×

NMB BANK
NIC ASIA

दैलेखमा संक्रमित बढ्दैः रोकथाममा अन्योल

जेठ २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना रोकथामका लागि लगाइएको  लकडाउनको ५६औ‌ं  दिनमा आठबीस नगरपालिका–१ का ३५ वर्षीय युवकमा कर्णाली प्रदेशकै पहिलो कोरोना पुष्टि भएको दुई हप्ता बित्न लाग्दा दैलेखमा संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ । मंगलबारसम्म संक्रमितको संख्या ९८ पुगेको छ । एक जना संक्रमितको मृत्यु पनि भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

संक्रमण र संक्रमित दिनहुँ बढिरहँदा पनि रोकथाम गर्न कुनै ठोस कदम चालिएको छैन । संक्रमित  फेला नपर्दै तयार गरिएका निश्चित आइसोलेशन र लकडाउनको कार्यतालिकामा फेरबदल गरिएको छैन । सदरमुकाममा समय तालिका निर्धारण गरी बजार खुला गरिएको छ भने गाउँका अधिकांश पसल खुलै  छन् । जिल्लाका प्रत्येक विद्यालयलाई क्वारेन्टिन बनाइए पनि ती न मापदण्ड अनुसारका छन्  न त नियमको पालना नै गरेका छन्  ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना संक्रमितको संख्या दिनहुँ थपिँदै जाँदा पनि रोकथामका उपाय अवलम्बन नगरिँदा जिल्ला नै कोरोनाको उर्वरभूमि हुन लागेको नेपाल बार एशोसियशन दैलेखका अध्यक्ष माधव अधिकारीले चिन्ता व्यक्त गरे । उनले भने, 'संक्रमितको संख्या दिनहुँ बढेर सयौंँ पुग्दा पनि यसरी लापरबाही गर्नु सबै जिल्लाबासीलाई कोरोना संक्रमित गराउने मेसो हो, पहिलेकै जस्तै लकडाउन खुकुलो गरिनु र उपचारको व्यवस्थापन नगर्नुले झन् जटिल बन्दै गएको छ ।'


Advertisment
Nabil box
Kumari

सदरमुकाममा लकडाउन कडाइ नगर्दा क्वारेन्टिनमा आफन्त भेटघाट गर्न घुइँचो लाग्ने गरेको र  मापदण्ड विपरीत सामाजिक दूरी कायम नगरी आवाश्यकभन्दा धेरै जनालाई राख्दा क्वारेन्टिन नै कोरोना फैलिने थलो हुन सक्ने दैलेखका पत्रकार गोविन्द केसी बताउँछन् । 

Vianet communication
Laxmi Bank

सबैले नियम पालना गरी सावधानी अपनाएमा बढ्दै गएको कोरोना न्यूनीकरण गर्न सकिने जिल्ला अस्पताल दैलेखका प्रमुख डा निराजन पन्तले बताए ।

जिल्लामा जम्मा ३४ आइसोलेशन कक्ष छन् ।  डा. पन्तले भने, ' क्वारेन्टिनलाई नै  आइसोलेशनमा परिणत गरी बिरामीको उपचार गरिने योजना छ, यो नगरी अरु उपाय नभएकाले गलत बुझाइ नगरे सहजै उपचार गर्न सकिने  छ  ।' जिल्लामा कोरोना संक्रमणको संख्या बढेर गएको हुँदा लकडाउन कडा बनाइने र जिल्ला नै बन्द गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । 

पछिल्लो समय जिल्लामा ५ हजार ४४३  भारतबाट आएका व्यक्ति क्वारेन्टाइनमा छन्  ।  भारतबाट जिल्लामा  ४१ हजारभन्दा बढी फर्किन सक्ने अनुमान गरिएको छ  । संक्रमितको संख्या सय पुग्न लाग्दा   पनि उपचारका लागि जिल्लामा जम्मा ३४ आइसोलेशन मात्र  छन्  । भारतबाट फर्केका करीब छ हजार क्वारेन्टाइनमा बसेकामध्ये  एक हजार सात सय जनाको मात्र परीक्षण गरिएको छ  । परीक्षणका लागि पर्याप्त किट नहुँदा कोरोना पोजेटिभ भएका  र अन्य सँगै बस्न बाध्य भएको प्रजिअ कट्टेलको भनाइ छ  ।  तीन दिनसम्म पनि पुष्टि भएकालाई  नारायण क्याम्पसको क्वारेन्टिनबाट अलग नगर्दा अन्य व्यक्ति निकै त्रासमा रहेको क्वारेन्टाइनमा बसेकाहरुको गुनासो छ ।

नारायण क्याम्पसको कोठामा राखिएकामध्ये करीब ५० व्यक्ति ढोका फोडेर  प्राङ्गण बाहिर निस्केका थिए । उनीहरू भागेको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरीको थप टोली पुगेर नियन्त्रणमा लिएको थियो । प्रहरीले भागेकाहरुलाई पुन क्वारेन्टाइनमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन दिनदेखि कोरोना पुष्टि भएका १७ जनालाई भने सोमबार साँझ आइसोलेशनमा लगिएको  छ  । 

रोकथाममा जनप्रतनिधि 
कर्णाली प्रदेशसभामा दैलेख जिल्लाबाट प्रतिनिधित्व गर्ने अम्मरबहादुर थापा र सुशील थापाले आइसोलेशन वार्डसहितको अस्पताल निर्माण गर्ने घोषणा गरेका छन् ।  सदस्य अम्मरबहादुरले क्षेत्र नं.१ को दैलेख सदरमुकाम र सुशीलले क्षेत्र नं २ को दुल्लुमा अस्पताल निर्माण गर्ने तयारी गरेका हुन् । 

 प्रदेश सांसद विकास कोष ( क्षेत्र विकास पूर्वाधार कोष) अन्तर्गत दुवै जनाबाट रु  ७०÷७० लाख  विनियोजन गरी अस्पताल निर्माण गर्न लागिएको हो । प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले एक हप्ताभित्र पिसिआर  मेशिन जडान गरिने  आश्वासन  दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x