प्रदेश २ मा सङ्क्रमित ९ सय ६१

प्रतिकार्यात्मक तस्वीर।

प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ९ सय ६१ पुगेको छ। पछिल्लो २४ घण्टामा यस प्रदेशका विभिन्न सात जिल्लामा १ सय २ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो। यसअघि, यस प्रदेशमा ८ सय ५९ सङ्क्रमित थिए।

सप्तरीमा १२, धनुषामा १ महिलासहित ६, महोत्तरीमा ३, सर्लाहीमा ३, रौतहटमा ६ र ९ वर्षीय २ बालकसमेत गरी ६५ जना, बारामा १२ र पर्सामा १ गरी १ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी गराए।
यसैबीच, यस प्रदेशबाट १ सय २२ जना निको भएर घर फर्केका छन्। घर फर्कनेमा पर्सामा ९६, बारामा ९, धनुषामा ४, रौंतहटमा ३, सर्लाहीमा १ र महोत्तरीमा ३, सप्तरीमा १ र भारत तथा अन्य प्रदेशका गरी ५ जना निको भएर घर फर्केका सचिव डा घिमिरेले बताए।


Advertisement

यस प्रदेशमा अहिलेसम्म १८ हजार ८ सय ९३ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ। सोमध्ये १० हजार ७ सय ६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने सात हजार १ ससय ६९ जनाको रिपोर्ट आउन बाँकी छ। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टिनको सङ्ख्यामा पनि बढोत्तरी गरिएको छ।

यस प्रदेशको विभिन्न जिल्लामा ४ सय ११ वटा क्वारेन्टिन सञ्चालनमा रहेका र सो क्वारेन्टिनमा ३१ हजार १ सय १९ शय्याको व्यवस्था गरिएको छ। यतिखेर, क्वारेन्टिनमा २२ हजार ९ सय ६१, होम क्वारेन्टिनमा सात हजार १५ र आइसोलेशनमा ५ सय ८९ जना बसेका छन्।


Advertisement

कमेन्ट गर्नुहोस्