कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
जेठ २१, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्योे
नेपालमा कोरोनाभाइरस कोभिड– १९ संक्रमितको संख्या २ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार कोभिड- १९ संक्रमितको कुल संख्या २ हजार ९९ पुगेको छ ।
पछिल्लो अपडेटअनुसार २८८ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
संक्रमितमध्ये २६६ जना डिस्चार्ज भएका छन् ।
साना उद्यमलाई १५ लाखसहित केन्द्रीय बैंकले ल्यायो पुनः कर्जा कार्यविधि
नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि १५ लाख रुपैयाँसम्मको पुनः कर्जा दिन सकिने प्रावधान सहितको पुनःकर्जा कार्यविधि २०७७ ल्याएको छ ।
कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले कार्यविधि ल्याएको हो ।
बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी ३ प्रकारका पुनःकर्जा लिन सकिने गरी प्रबन्ध गरेको छ । लघु, घरेलु तथा साना उद्यमका लागि केन्द्रीय बैंकले २ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई ऋण उपलब्ध गराउने छ ।
बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत ब्याज लिएर त्यस्तो कर्जा प्रवाह गर्न सक्नेछन् । यस्तै विशेष पुनः कर्जामा राष्ट्र बैंकले एक प्रतिशतमा रकम दिनेछ । सो रकममा बैंक तथा वित्तीय संस्थाले तीन प्रतिशत ब्याज लिन सक्नेछन् ।
साधारण पुनः कर्जामा राष्ट्र बैंकले तीन प्रतिशत ब्याजदरमा रकम दिनेछ । त्यस्तो रकम बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशतसम्म ब्याज लिएर लगानी गर्न पाउनेछन् ।
पुनःकर्जा कोषको सीमा सञ्चालक समितिले समय निर्धारण गरेबमोजिम हुनेछ । केन्द्रीय बैंकका अनुसार प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनः कर्जा, १० करोडसम्मका विशेष पुनःकर्जा र साधारण पुनःकर्जा इजाजतपत्र प्राप्त क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्टरूपमा प्रदान गरिनेछ ।
राष्ट्र बैंकको निर्देशनानुसार बैंक तथा वित्तीय संस्थाले समय तोकेर कर्जाका लागि आह्वान गर्नेछ । तोकिएको कागजातसहित ग्राहकले बैंकका सम्बन्धित शाखामा निवेदन दिनुपर्नेछ । निवेदन प्राप्त भएको १ महिनाभित्र उक्त पुनः कर्जा सम्बन्धी निर्णय गरिनेछ । बैंकका प्रतिशाखा ५ ग्राहकले मात्रै त्यस्तो कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
उद्योगको सञ्चालन अवस्था राम्रो रहेको वा विगत ३ वर्षको मुनाफा हेर्दा औसतमा प्रतिवर्ष पूँजीमा प्रतिफल २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायले भने त्यस्तो कर्जा पाउने छैनन् । चुरोट, सिगार, सुर्ती, खैनी, गुट्खालगायत सूर्तीजन्य उद्योग व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जासमेत अयोग्य हुनेछ ।
अब सवारी पासका लागि नयाँ नियम, निवेदन इमेलमार्फत
काठमाडौं उपत्यकामा यसअघि लिइएको १ हप्ता बढी अवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा मान्यता पाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाले प्रयोग गर्दै आएको सवारी पाससमेत थपिएको बन्दाबन्दीको अवधिमा प्रयोग गर्न पाउनेछन् । निलो रंगको पास मात्रै मान्य हुनेछ ।
