×

NMB BANK
NIC ASIA

पूर्वाधारका अधुरा आयोजनाका लागि बजेट सकारात्मक : निर्माण व्यवसायी महासङ्घ

जेठ २२, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

भौतिक पूर्वाधारका निर्माणाधीन र अधुरा आयोजनाको निरन्तरता दिँदै सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को बजेट सकारात्मक भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ।

Muktinath Bank

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमबाट प्रभावित निर्माण व्यवसायलाई पुनःउत्थानमा जोड, व्यवसायीको इजाजतपत्रको नवीकरणको शुल्क मिनाहा, बैङ्क ग्यारेन्टी र बीमाको म्याद थप, श्रम सूचना बैङ्कको स्थापना, रोजगारीका लागि तालिमको व्यवस्थालगायत बजेटमा उल्लेख हुनु सकारात्मक भएको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड–१९ का कारण निर्माण व्यवसायको क्षेत्रमा परेको गम्भीर असरका बारेमा बजेटमा स्पष्ट रुपमा सम्बोधन हुन नसकेकाले व्यवसायीलाई थप उत्साहित बनाउन नसकेको महासङ्घले जनएको छ । कृषि पछिको धेरै रोजगारी प्रदान गर्ने रोजगारदाताको रुपमा रहेको निर्माण व्यवसायलाई बजेटमा प्राथमिकता नदिइएको र कोभिडको समयमा काम कसरी अगाडि बढाउने भन्ने विषयमा बजेट मौन रहेको महासङ्घका महासचिव रोशन दाहालले उल्लेख गरेका छन्। 


Advertisment
Nabil box
Kumari

पूर्वाधारमा चालू आवको तुलनामा आगामी वर्ष कम बजेट विनियोजित भएकोतर्फ पनि महासङ्घको ध्यानाकर्षण भएको छ । “पूर्वाधार निर्माणका लागि पँुजीगत विकास खर्चतर्फ प्रस्तुत बजेटमा जम्मा तीन खर्ब ५२ अर्ब ९१ करोड विनियोजन गरिएकामा चालू आर्थिक वर्षको तुलनामा ५५ अर्ब ६८ करोड न्यून भई गत वर्षको विकास बजेटको करिब १४ प्रतिशतले खुम्चिएको छ, ऐन नियम समयानुकूल संशोधन गरी विनियोजित बजेट पूर्णरुपमा खर्च हुने गरी कार्यान्वयन गर्न महासङ्घले जोड दिनेछ”, उनले भने। 

Vianet communication
Laxmi Bank

महासङ्घले माग गरेको पुनःकर्जालाई बजेटमा एकमुष्ट रु एक खर्ब छुट्याइएकामा त्यो भित्र कोभिड–१९ का कारणबाट गम्भीर रुपमा प्रभावित निर्माण व्यवसायलाई समावेश गरिएको हो भन्नेमा विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ । बजेटमा उल्लेख भए बमोजिम सार्वजनिक खरिद ऐनमा समसामयिक संशोधन गरिने व्यवस्था एकतर्फी रुपमा महासङ्घलगायत निजी क्षेत्रका सरोकार भएका निकायको अनिवार्य सहभागिता हुनुपर्ने महासचिव दाहालले बताए।
 
कोरोनाको लामो प्रभाव रहने हुँदा स्थानीयलाई रोजगारी दिने र विदेशबाट स्वदेश फर्कने करिब १५ लाख श्रमिकलाई रोजगारी सिर्जना गर्नका लागि जिल्लामा पाँच करोडसम्मका निर्माण खुल्ला बनाई स्थानीयस्तरमा मात्र प्रतिस्पर्धा गराउने गरी प्याकेज बनाउनुपर्ने माग महासङ्घले गरेको छ । प्रदेशस्तरमा २५ करोड र राष्ट्रियस्तरमा एक अर्बका प्याकेज बनाउनुपर्ने महासङ्घले जनाएको छ ।  एक अर्ब भन्दा माथिका काममा स्वदेशी निर्माण व्यवसायी सहभागी हुने गरी प्रक्रिया सरलीकृत हुने गरी हालको ८० प्रतिशत अनुभवलाई ४० प्रतिशतमा घटाई अनुभव ५० प्रतिशत भए पुग्ने गरी बढीभन्दा बढी स्वदेशी निर्माण व्यवसायीलाई सक्षम बनाउनुपर्ने र विदेशी निर्माण कम्पनीलाई क्रमशः प्रतिस्थापन हुने गरी बोलपत्र आह्वान गरिनु पर्ने सुझाव महासङ्घले दिएको छ। 

गत वर्ष जेठ १५ गते अगाडि सम्झौता भएका आयोजनामा खपत भएको डिजेलको मुल्य अभिवृद्धि कर नियमानुसार फिर्ता पाउने व्यवस्था हुनुपर्ने माग गरिएको पनि उनले बताए। कोभिडका कारणले व्यवसायीको धरौटीबापत पाँच प्रतिशत कट्टा भई जम्मा रहेको करिब २० अर्ब लामो समयसम्म उपयोगबिहीन रहेको हुँदा अर्थतन्त्र चलायमान बनाउन नगद प्रवाह बढाउन व्यवसायीले फिर्ता पाउनु पर्ने माग पनि महासङ्घले अघि सारेको छ ।  

निर्माण व्यवसायीले व्यावसायिक प्रयोजनका लागि लिएको कर्जाको किस्ता कोभिडका कारणले २०७७ चैत्र मसान्तपछि मात्र दुई वर्षको किस्तामा भुक्तानी गर्न सकिने हुँदा सो बमोजिम व्यवस्था हुनुपर्ने, आयोजनामा लागत रकम बढ्ने हँुदा सो अवधिमा बढेको ओभरहेड रकम समावेश गरिनुपर्ने लगायत विषय बजेटमा समावेश नभएकाले समावेश गर्नुपर्नेमा जोड दिइएको छ । 

भौतिक पूर्वाधारको विकासमार्पmत समृद्ध अर्थतन्त्र निर्माण गर्ने बजेटको उद्देश्य प्राप्त गर्न र कोभिड-१९ का कारण गम्भीर असर परेको निर्माण व्यवसायको उत्थानका लागि महासङ्घले सरकारलाई बजेट निर्माणका सन्दर्भमा उपलब्ध गराएका सुझावलाई सम्बोधन गर्न जोडदार माग गरेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x