×

NMB BANK
NIC ASIA

दूतावासको सूची एउटा, उडे अर्कै

जेठ २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 संयुक्त अरब इमिरेट्स (यूएई) मा अप्ठेरोमा परेकी रिना थापालाई आबुधाबीस्थित नेपाली दूतावासबाट शुक्रबार नेपाल फर्किनका लागि तयारी रहन फोन आयो । उनलाई दूतावासले पहिलो उडानमा पठाउने सूचीमा राखेको थियो । जहाजको शुल्क नलाग्ने पनि दूतावासले बताएको थियो ।

Muktinath Bank

त्यसको एकाध घण्टापछि उनलाई एयर अरेबियाका लागि टिकट बेच्ने एजेन्टको फोन आयो । उसले शुक्रबार स्थानीय समयअनुसार बिहान ११:२० बजे उडान रहेको भन्दै तुरुन्तै अल अन्सारी एक्सचेन्जमा गएर पैसा जम्मा गर्न भन्यो । दूतावासले भनेको उडान समय साँझ ६:३० थियो । एजेन्टले रिनालाई मात्रै होइन, दूतावासको सूचीमा परेका धैरेसँग सम्पर्क गरेको थियो । दूतावासले नेपाल पठाउन निश्चित भएको नेपालीको सूची यूएईको परराष्ट्र मन्त्रालयमार्फत एयर अरेबिया पुगेको हो । त्यही सूची हेर्दे एजेन्टले हवाई शुल्कबापत १५५० दिराम (झन्डै ४३ हजार रुपैयाँ) तिर्नुपर्ने बताएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यूएईको परराष्ट्र मन्त्रालयले अलपत्र परेका नेपाली कामदारलाई आफ्नै खर्चमा पठाइदिने भन्दै उडान तालिकासहितको प्रस्ताव कूटनीतिक नोटमार्फत नेपाली दूतावासलाई पठाएको थियो । यूएईले आठवटासम्म उडान गरिदिने पनि बताएको थियो । यसलाई आधार मान्दै नेपाली दूतावासले आपत्मा परेका नेपालीलाई पठाउन भन्दै यूएई सरकारको अनुरोधबमोजिम नेपालको परराष्ट्र मन्त्रालयलाई अनुरोध गरी पठायो । परराष्ट्र मन्त्रालयले सबै खर्च यूएईको भन्दै ‘इमर्जेन्सी’ उडान दिलाउन लबिइङ गर्‍यो । यसमा नेपाल वायुसेवा निगमले एउटा सर्तमा मात्रै उडान दिनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई दबाब दियो । निगमको भनाइ थियो, ‘हाम्रो जहाज विमानस्थलमा थन्किएर वसेको छ । सबै खर्च यूएई सरकारकै हो भने हामीलाई आपत्ति छैन । तर रोजगारदाताले टिकटको खर्च व्यहोर्ने हो भने हाम्रो जहाजबाटै ल्याउनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

परराष्ट्रले नेपाल सरकारको प्राथमिक सूचीमा परेका मात्रै ल्याउने र खर्च यूएई सरकारकै हुने भन्दै आश्वस्त पारेपछि बिहीबार एयर अरेबियालाई उडान अनुमति दिइएको थियो । लगत्तै दूतावासलाई अनुमतिको पत्र गयो । परराष्ट्र मन्त्रालयले आउने कुनै पनि यात्रुसँग शुल्क लिन नपाइने भन्दै एयर अरेबियाको १ सय ६८ वटा सिट क्षमता पूरै प्रयोग गरी पहिलो प्राथमिकतामा परेकालाई मात्रै उडान गर्न निर्देशन दिएको थियो । दूतावासले भने पहिले नै पहिलो उडानमा आउने सम्भावित यात्रुको सूची परराष्ट्रलाई दिइसकेको थियो । जुन कोरोना संकट व्यवस्थापन समितिको सचिवालय (सीसीएमसी) बाट प्रमाणीकरण गरिएको थियो ।

Vianet communication
Laxmi Bank

दूतावासले उडान पाएको अनुमतिबारे जानकारी यूएईलाई पठायो । यूएईको परराष्ट्रमार्फत सूची हात पर्नेबित्तिकै एयर अरेबियाको एजेन्टले शुल्कको विषय उठाए । ‘हामीलाई एजेन्टले शुल्क मागेपछि दूतावासलाई सूचना दियौं । दूतावासले पर्दैन भनेर रोक्यो’, रिता सुनुवारले भनिन् । दूतावासले सूचना पाएलगत्तै यूएईको परराष्ट्र मन्त्रालयलाई एयरलाइन्सबाट शुल्क माग भइरहेकोबारे जानकारी गरायो । यूएईका अधिकारीहरूले पहिलो उडान व्यावसायिक उडान र त्यसपछि मात्रै नि:शुल्क उडान हुने जवाफ दियो । यो सूचना सिंहदबारस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराइएको थियो । परराष्ट्रले शुल्कको विषय स्पष्ट कुरा नभएसम्म उडान प्रक्रिया अगाडि नबढाउन निर्देशन दियो ।

