उपत्यकामा लकडाउन उल्लंघन, एकैदिन १ हजार ८ सय सवारीसाधन नियन्त्रणमा

फाइल फोटो।

सरकारले गत चैत ११ गतेदेखि घोषणा गरी पटकपटक थप्दै आएकाे लकडाउनको उल्लंघन गरेर सवारीसाधन चलाउनेलाई कारबाही गरिएकाे छ।

 ट्राफिक प्रहरीले मंगलबार काठमाडाैँ उपत्यकामा मात्र लकडाउन उल्लंघन गरेकाे आराेपमा १ हजार ८ सय ६ सवारीसाधन  नियन्त्रणमा लिएकाे छ। जसमा १ हजार ५ सय ८४ वटा २ पाङ्ग्रे र २ सय २२ वटा चारपांग्रे गाडी रहेकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उक्त संख्यामा सवारीसाधन नियन्त्रणमा लिइएको हो।


Advertisement

'कोरोना भाइरसको रोकथाम तथा संक्रमण रोक्नको लागि सरकारले लकडाउन गरेको हो, लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाको लागि गरिएको नभएर तपाईँ हाम्रो सम्पूर्णको सुरक्षाको लागि हो, यसको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन अनुराेध गर्छु,' ढकालले आग्रह गरे।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १ सय ५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखेर सवारीसाधन चेकजाँच गर्ने व्यवस्था मिलाएको छ। भित्रि एरियाको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ।


Advertisement

काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि मंगलबारसम्म लकडाउन उल्लङ्घन गर्ने ४७ हजार ३ सय ३८ वटा सवारीसाधन नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ।

ट्राफिक प्रहरीले पास भएका सवारीसाधनकाे पनि निरानी थालेकाे छ। कामविशेष बाहेकले निस्केका सवारीसाधन,तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिनेमाथि महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्