पूर्वखोला गाउँपालिकाको जल्पास्थित शम्भु माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।

मृतकको शव मिसन अस्पतालमै छ । पाल्पामा पछिल्लो समयमा ५ जनामा कोरोना पोजेटिभ भेटिएको छ । 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्