यही १७ गतेको मन्त्रिपरिषद् बैठकले मंगलवारसम्म तोकिएको बन्दाबन्दीको अवधि थपेर ३२ गतेसम्म जारी राख्ने निर्णय गरिसकेको छ । थपिएको अवधिमा अन्योलता सिर्जना नहोस् भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले मान्यता पाउने र मान्यता नपाउने सवारी पासको बारेमा मंगलवार विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
संघसंस्थाको हकमा नियामक निकायबाट पास लिनुपर्ने र अन्य व्यक्तिले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने छ । सवारी पासका लागि कार्यालयमा भीडभाड हुँदा संक्रमण फैलिन सक्ने भन्दै यसपालि भने पासको निवेदन र प्रमाण खुल्ने कागजात इमेलमार्फत लिइने भएको छ । यसका लागि [email protected] मा पठाउनुपर्नेछ । पास बनेको जानकारी भएपछि मात्रै कार्यालयमा आउन आग्रह गरिएको छ ।
नेपालीलाई स्वदेश फर्काउन भारतसँगकाे सीमामा २० नाकालाई प्रवेश विन्दु तोकियो
सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार इलाम– पशुपतिनगर, झापा–काँकडभिट्टा, मोरङ–रानी, सप्तरी–कुनौली, सिरहा–ठाडी र माडर, महोत्तरी–भिट्टामोड, सर्लाही–मलङ्गवा, रौतहट–गौर, पर्सा–वीरगञ्ज, नवलपरासी–महेश्वपुर, रुपन्देही– वेवहिया तथा कपिलवस्तु–तौलिहवा र कृष्णनगरलाई प्रवेश विन्दु तोकिएको छ। यस्तै बाँके–खजुरा, बर्दिया–सुरजपुर र गुलरिया, कैलाली–गौरीफन्टा, कञ्चनपुर–गड्डाचौकी, बैतडी– झुलाघाट र दार्चुलाको– दार्चुलालाई प्रवेश विन्दु नाका तोक्ने निर्णय गरेको हो।
कोभिड–१९ को महामारी जोखिम बढ्दै गएको अवस्थामा स्वदेश फर्कनेको सहज व्यवस्थापन, रोग नियन्त्रण र बिरामी पहिचान गर्न सकियोस् भन्ने हेतु सरकारले उक्त व्यवस्था गरेको हो। भारतबाहेकका देशबाट भने काठमाडाैँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर स्वदेश फर्कनेछन्। अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले हवाई मार्ग भएर स्वदेश फर्कने क्रम अहिले ठप्प छ । विदेशमा रहेका केही नेपालीलाई प्राथमिकीकरण पहिलो चरणमा नेपाल ल्याउन सरकारले गृहकार्य गरिरहेको छ।
रोजगारी, अध्ययन र उपचारका लागि भारतका विभिन्न क्षेत्रमा रहेका नेपाली नागरिक कोभिड–१९ कारण लकडाउन भएपछि पनि ठूलो सङ्ख्यामा स्वदेश फर्कने क्रम जारी रहेको छ । लकडाउनका कारण उनीहरु रोजगारी गुमाएर तथा विद्यालय बन्द भएपछि जन्मभूमि फर्केका हुन् । स्वदेश फर्केने क्रममा धेरै दुःख, कष्ट र हण्डर खेप्न तथा दुव्र्यवहार भोग्नु परेको तथा कयौँ दिन भोकभोकै पैदल यात्र गरी नेपाल–भारत सीमा क्षेत्रमा आइपुग्न सफल भएको स्वदेश फर्किएका केही नेपालीले प्रतिक्रिया दिइरहेका छन् ।
कोभिड–१९ को जोखिम नियन्त्रणका लागि गरिएको लकडाउनका कारण प्रारम्भिक दिनमा स्वदेश फर्कन चाहने नेपालीलाई केही अप्ठेरो भए पनि पछिल्ला दिनमा केही हदसम्म त्यसको उचित व्यवस्थान हुँदै आएको छ । कैयौँ नागरिक नाकाबाट सहज प्रवेश नपाएपछि जङ्गल, बस्ती र खेतबाट नेपाल प्रवेश गर्दा कोभिड–१९ को सङ्क्रमण फैलनाका साथै फर्केकालाई व्यवस्थापन गर्न हम्मेहम्मे परेपछि सरकारले प्रवेश विन्दु तोकेको हो ।
