×

NMB BANK
NIC ASIA

लकडाउन खुकुलो नबनाए उल्लंघन गर्ने पोखराका व्यवसायीहरूको चेतावनी

जेठ २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पोखराका उद्योगी व्यवसायीले लकडाउन खुकुलो नबनाए उल्लंघन गर्ने चेतावनी दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनीहरूले कोरोनाभन्दा भोकमरीले मर्ने बेला आएको भन्दै लकडाउन खुकुको नपारिए अवज्ञा गर्ने चेतावनी दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा उद्योग वाणिज्य संघले बुधवार पत्रकार सम्मेलन गरी सुरक्षाको व्यवस्थासहित समयतालिका मिलाएर व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने सुझाव सरकारलाई दिएको स्मरण गराउँदै माग सम्बोधन नभए तालाचाबी सरकारलाई नै बुझाउनेसमेत जनायो । 


Advertisment
Nabil box
Kumari

संघ अध्यक्ष दामु अधिकारीले भने, ‘हाम्रो ध्येय व्यापारमात्रै हैन, व्यापार गर्दै राज्यलाई कर र शुल्क तिर्नुपनि हो अनि अर्थतन्त्रलाई चलायमान बनाउनु पनि हो । कोरोनाबाट व्यापारी मात्रै बच्ने कुरा पनि आउँदैन । हामी हाम्रो र उपभोक्ताहरूको सुरक्षा अनि स्वास्थ्यप्रति सचेत छौं र, सचेतताकै बीचमा व्यापार व्यवसाय गर्न चाहन्छौं ।’

Vianet communication
Laxmi Bank

व्यवसायको प्रकृति हेरी समयतालिका अनुसार व्यवसाय खुलेमा त्यसले अर्थतन्त्रलाई गति दिने उनको भनाई छ । तर कुन–कुन पसल खोल्ने भन्ने विषयमा भने स्पष्ट पारिएको छैन ।

सानोतिनो पसल मंगलवारदेखि नै आफूहरूले सुचारू गरेको बताएका छन्।

जेठ २५ सम्म सरकारले भनेझै विभिन्न कर तिर्न नसकिने र समयसीमा असार मसान्तसम्म पुर्‍याउनु पर्ने संघको माग रहेको पत्रकार सम्मेलनमा जनाइयो ।

झण्डै ३ महिना लामो लकडाउनले व्यापार व्यवसाय हुन नसकेको, कर्मचारीसमेत बिदामा रहेको हुँदा कसरी कर तिर्न सकिन्छ भनी गुनासो व्यवसायीको छ ।

पोखराको निजी क्षेत्रले यसअघि सारेका माग र सुझाव यथावत् रहेको दोहोर्‍याउँदै परिस्थितिको विषमतालाई ध्यानमा राख्दै  प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्रमा परेका घरजग्गा कर  र अन्य  करहरूमा छुटको व्यवस्था गर्न आग्रहसमेत गरिएको छ ।

लकडाउनको समयमा पोखरा न्युरोडको मुख्य बजार क्षेत्र

संघीय सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउन नसकेको तर गण्डकी प्रदेशको नीति तथा कार्यक्रमलाई आफूहरूले खुलेर प्रशंसा गरेको बताइएको छ । 

यस्तै, पोखरामा आयातित तरकारी नष्ट गरिएकोमा आपत्ति जनाउँदै दोषीमाथि कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।

कास्की बाहिरबाट तरकारी तथा फलफूल ल्याएको भन्दै पोखरा १५ र ३३ मा वडाध्यक्षकै सक्रियतामा ६ गाडी तरकारी नष्ट गरिएको थियो । 

संकट बेला खाद्यान्न र तरकारी नष्ट गराउनुले कृषि पेशा अपनाउनेहरूलाई हतोत्साही बनाएको उनीहरूको जिकिर छ । 

उनीहरूले घटनाको निन्दा गर्दै तत्काल ती व्यवसायीलाई क्षतिपूर्तिको व्यवस्था गर्न, दोषीलाई कारवाही गर्न एवं आइन्दा यस्ता गतिविधि नदोहोर्‍याउन माग गरेका छन् ।

कार्यक्रममा सांसद बिन्दुकुमार थापाले परीक्षण दायरा बढाउनु पर्ने माग गरे ।

सरकारले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि ११ चैतदेखि जारी राखेको लकडाउन जेठ ३२ सम्म डकायम राख्ने निर्णय गरेको छ ।

लकडाउन मोडालिटी फेर्ने विषयमा सरकारले तयारी थाल्दै गर्दा पोखरामा उल्लंघन चेतावनी दिनुलाई कतिपयले निको मानेका छैनन् ।

मंगलवारमात्रै नेपालमा २८८ जना कोरोनासंक्रमित भेटिएका थिए ।'

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x