×

NMB BANK
NIC ASIA

जसले चुनौतीलाई अवसरमा बदले

जेठ २४, २०७७

NTC
Sarbottam
प्रधानमन्त्री स्कट मरिसन (दायाँ) र मुख्य स्वास्थ्य अधिकारी डा. ब्रेन्डन मर्फी पत्रकार सम्मेलनका क्रममा । तस्बिर : एजेन्सी
Premier Steels
Marvel

 भनिन्छ, हरेक चुनौतीले अवसरको सिर्जना गर्छ । तर उक्त चुनौतीलाई अवसरमा परिणत गर्न सक्ने क्षमता भने हुनुपर्दछ । खासगरी यस्तो कार्यक्षमताको अपेक्षा देश हाँकिरहेका नेताहरूबाट हुनु अझ स्वाभाविक नै हो । यस्तै चुनौतीलाई अवसरमा सिर्जना गरेर अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले देशलाई कोरोनामुक्त मात्र बनाएनन् कि गिर्दै गएको आफ्नो साखलाई आफ्ना जनतासमक्ष अझ दरिलो रूपमा पेस गर्नसमेत सफल भए ।

Sagarmatha Cement
Muktinath Bank

एक वर्षअघि प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका उनले यो समयमा आफ्ना नागरिकबाट अनेकौं लज्जास्पद घटनाको सामना गर्नुपर्‍यो । करिब ५ महिनासम्म लागेको आगलागीका कारण समस्यामा रहेका पीडित भेट्न जाँदा उनीहरूले हात मिलाउन मानेनन् भने सामाजिक सञ्जालमात्र नभएर सामुन्ने गालीसमेत खानुपर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगलागीको समयमा परिवारसँग बिदा मनाउन गएको तस्बिर सार्वजनिक भएसँगै उनले राष्ट्रिय रूपमा नै आलोचनाको सिकार हुनुपर्‍यो । उनको ‘एप्रुभल रेटिङ’ समेत खस्केको थियो । तर यही एक वर्षको बीचमा उनले आफ्नो त्यो गिरिरहेको लोकप्रियतालाई उचाइमा मात्र पुर्‍याएनन् कि विश्वमा संकटका रूपमा बढिरहेको कोरोना भाइरसको संक्रमणलाई करिब नियन्त्रण गर्न सफल भइसकेका छन् ।


Advertisment
Nabil box
Kumari

त्यतिमात्र नभएर कोराना भाइरसलाई नियन्त्रणमा लिन सक्ने विश्वका सफलमध्येका एक नेता बनेका छन् । विश्वका अधिकांश क्षेत्रमा संक्रमण दर बढिरहेको सन्दर्भमा यहाँ ७ हजार १ सय संक्रमितमध्ये ६ हजार ६ सय निको भइसकेका छन् भने २१ जनामात्र अस्पतालमा छन् ।

Vianet communication
Laxmi Bank


गत वर्षको सेप्टेम्बरदेखि लागेको आगलागीले पुर्‍याएको अर्बाैं डलर बराबरको आर्थिक क्षतिको हिसाब हुन नपाउँदै मार्चदेखि देखिएको संक्रमणले अस्ट्रेलियाको अर्थतन्त्रलाई असर त पुर्‍याएको थियो नै नेतृत्वलाई समेत दबाब परेको थियो । यद्यपि उनले अस्ट्रेलियाका ६ राज्य तथा दुई टेरिटोरीका प्रमुख र मुख्य स्वास्थ्य अधिकारीसँगको सहकार्यमा संक्रमण देखिएको ३ महिनाको अवधिमा नै यसलाई नियन्त्रणमा लिन सफल भए ।

अस्ट्रेलियास्थित मेडिकल एसोसिएसनका अध्यक्ष टोनी बार्टनले बीबीसीलाई बताएअनुसार स्वास्थ्य महामारीका बेलामा स्वास्थ्य विज्ञसँग सल्लाह लिँदा अधिक आर्थिक क्षति हुने भए पनि प्रधानमन्त्री मरिसनले हुन सक्ने आर्थिक समस्याका बाबजुद गम्भीर र सही निर्णय लिएका थिए । ‘मरिसनले स्वास्थ्यविज्ञ छनोट गरे, सल्लाह लिए र चुनौतीका बाबजुद कडा रूपमा लागू गरे ।’