सीमा नाकामा आएका नेपाली नागरिकको प्रदेश, जिल्ला र पालिकागत विवरण स्थानीय प्रशासनले तयार गरी सम्बन्धित प्रदेश र स्थानीय तहलाई अविलम्ब बुझाउनुपर्ने कार्यविधि बनाइएको छ । अहिले सुदूरपश्चिम क्षेत्रमा मात्रै पनि भारतबाट ५० हजारभन्दा बढी व्यक्ति फर्किएको अवस्था छ । पश्चिम क्षेत्रका नाकाबाट दैनिक रुपमा अझै पनि पाँच हजारभन्दा बढी नागरिक नेपाल भित्रिरहेका छन् ।
प्रवेश विन्दु नजीक होल्डिङ सेन्टर बनाइँदै
भारतबाट आउने नागरिकलाई प्रवेश विन्दु नजीकको विद्यालय वा सामुदायिक भवन, कभर्ड हल, पार्टी प्यालेस वा अन्य खुला स्थान छनोट गरी होल्डिङ सेन्टरको व्यवस्था गरिने उक्त कार्यविधिमा उल्लेख छ । उनीहरुलाई सीमा नाकामा व्यवस्था गरिएको सवारी साधनमार्फत होल्ङिङ सेन्टर पु-याइनेछ । सीमा नाका नजीक रहने होल्डिङ सेन्टरको व्यवस्थापन सम्बन्धित प्रदेश सरकारले तोकेको मन्त्रीको सुपरीवेक्षणमा प्रदेश तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको एवं स्थानीय प्रशासनको सहयोगमा सेनाले गर्नेछ ।
स्वदेश प्रवेश भएकामध्ये ज्वरो देखिएकालाई तोकिएको आइसोलेशन र अन्यलाई सेनाको संयोजकत्वमा सम्बन्धित जिल्ला सदरमुकाम पु-याइनेछ । सदरमुकाम पु-याइएका नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा पु¥याउने र क्वारेन्टिन अवधिभर आवश्यक व्यवस्थापनका लागि सहयोग र समन्वय गर्ने कार्यका लागि प्रदेश सरकारबाट एक मन्त्री तोकिनेछ ।
काठमाडौँमा १७ सय श्ययाको क्वारेन्टिन तयार गरिने
नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजनामा भारतबाहेकका मुलुकबाट स्वदेश आउने यात्रुका लागि खरिपाटी इचङ्गु आवास क्षेत्र, मनमोहन अस्पताल दहचोक, केएमसी दुवाकोटमा क्वारेन्टिन तयार गर्ने उल्लेख छ ।
आपत्कालीन व्यवस्थाका लागि शहरी विकास मन्त्रालयले आवश्यक मर्मत सुधार गरी नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित तालीम केन्द्र ३००, इचङ्गु आवासमा ४००, मनमोहन अस्पताल ५०० र केएएमसी दुवाकोटमा ५०० क्वारेन्टिन श्यया १० दिनभित्र तयार गरी प्रयोग गर्न सक्ने अवस्थामा राख्ने कार्य योजना छ ।
कांग्रेसका ८ सांसदले दर्ता गराए संविधान संशोधन विधेयक
नेपाली कांग्रेसका ८ जना सांसदले सांसदले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएका छन्।
कांग्रेस सांसद उमाकान्त चौधरीको नेतृत्वमा प्रदीप गिरि, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव, अभिषेकप्रताप शाह, नमिता चौधरी र पद्मनारायण चौधरीले मंगलबार संशोधन विधेयक दर्ता गराएका हुन्।
कांग्रेस सांसदहरुले गैरसकारी विधेयकका रुपमा दर्ता गराएको संशोधन विधेयकमा प्रदेशको सीमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने प्रस्ताव उल्लेख छ।
सांसद अमरेशकुमार सिंहले यस अघिको कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको विधेयकलाई नै अगाडि बढाइएको बताउँदै आफूहरुले दर्ता गराएको विधेयकले सम्पूर्ण जनतालाई समानताको बोध हुने र तराई मधेशमा भएको असन्तुष्टिलाई समेत सम्बोधन गर्ने बताए।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...