×

NMB BANK
NIC ASIA

कोभिड- १९ : कन्ट्याक्ट ट्रेसिङ गर्न थप टोली परिचालन

जेठ २३, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९) संक्रमितसँग नजिक रहेकामा गरिने ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नका लागि मुलुकभर एक हजार १०७ टोली परिचालन गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सङ्घ, प्रदेश र स्थानीय तहमा एक हजार १०७ टोली परिचालन गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । प्रदेश तहमा सामाजिक विकास मन्त्रालय र स्थानीय तहमा रहेका अस्पताल र स्वास्थ्यचौकीले ट्रेसिङको काम गर्दै आइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई हजार ६३४ जनामा कोरोना संक्रमित भएको पृष्टि भएको छ । ट्राभल हिस्टीका आधारमा संक्रमितसँग नजिक रहेका आफन्त, साथीभाइको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने गरिन्छ । 


Advertisment
Nabil box
Kumari

इपिडिमियोलोजी र प्रदेशको मन्त्रालयले पाँचजनाका चिकित्सकको टोली कन्ट्याक्ट ट्रेसिङका लागि खटाएका छन् । पहिले कन्ट्याक्ट ट्रेसिङका लागि आफैं पुग्ने गरेको इपिडिमियोलोजीले अहिले भने प्रदेशमा रहेका चिकित्सकलाई नै केन्द्रबाट भर्चुअल तालिम दिएर कन्ट्याक्ट टे«सिङ गर्नका लागि खटाइरहेको छ । 

Vianet communication
Laxmi Bank

अहिले पनि केन्द्रबाट आवश्यकताअनुसार बढी संक्रमित ठाउँमा कन्ट्याक्ट ट्रेसिङका लागि टोली जाने गरेको इपिडिमियोलोजी महाशाखाका निर्देशक डा. पाण्डेले बताए ।

'पहिले हामी १०० जनासम्म संक्रमित भएको अवस्थामा हामी आफैं नै जाने गर्थ्यौं । उदयपुर, कपिलवस्तु, बाँके, धनगढीमा हामी आफैँ गयौं,' उनले भने, 'अहिले संक्रमित बढेकाले हामीबाट मात्र कन्ट्याक्ट ट्रेसिङ गर्न सम्भव भएन । हामीले प्रदेश र स्थानीय तहका चिकित्सलाई तालिम दिएर खटाइरहेका छौं ।'  

स्थानीय तहमा प्रत्येक गाउँपालिकामा एकवटा समूहको दरले, नगरपालिकामा २ टोलीको दरले उपमहानगरपालिकामा तीन टोलीको दरले र महानगरपालिकामा पाँच टोलीको दरले कन्ट्याक्ट ट्रेसिङका लागि परिचालन गरिएको छ । ती टोलीमा तीनजना रहनेछन् । जसमा जनस्वास्थ्य अधिकृतसहित, नर्स र ल्याब टेक्निसियन रहने गर्छन् ।

चार सय ६० गाउँपालिकामा ४६० टोली, २७६ नगरपालिकामा ५५२ टोली, ११ उपमहानगरपालिकामा ३३ टोली र ६ महानगरपालिकामा ३० टोली परिचालन छन् । संक्रमित पृष्टि भएपछि ती संक्रमितको ट्राभल हिस्ट्रीका आधारमा नजिकका आफन्त, घरपरिवार सबैको कन्ट्याक्ट ट्रेसिङ गर्दै आइरहेको छ । 

तीनदेखि ११० जनामा ट्रेसिङ 

कोभिड–१९ संक्रमितसँग नजिक रहेकासँग गरिने कन्ट्याक्ट ट्रेसिङ तीनजनादेखि ११० जनासम्म गरिएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिई रोकथाम र नियन्त्रण गर्नका लागि संक्रमित भएका व्यक्तिका नजिक रहेका तीनदेखि ११० जनासम्ममा कन्ट्याक्ट ट्रेसिङ गरिएको महाशाखाको सर्भेलेन्स तथा अनुसन्धान शाखाका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए ।

महाशाखाले एकजना संक्रमितमा रहेका नजिकका व्यक्ति थोरैमा तीन र धेरैमा ११० जनासम्म कन्ट्याक्ट ट्रेसिङ गरेको छ  । 

सर्भेलेन्स शाखा प्रमुख अधिकारीले संक्रमित व्यक्तिलाई प्रत्यक्ष भेटेर, फोनबाट उसको नजिकको रहेका व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङ गरिरहेको जानकारी दिए । कन्ट्याक्ट ट्रेसिङ संक्रमितलाई सङ्क्रमण हुनुभन्दा १४ दिन अगाडि र संक्रमितको लक्षण नदेखिएमा ६ हप्तासम्म अगाडि व्यक्तिमा नजिक रहेका गरिन्छ ।

'रोगको पहिचान भएको लक्षण देखिएको मान्छेको भने सङ्क्रमण देखिएको दिनदेखि १४ दिन पछाडि गएर कन्ट्याक्ट ट्रेसिङ गर्छौं,' उनले भने, 'त्यो अवधिमा संक्रमितले कहाँ गयो, कसकसलाई भेट्यो । कुन गाडी चढ्यो । सबै कुराको सूचना लिएर उसँग आएका मानिसलाई पहिचान गर्छौं ।'

कन्ट्याक्ट ट्रेसिङ गरिएका व्यक्तिलाई पनि छुट्याएर क्याजुअल कन्ट्याक्टमा रहेका १५ मिनेटभन्दा कम समय भेटेको, टाढाबाट भेटेको  व्यक्तिलाई रोग सर्ने सम्भावना धेरै नहुने उनको भनाइ रहेको छ । 

संक्रमितसँगै घरमा बसेका व्यक्ति भने उच्च जोखिममा रहने भएकाले विशेष निगरानीमा राखिन्छ । त्यस्ता व्यक्ति बिरामीसँग सम्पर्क भएको दिनदेखि १४ दिनसम्म घरमै बस्न भनेर अनुगमन गरिने उनले बताए ।

संक्रमितसँगै पाँचदेखि १० दिनसम्म क्लोज कन्ट्याक्टमा रहेका व्यक्तिलाई आरडिटी वा पिसिआर परीक्षण गरेको शाखा प्रमुख अधिकारीले बताए ।

उपत्यकामा बढी निगरानी

उपत्यकामा कन्ट्याक्ट ट्रेसिङको काम इपिडिमियोलोजी आफैँले गर्ने गरेको छ । इपिडिमियोलोजीले स्थानीय तहसँगैको सहकार्यमा कन्ट्याक्ट ट्रेसिङ गर्दै आइरहेको छ ।

'देशभित्रका मानिस यहाँ आउने भएकाले कन्ट्याक्ट ट्रेसिङका लागि तयारी अवस्थामा राखिएको छ', शाखा प्रमुख अधिकारीले भने,  'यहाँ संक्रमित भएपछि हामी आफैँ जाने गरेका छौं ।' शरद शर्मा

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x