×

NMB BANK
NIC ASIA

जनता आवासले बनाउँदै गरेको घरमा भारतको अवरोध

जेठ २१, २०७७

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

भारतले नेपाली भूमिमा निर्माण भइरहेको घरमा अवरोध गरेको छ । दशगजाभन्दा ३० देखि ४० फिटभित्रै नेपालकै भूमिमा बनाउँदै गरेको ३० वटा घरमा ‘नो कन्स्ट्रक्सन जोन’ भन्दै भारतीय सुरक्षाकर्मीले रोक लगाएका हुन् । अतिविपन्न मुसहर समुदायका लागि जनता आवास कम्पनीले दुईकोठे पक्की घर निर्माण गरिरहेको थियो ।

Muktinath Bank

नेपाल सरकारले गाउँ ब्लकको जमिन भनी नापीसमेत गरिसकेर लालपुर्जा मात्र दिन बाँकी थियो । महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मधवास्थित दशगजा र वरिपरि गाउँ ब्लककै जमिनमा बसेका ६० मध्ये मुसहर समुदायका ३० घरपरिवारले पुरानो झुपडीको साटो दुईकोठे इँटा र जस्ताले बनेको घर पाउने भएका थिए । तर, भारतको अवरोधपछि उनीहरू निराश बनेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुसहर समुदाय पुस्तौँदेखि दशगजा र गाउँ ब्लकको जमिनमा बस्दै आएका थिए । नयाँ घर निर्माण नहुँदासम्म भारतले कुनै अवरोध गरेको थिएन । पुरानो घर भएको जमिनमा जग खनेर निर्माण सुरु गर्ने वेलासम्म भारतीय सुरक्षाकर्मीसमेतको उपस्थिति र सहमति रहेको स्थानीयहरूको भनाइ छ । तर, अहिले एकाएक अवरोध गरेको स्थानीयको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

स्थानीय श्रीचन सदाले आफूहरूको कैयौँ पुस्ता यही भूमिमा बसेको र हालसम्म पनि दशगजाबाहेक अन्य जग्गामा भारतको अवरोध कहिल्यै नभएको बताए ।धमाधम घर बन्न थालेपछि भएको भारतको अवरोधले आफूहरू निराश बनेको उनको भनाइ छ । भारतीय सुरक्षाकर्मीको हर्कत आफ्ना लागि असह्य भएको सदाले बताए । उनले नेपाल–भारतको सीमास्तम्भबाट ३५ देखि ४० फिट जग्गा छाडेर घर बनाउन लागेको बताए । नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीसमेतको रोहवरमा घर निर्माण सुरु भए पनि भारतीय सुरक्षाकर्मीले गत आइतबार ‘यहाँ घर बनाउन मिल्दैन’ भनेर काम रोकेको सदा बताउँछन् ।

Vianet communication
Laxmi Bank

पिलर नम्बर ३०४/२२, ३०४/२३, ३०४/२४, ३०४/२५ र ३०४/२६ को मध्यमा अवस्थित तीन कट्ठा १० धुर जग्गामा निर्माण थालिएको ३० वटा घर प्रदेश २ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन कार्यालयले जनता आवास कार्यक्रमअन्तर्गत बनाउन लागेको हो । 

सहरी विकास तथा भवन कार्यालयका प्रमुख विनोद यादवले भारतीय सुरक्षाकर्मीले बन्दै गरेको घरको निर्माण रोक्नुपर्ने आधार नभएको बताए । उनले गाउँ ब्लकको जग्गा नेपाल सरकारले नापीसमेत गरेर लालपुर्जा वितरणका लागि तयारी अन्तिम चरणमा पुर्‍याएको जानकारी दिए । निर्माण भइरहेको घर दशगजाभन्दा निकै पर रहेकाले भारतले निर्माण रोक्नुको कागजी आधार कुनै नभएको उनको भनाइ छ ।

भारतीय सुरक्षाकर्मी आएर भवन निर्माण रोकेको विषयमा मंगलबार छलफल भएको र यसबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकिएको उनले बताए । महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले विवाद सुल्झाउन नेपाली र भारतीय टोली बसेर छलफल गरेको र नेपालका नापी टोलीले नापजाँचसमेत गरेको बताउँदै चाँडै निकास निस्कने बताए ।

भारतले अवरोध गर्नु गलत : रानी शर्मा तिवारी (प्रदेश सभा सदस्य)

प्रदेश सभा सदस्य रानी शर्मा तिवारीले नेपाली भूमिमा निर्माण भइरहेको घरमा भारतले हस्तक्षेप गर्नु अर्थहीन रहेको बताइन् । उनले यस विषयमा नेपाल सरकार थप गम्भीर हुनुपर्ने टिप्पणी गरिन् ।

सीमानजिकै जग्गा हुँदैमा भारतले जथाभावी आफूखुसी बाधा अवरोध गर्नु जायज नभएको उनको भनाइ छ ।

‘३८.६ किलोमिटर महोत्तरीको खुला सीमामा धेरै स्थानमा पुस्तौँदेखि सयौँ घर दशगजामै रहेकोमा हालसम्म दुवैतर्फबाट बस्ती हटाउन कुनै पहल भएको छैन,’ सांसद शर्माले भनिन्, ‘अतिविपन्न मुसहर समुदायका लागि नेपालकै भूमिमा बनिरहेका भवन निर्माणमा रोक लगाउनु कुनै हिसाबले सह्य हुन्न ।’

जलेश्वरको मलिवारा भिठामोड नाकामा भारतीय एसएसबीको चेकपोस्ट, सोभन्दा अगाडि पिलरमा छोएर भारतको मुख्य सडक र त्यसभन्दा अगाडि बन्दै गरेको पुलमा नेपाल पक्षले गरेको हस्तक्षेपकै कारण प्रतिशोधस्वरूप भारतले नयाँ बखेडा झिकेको हुन सक्ने उनले बताइन् । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x