शुक्रबार सरकारी बिदा परेकाले आइतबारमात्रै थप छलफल हुने भएकाले पहिला उडान नहुने खबर परराष्ट्र मन्त्रालयमा आएको थियो । तर शुक्रबार बिहान ७:३० शारजाहास्थित विमानस्थलमा एयर अरेबियाले चेकइन गर्ने प्रक्रिया सुरु गर्‍यो । नेपालका लागि यूएईका राजदूत कृष्णप्रसाद ढकालले यो खवर पाउने बेलासम्म झन्डै ३० जना अध्यागमनबाट पास भइसकेका थिए । विमानस्थलमा ट्रान्सगार्ड समूह र इजादा कम्पनीले क्रमश: ७९ र ६७ जना नेपाली कामदार लिएर गएका थिए । ट्रान्सगार्ड कम्पनीले मात्रै २४ जना नेपालीलाई रोजगारबाट निष्कासन गरेर क्याम्पमै राखेको थियो । यी कम्पनीले हवाई भाडा तिरेको दाबी गरेका छन् । व्यक्तिगत रूपमा आएका २२ जनाले आफैं भाडा व्यहोरेका थिए ।

‘नेपाली दूतावासले शुल्क लिने विषयमा आपत्ति जनाएपछि एयरलाइन्सले आफ्नो सम्पर्कमा भएका दुईवटा कम्पनीमा खबर गरेको रहेछ’, दूतावासका एक अधिकारीले भने, ‘त्यसो हुँदा एयरलाइन्सलाई थप यात्रु खोज्न आवश्यक परेन ।’ रिना थापाले साँझ ८ बजे थप बुझ्न खोज्दा पनि टिकट नभएको जानकारी दिइएको थियो । दूतावासले उडानलाई रोक्न खोजे पनि सम्भब भएन । कोरोना परीक्षण नभए नेपालबाट फिर्ता गर्ने भनेपछि जहाजमा चढाइसकेका यात्रुलाई पुन: झारिएको थियो । कोरोनाको परीक्षण नगरी नै केहीबेर बाहिर राखेपछि यात्रुलाई पुन: जहाजमा चढाइएको थियो । तोकिएभन्दा ४३ मिनेट ढिलो गरी स्थानीय समय १२:०३ बजे एयर अरेबिया विमान नेपालतर्फ उडेको थियो । तीन घण्टा ५० मिनेटको उडानपछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण भयो ।


सुरक्षा गार्डका रूपमा कार्यरत अर्जुन चौहानले करारपत्र रद्द भएपछि कम्पनीले नै नेपाल ल्याउने प्रबन्ध मिलाएको बताए । ‘तनावको बीच नेपाल आइपुगेका छौं । जहाजभित्र जाँदासम्म पनि आउने, नआउने निश्चित भएको थिएन । काठमाडौंमा अध्यागमनले पनि फर्काउँछ कि भन्ने चिन्ता थियो’, उनले भने, ‘आफ्नो देश आउन पायौं । यसैमा खुसी छौं । अब सरकारले भनेको सबै मापदण्ड पूरा गर्नेछौं ।’

१९४ जना को उद्धार

सरकारले विदेशमा अलपत्र परेका १ सय ९४ जना नेपालीलाई शुक्रबार स्वदेश ल्याएको छ । यूएईबाट एक शिशुसहित १ सय ६८ जना र म्यानमारबाट २६ जनालाई नेपाल ल्याइएको हो । एयर अरेबियाको जी ९:१७५१ नम्बरको उडानमार्फत नेपाली त्रिभुवन विमानस्थलमा साँझ ५:३६ मा आइपुगेका थिए । जसमा १ सय ५५ जना पुरुष र १३ महिला थिए । जहाजमा ३३ वर्षीय एक नेपालीको शव पनि ल्याइएको छ । उनीहरूलाई नेपाली सेनाले तोकिएको होल्डिङमा पुर्‍याएको छ । त्यसमा अधिकांश चैत ११ गते उडान गर्न शारजाहा र दुबई विमानस्थलबाट फर्केका कामदार हुन् ।

म्यानमारबाट एयर फोर्सको विमानले काठमाडौंसम्म ल्याइदिएको हो । फर्किएकामध्ये वाग्मती प्रदेशका १७ जना, गण्डकी र प्रदेश १ का ४/४ जना र प्रदेशका ५ का एक जना छन् । उनीहरूलाई बसुन्धरास्थित यती पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । विमानस्थलमा उनीहरूको स्वास्थ्य जाँच गरेर सेनाले होल्डिङ सेन्टरमा ल्याएको थियो । उक्त विमानमा काठमाडौंमा अलपत्र परेका म्यानमारका ५३ जना नागरिकलाई फिर्ता लगिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x