कोभिड- १९ बाट मृत्यु हुनेको संख्या ११, अर्का व्यक्तिको पनि मृत्युपछि कोरोना पुष्टि

नेपालमा कोरोनाभाइरस (कोभिड– १९)बाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिकाका २८ वर्षीय पुरुषको मृत्युपछि पीसीआर परीक्षण गर्दा कोभिड- १९ पोजेटिभ आएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिए ।


Advertisement

उनी भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा रहँदा कुनै लक्षण नदेखिएको र आरडीटी नेगेटिभ आएपछि घर फर्किएका उनको घर फर्किएकै दिन मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

२२ गते मृत्यु भएका ती व्यक्तिको त्यसपछि स्वाब परीक्षण गरिएको थियो ।


Advertisement

यससँगै मृतकको संख्या ११ पुगेको हो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्