लोक सेवा आयोगले निकाल्यो यस्तो सूचना [सूचनासहित]

लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरहको प्राविधिक तथा अप्राविधिक पदका विभिन्न विज्ञापनको द्वितीय चरणको परीक्षा र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारले अन्तरवार्ताअगावै पीसीआर परीक्षणको रिर्पोट बुझाउन सूचित गरेको छ ।
प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी हुने उम्मेदवारमध्ये काठमाडौँ उपत्यका बाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यका बाहिर गई आएका भएमा कोभिड १९ पीसीआर परीक्षणको सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तरवार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउन सूचना जारी गरिएकाे हाे ।
स्वास्थ्य परीक्षणमा समस्या आएमा आयोगले सहजीकरणसमेत गर्ने सूचनामा उल्लेख छ । गोरखापत्र दैनिकमा खबर छ ।


Advertisement


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्