कपिलवस्तुमा थप २ जनामा कोभिड– १९ संक्रमण, ८ जना निको भएर घर फिर्ता

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

कोरोनाभाइरस (कोभिड- १९)का सबैभन्दा बढी संक्रमित रहेको जिल्ला कपिलवस्तुमा थप २ जनामा संक्रमण पुष्टि भएको छ ।

जिला स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार कपिलवस्तुमा संक्रमितको कुल संख्या ३ सय ९५ पुगेको छ ।


Advertisement

पछिल्लोपटक  वाणगंगा नगरपालिका वडा नम्बर ७ का ३४ वर्षीय र वडा नं. ९ का ३९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कुल संक्रमितमध्ये कपिलवस्तुका ३२ जना निको भएर डिस्चार्ज भएका छन् । पछिल्लोपटक थप ८ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


Advertisement

निको भएर डिस्चार्ज हुनेमा कृष्णनगर नगरपालिकाका ५, यशोधरा गाउँपालिकाका २ तथा बुद्धभूमि नगरपालिकका १ जना छन् ।

हेर्नुहोस्, जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी :

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्