कोरोनाको रिर्पोट 'नेगेटिभ' नआउँदै अस्पतालले बिरामीलाई घर पठायो

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

बुटवलको कोरोना विशेष अस्पतालले शुक्रबार २७ जना कोरोना संक्रमितलाई रिर्पोट नेगेटिभ नआउँदै घर पठाइएको छ । अस्पतालले १४ दिन क्वारेन्टाइनमा बसेका तर, कोरोनाको कुनै लक्षण नदेखिएकाहरुलाई पनि डिस्चार्ज गरेको हो ।

सरकारले जेठ २१ गते अस्पताललाई पत्रचार गरी १४ दिन आइसोलेनमा बसेका तर कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई घर पठाउनू भनेको अस्पतालले जनाएको छ । 


Advertisement

सोही बमोजिम शुक्रबार अस्पतालले १४ दिनदेखि आइसोलेनमा उपचार गराइरहेका कपिलवस्तुका ९ जना र रुपन्देहीका १८ जना संक्रमितलाई घर पठाइएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले लोकान्तरलाई जानकारी दिए ।

‘उहाँहरुमा कुनै लक्षण छैन । हामीले सरकारले निर्देशन गरेबमोजित घर पठाएका हौ । उनीहरु १३ देखि ५१ वर्ष उमेर समूहका छन्,’ उनले भने ।


Advertisement

उनीहरूलाई लिन सम्बन्धित गाउँपालिकाले एम्बुलेन्स पठाएका छन ।

थापाले थपे, ‘उनीहरुको ४ पटकसम्म जाँच गर्दा पनि रिर्पोट पोजेटिभ आएको थियो । १४ दिनपछि कोरोना सर्ने सम्भावना कम हुन्छ । उहाँहरु घरमै आइसोलेट हुनुहुन्छ । सुरक्षित रुपमा बस्नुहुन्छ । लक्षण देखिए हामीलाई सम्पर्क गर्नुहुन्छ ।’

अस्पतालमा अहिले १४ दिन पूरा नगरेका जनरल आइसोलेसनमा ३ जना र आइसियुमा ३ जना बिरामी छन् । अस्पतालबाट १५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्