×

NMB BANK
NIC ASIA

बाँदरमूढे घटनाका पीडितहरू अझै पनि न्यायको प्रतीक्षामा

जेठ २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चितवनको माडीस्थित बाँदरमूढे घटनाका पीडितहरू अझैसम्म पनि सत्य, न्याय र परिपूरणका लागि प्रतीक्षा गरिरहेको मानवअधिकारवादी संस्था एड्भोकेसी फोरमले जनाएको छ । 

Muktinath Bank

शुक्रवार एक प्रेस वक्तव्य निकालेर उक्त संस्थाले आजभन्दा १५ वर्षअघि (२०६२ जेठ २३) मा माओवादी कार्यकर्ताहरूले सामान्य नागरिक चढेको बसमा विस्फोट गराउँदा ३५ जना सर्वसाधारण र ड्युटीमा नरहेका तीनजना सुरक्षाकर्मीको मृत्यु भएको स्मरण गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वक्तव्यमा भनिएको छ : 'घटनामा ७० भन्दा बढी मानिस घाइते भएका थिए र उनीहरू अहिलेसम्म पनि कठोर शारीरिक तथा मानसिक आघातमा छन् र न्यायका लागि प्रतीक्षारत छन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डले बसमा बम विस्फोट गराइएको घटना ‘सशस्त्र द्वन्द्वको सबभन्दा ठूलो भूल’ भनी स्वीकार गरेको भए पनि यस्ता प्रकृतिका घटना नदोहोरिनका लागि उनले कुनै पनि उपाय अपनाउन दिएका भने छैनन् ।' 


Advertisment
Nabil box
Kumari

त्यसैगरी माओवादी कार्यकर्ताहरूले १६ वर्षीय किशोर कृष्ण प्रसाद अधिकारीको वीभत्स हत्या गरेको १६औं वार्षिकी भोलि परेको एड्भोकेसी फोरमले जनाएको छ । २०६१ साल जेठ २४ गते गोरखाको फुजेलका नन्द प्रसाद अधिकारी र गंगामाया अधिकारीका छोरा कृष्ण प्रसाद अधिकारीलाई चितवनमा हजुरबुवा हजुरआमालाई भेट्न आएको वेलामा तत्कालीन माओवादीहरूले यातना दिएर हत्या गरेका थिए । 

Vianet communication
Laxmi Bank

उनका पिता नन्द प्रसाद अधिकारी छोराका लागि न्याय पाउनका लागि संघर्ष गर्दागर्दै २०७१ भदौमा बिते । कृष्ण प्रसाद अधिकारीकी आमा गंगामाया अधिकारी विगत सात वर्षदेखि छोरा र पतिका लागि न्यायको माग गर्दै अस्पतालमा विभिन्न समयमा भोक हडताल गरिरहेकी छन् । 

सर्वोच्च अदालतको आदेशपछि कृष्ण प्रसाद अधिकारीको हत्यामा अनुसन्धान आरम्भ गरिएको भए पनि त्यो स्वतन्त्र र विश्वसनीय थिएन । उक्त अनुसन्धानबाट पीडकहरूलाई अभियोजन तथा सजाय हुन सक्ने गरी निष्पक्षता र तदारुकताको अभाव रहेको प्रशस्त प्रमाण एड्भोकेसी फोरम–नेपालले जुटाएको छ । पीडितलाई न्याय दिने भन्दा पनि पीडकहरूलाई दण्डहीनता सुनिश्चित गर्न राजयका निकायहरू सहयोगी मतियार बनेको देखिन्छन् । त्यसैले स्वतन्त्र विज्ञहरूको टोली गठन गरेर यस घटनामा औपचारिक फौजदारी अनुसन्धान पुनः आरम्भ गर्न एड्भोकेसी फोरमले आह्वान गरेको छ । 

यस्तो प्रकृतिको अनुसन्धान सत्यनिरूपण तथा मेलमिलाप आयोगले गर्नेछ भनी पन्छिने गरिएको छ । तर विगत ६ वर्षदेखि उक्त आयोगले द्वन्द्वकालीन कुनै पनि घटनाको अनुसन्धान गर्न सकेको छैन । पीडितहरूलाई नियमित फौजदारी न्याय प्रणालीबाट वञ्चित गराउनका लागि सत्यनिरूपण तथा मेलमिलाप आयोगको उपयोग गरिएको छ । सत्यनिरूपण तथा मेलमिलाप आयोगले न्याय प्रणालीलाई प्रतिस्थापन नगर्ने र मानवअधिकारका जघन्य उल्लंघनका घटनाको अनुसन्धान, अभियोजन र सजाय गर्ने दायित्व राज्यको हुन्छ भनी एड्भोकेसी फोरम पुनः स्मरण गराउँछ । सत्यनिरूपण प्रक्रियाका बावजूद राज्यको यो दायित्व कायम रहन्छ र यस अडानलाई सर्वोच्च अदालत मात्र नभई नेपाल राज्यविरुद्ध परेका मुद्दाको सवालमा संयुक्त राष्ट्रसंघको मानवअधिकार समिति विभिन्न मुद्दामा स्पष्ट छ । 

यस्ता घटनाहरूमा न्यायको माग गरिरहेका सबै पीडितहरूप्रति एक्यबद्धता प्रकट गर्दै एड्भोकेसी फोरमले दुवै घटनामा निष्पक्ष तथा स्वतन्त्र अनुसन्धान गर्न तथा पीडित र साक्षीहरूको सुरक्षाका लागि उपयुक्त उपायहरू अपनाउन आह्वान गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x