पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
दिनहुँ सङ्क्रमण बढ्दै गएपछि प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमण हुनेको सङ्ख्या एक हजारको हाराहारी पुग्न लागेको छ । बिहीबार थप १०२ जनामा सङ्क्रमण पुष्टि भएपछि यहाँ सङ्क्रमितको सङ्ख्या अहिले ९६१ पुगेको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले पुष्टि गरेको छ ।
प्रदेश नं २ का आठ जिल्लामा जेठ तेस्रो सातामा मात्रै ५०० सङ्क्रमित थपिएका छन् । जेठ दोस्रो साताको अन्त्यमा ५०० मुनि रहेको सङ्क्रमित सङ्ख्या तेस्रो साता सकिँदा एक हजार नजिक पुगेको छ । यसरी थपिएका नयाँ सङ्क्रमितमध्ये धेरैजसो भारतबाट भर्खरै घर फर्केका भेटिएका निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झा बताउँछन् ।
प्रदेशका आठ जिल्लामध्ये अहिले सबैभन्दा बढी रौतहट प्रभावित देखिएको छ । बिहीबारसम्म प्रदेशका कूल सङ्क्रमण पुष्टि भएका ९६१ मध्ये रौतहटका ३८४ छन् । प्रदेशको हालसम्मको तथ्याङ्कमा रौतहटपछि क्रमशः सर्लाहीमा १४९, पर्सामा १११, धनुषामा ८८, सप्तरीमा ६९, बारामा ६७, सिरहामा ४७ र महोत्तरीमा ४३ जनामा सङ्क्रमणको पुष्टि भएको निर्देशनालयका निमित्त निर्देशकसमेत रहनुभएका वरिष्ठ स्वास्थ्य प्रशासक झा बताउँछन् । क्वारेन्टिन केन्द्रमा समुचित सुरक्षा प्रबन्ध मिल्न नसक्दा, शारीरिक दूरीको ख्याल नगरिँदा सङ्क्रमण बढेको झा स्वीकार गर्छन् ।
“प्रदेश सरकार, प्रदेश स्वास्थ्य निर्देशनालय र स्थानीय तहबाट क्वारेन्टिन व्यवस्थित सञ्चालन गर्न समन्वय त भइरहेको छ”, झाले भने, “यद्यपि आँकलन नै नगरिएको सङ्ख्या क्वारेन्टिनमा थपिएसँगै ठाउँठाउँमा समस्या भएका छन्, आपसी समन्वयमा त्यसको व्यवस्थापन गरेर अघि बढ्नुको हामीसँग विकल्प छैन ।” प्रदेशका कैयौँ क्वारेन्टिन केन्द्रमा व्यवस्थापकीय जिम्मेवारी लिने सहयोगी हात थपिँदै जाँदा धेरै ठाउँमा राम्रो व्यवस्थापन गर्न सकिएको झाको थप भनाइ छ ।
प्रदेशका आठवटै जिल्लाका क्वारेन्टिन केन्द्रमा स्वाब सङ्कलन कार्यलाई तीव्र बनाइएको छ । पछिल्लोपटक बिहीबार एक हजार ३६४ को स्वाब सङ्कलन गरिएको छ । यो बितेका अवधिमा हालसम्मकै सर्वाधिक सङ्ख्या हो । पिसीआर परीक्षणका लागि हालसम्म स्वाब सङ्कलन गरिएको सङ्ख्या अब १८ हजार ८९३ पुगेको छ । यसबाहेक प्रदेशभित्रका बासिन्दा रहेका ७२ जनाको अन्य प्रदेशमा स्वाब सङ्कलन गरिएमध्ये तीन जनाको नतिजा पोजेटिभ र ६९ जनाको नेगेटिभ आएको झाले बताउनुभयो । स्वाब परीक्षण गरिएका मध्ये बिहीबारसम्म ९६१ जनाको नतिजा पोजेटिभ आएको छ । परिणाम प्राप्तमध्ये १० हजार ७६३ को नेगेटिभ र सात हजार १६० को नतिजा आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशका आठै जिल्लामा गरी अहिले क्वारेन्टिन केन्द्र थपेर ४११ बनाइएका छन् । अहिले यी केन्द्रमा ३१ हजार ११९ श्यया छन्, जसमा २२ हजार ९६१ जना रहेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा घरमै होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बिहीबारसम्म सात हजार १५ छ । प्रदेशमा आइसोलेसन श्यया बढाएर एक हजार १२८ पु¥याइएको छ । बिहीबारमात्र ४१ आइसोलेसन श्यया थपिएका हुन् । हाल आइसोलेसनमा ५९१ लाई राखिएको छ । प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कनको सङ्ख्या १२२ पुगेको छ । बिहीबार नै १७ सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।
प्रदेशमा हालसम्म आठ हजार ७५७ को आरडिटी गरिएको छ । जसमा आठ हजार ४०२ को नतिजा नेगेटिभ र १६८ को पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । यद्यपि पछिल्ला दिनमा क्वारेन्टिनमा रहेकाहरुको पिसीआर जाँचमै जोड दिइएको छ । प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ । खुला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टिन प्रक्रिया सघन गरिनुपर्ने विज्ञको राय छ । यद्यपि पछिल्ला तीन दिनयता भारतबाट भित्रिने क्रम पातलिएको झा बताउँछन् ।
क्वारेन्टिन केन्द्र र श्यया थपिँदै गए पनि पिसीआर परीक्षण अझै सघन हुनसकेको छैन । यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टिन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ । यद्यपि प्रदेशमा कोभिड–१९ रोकथाम अभियानको समन्वय गर्दै आएको सामाजिक विकास मन्त्रालय र प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले उपलब्ध सामग्री र दक्ष जनशक्ति स्वाब सङ्कलनमा लगाइँदै आइएको जनाएको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...