कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन् । वडाध्यक्ष पुरी मंगलवार राति मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय बासिन्दाले बुधबारदेखि क्वारेन्टिनमा राखेका हुन् ।
मङ्गलबार दिउँसैदेखि मादक पदार्थ सेवन गरेका वडाध्यक्ष पुरीले झापाबाट आएर वडा कार्यालयले बनाएको क्वारेन्टिनमा बसेका एक युवकको मोबाइलसमेत खोसेको स्थानीय बासिन्दाको आरोप छ । “दैनिक मादक पदार्थ सेवन गरेर बस्ने वडाध्यक्ष पुरीले मातेको झोँकमा गए राति क्वारेन्टिनमा बसेकालाई हप्काउनुका साथै एक युवकको मोबाइलसमेत खोसेर लानुभएको छ”, एक स्थानीय बासिन्दाले भने, “क्वारेन्टिनमा बसेकाहरुसँगको सम्पर्कमा जानुभएका वडाध्यक्ष पुरीबाट कोरोना भाइरसको सङ्क्रमण सर्ने खतरा भएकाले उहाँलाई नै क्वारेन्टिनमा राखिएको हो ।”
वडाध्यक्ष पुरीले गएराति क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत हप्कीदप्की गरेको प्रत्यक्षदर्शीले बताएका छन् । अधिकांश समय मादक पदार्थ सेवन गरेर बस्ने वडाध्यक्ष पुरीले कार्यालयमा खटिएका कर्मचारीलाई आफ्नै घरमा आएर हाजिर गर्न लगाउने गरेको एक कर्मचारीले बताएका छन् । वडाध्यक्ष पुरीलाई बुधबारबाट १४ दिनसम्म क्वारेन्टिनमा राखिने नगरप्रमुख इवन राईले बताए । “हामीले लागू गरेको नियम सबैलाई लागू हुन्छ”, उनले भने, “वडाध्यक्ष पुरीले नियम उलङ्घन गर्नुभएकाले उहाँलाई नगरपालिकाकै तर्फबाट १४ दिनसम्म क्वारेन्टिनमा राखिएको हो ।”
एघार वडा कार्यालय रहेको नगरपालिकाको विभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टिनमा अहिले नौ जना रहेको नगरपालिकाको स्वास्थ्य सहसंयोजक प्रकाश घिमिरेले जानकारी दिए । क्वारेन्टिनमा बस्ने व्यक्तिको स्वास्थ्योपचार तथा खानाको व्यवस्था नगरपालिकाले गर्ने गरेको जनाइएको छ । एक सङ्क्रमित युवक भेटिएको उक्त नगरपालिकामा ११४ स्थानीय बासिन्दाको स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गरिएको जनाइएको छ । काठमाडौँबाट उद्धार गरेर ल्याइएका २० वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनको परिवार तथा उनीसँगै बसमा यात्रा गरेर आएकाहरुको स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
सङ्क्रमित युवकको विराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको नगरपालिकाले जनाएको छ । उपचाररत युवकको अवस्था अहिलेसम्म सामान्य रहेको नगरस्वास्थ्य सहसंयोजक घिमिरेले जानकारी दिनुभएको छ । दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिकाका एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अन्य स्थानीय तहमा समेत उच्च सतर्कता अपनाइएको छ । जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रको प्रवेश नाका पूर्णरुपमा बन्द गरेको छ भने परीक्षणलाई तीव्रता दिएका छन् ।
जिल्लाका चार स्थानीय तहका १७ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । ऐसेलुखर्क गाउँपालिकामा आठ, जन्तेढुङ्गा गाउँपालिकामा पाँच, दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकामा दुई–दुई गरी १७ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो । आरडिटी रिपोर्ट पोजेटिभ देखिएका १७ सहित ३९ जनाको स्वाब सङ्कलन गरेर परीक्षणमा विराटनगर तथा काठमाडौँ पठाइएको पिसीआर रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा शैलेस श्रेष्ठले बताए । जिल्लामा हालसम्म ९५१ जनाको आरडिटी र २४८ जनाको पिसीआर परीक्षण गरिएको मेडिकल अधिकृत डा श्रेष्ठले जानकारी दिए । केदार मगर,रासस
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...