×

NMB BANK
NIC ASIA

कोरोना सङ्क्रमितको उपचार जिपी उपचार केन्द्रमा

जेठ २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना पुष्टि भएका तनहुँका सङ्क्रमितलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा राखेर उपचार गरिने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रमुख जिल्ला अधिकारी एवं सङ्कट व्यवस्थापन केन्द्रका संयोजक बद्रीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोनासँग सम्बन्धित बिरामीलाई उपचार केन्द्रमा उपलब्ध आइसोलेसनकक्षा भएसम्म उपचारका लागि भर्ना गर्ने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपचार केन्द्रमा १२ श्ययाको आइसोलेसनकक्ष निर्माण गरिएको छ । तनहुँका पहिलो कोरोना सङ्क्रमित ऋषिङ गाउँपालिकाका २८ वर्षीय युवाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिल्लामा कोरोना सङ्क्रमितको उपचारका लागि उपचार केन्द्रसहित दमौली अस्पताल, बन्दीपुर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसनकक्ष बनाइएको छ ।


Advertisment
Nabil box
Kumari

कोरोना सङ्क्रमित थपिएको अवस्थामा क्रमशः दोस्रो, तेस्रो र चौथो क्रम तोकी बिरामी उपचारका लागि राखिने प्रजिअ अधिकारीले जानकारी दिनुभयो । “जिपी कोइराला अस्पताललाई पहिलो प्राथमिकता तोकेर नयाँ सङ्क्रमित फेला परे पनि सोही अस्पतालमा उपचार गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “बाँकी अस्पताललाई भने प्राथमिकताक्रम निर्धारण गर्न बाँकी छ ।”

Vianet communication
Laxmi Bank

जिपी कोइराला उपचार केन्द्रबाट सञ्चालन हुँदै आएका बहिरङ्ग सेवा (ओपिडी) तथा स्वास्थ्य बीमा कार्यक्रम सोही उपचार केन्द्रसँगै रहेको ज्येष्ठ नागरिक सेवा केन्द्र वा शिवपञ्चायन मन्दिरमध्ये कुनै एकलाई भाडामा लिइ सञ्चालन गर्नका लागि शुक्लागण्डकी नगरपालिकालाई आग्रह गरिएको छ । उपचार केन्द्रलाई तत्काल भौतिक तथा पूर्वाधार विकासका लागि स्थानीय तहहरुलाई आवश्यक सहयोगका लागि अनुरोध गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।

क्वारेन्टिनमा रहेका व्यक्तिलाई अस्पतालसम्म ओसारपसारका लागि एम्बुलेन्स सम्बन्धित स्थानीय तहका लागि तोकिसकिएकाले सोही एम्बुलेन्सबाट नै सम्बन्धित स्थानीय तहका क्वारेन्टिनमा रहेका बिरामी बोक्ने निर्णय भएको हुँदा एम्बुलेन्स मर्मतसम्भार र चालकलाई उत्प्रेरित गराइ तयारी अवस्थामा राख्न स्थानीय तहलाई अनुरोध गरिएको छ ।

यसैगरी मङ्गलबार बसेको स्थानीय तहका प्रमुखसहितको सरोकारवालाको बैठकले जिल्लामा शववाहनको व्यवस्था हालसम्म नरहेकाले सम्बन्धित स्थानीय तहमा रहेका सवारी साधन वा सम्बन्धित स्थानीय तहले व्यवस्था गरेको सवारी साधनलाई शववाहनका रूपमा प्रयोगमा ल्याउने निर्णय गरेको छ । सोही बैठकले जिल्लामा प्रचलनमा रहेका शवदहन घाटका नजिक पर्ने गरी घाटको व्यवस्थापन र घाटमा दाहसंस्कारका लागि आवश्यक सामग्री तथा लाग्ने खर्च सम्बन्धित स्थानीय तहले नै गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x