प्रधानमन्त्री मरिसनले भाइरस संक्रमणको सुरुवाती चरणमै हवाई यातायातमा प्रतिबन्ध लगाउन गरेको निर्णय सही र महत्त्वपूर्ण भएको विज्ञहरूले विश्लेषण गरेका छन् । मुख्य गरेर प्रमुख स्वास्थ्य अधिकारी डा. ब्रेन्डन मर्फी लगायतका स्वास्थ्य सल्लाहकारको भूमिका यो भाइरस नियन्त्रणका लागि महत्त्वपूर्ण रहेको स्वयं प्रधानमन्त्री मरिसनले नै बताएका छन् । अस्ट्रेलियाले भाइरस नियन्त्रणका लागि आंशिक लकडाउन गरे पनि ठूला सुपरमार्केट, अत्यावश्क सामग्रीका पसल, यातायात सुचारु नै राखेका थिए ।

यद्यपि ठूलो संख्यामा बेरोजगार संख्या बढेको थियो भने आर्थिक संकटसमेत बढेको थियो । उनले आंशिक लकडाउन र सामाजिक दूरीलाई कडा रूपमा लागू गराए पनि जनतालाई के खाने के लाउने समस्याको समाधानसमेत तत्कालै दिएका दिए । त्यतिमात्र नभएर उनले हरेक दिन मुख्य स्वास्थ्य अधिकारीसँगै दैनिक रूपमा भाइरस संक्रमणका लागि गरिरहेको कामका बारेमा जनतासँग उपस्थित भएर जानकारी दिनेमात्र नभएर जनतालाई हौसला दिने गरेका थिए ।

‘सरकारले समस्या सिर्जना गरिदिएपछि त्यसको समाधान पनि सँगसँगै दिनुपर्छ र मात्र नेतृत्वप्रति विश्वास र भरोसा पलाउँछ,’ अन्तर्रास्ट्रिय विषयमा ग्रिफिथ युनिभर्सिटीबाट विद्यावारिधि गरिरहेका विक्रम तिमिल्सिना भन्छन् । उनी प्रधानमन्त्री मरिसनले समेत कोरोना भाइरस नियन्त्रणका लागि जनताको मन जित्न र आफ्नो नियम पालना गराउन यही उपाय अपनाएको दाबी गर्छन् ।

प्रधानमन्त्री मरिसनले लकडाउन सँगसँगै अर्बाैं डलर बराबरको नगद सहायता प्याकेज आफ्ना नागरिकलाई तत्कालै उपलब्ध गराएका थिए । जागिर गुमाएकालाई ‘जबकिपर’ र जागिर नभएकालाई ‘जबसिकर’ कार्यक्रमअन्तर्गत पाक्षिक रूपमा जीवन धान्न पुग्ने आर्थिक सहयोग पुर्‍याएका थिए । यसका साथै भाइरसका कारण आफ्नो व्यवसाय बन्द गरेका व्यवसायलाई सहुलियत ऋण, आर्थिक सहायताका प्याकेजसमेत तत्कालै ल्याएर कार्यान्वयन गरेका थिए ।

तिमिल्सिना अन्तर्रास्ट्रियस्तरमा हेर्ने हो भने महामारी वा संकटका समयमा देश सञ्चालन गर्ने सरकार प्रमुखले सबैभन्दा पहिला आफ्ना जनतालाई विश्वास लिन सक्नुपर्ने र त्यसका लागि वातावरण समेत बनाइदिनुपर्ने संस्कार रहेको सुनाउँछन् । जुन मरिसनले कुनै ढिलासुस्तीबिना गरेका थिए ।

‘राजनीति गर्ने व्यक्तिलाई कुनै समयमा समस्या नआउने भन्ने होइन, तर त्यसलाई कसरी आफूले रिकोभर गर्नुपर्छ भन्ने मरिसनले अन्तर्रास्ट्रिय नेतृत्वलाई नै उदाहरण दिएका छन्,’ अस्ट्रेलियास्थित सञ्चारविज्ञ डा. भरतराज पौडेल सुनाउँछन् । आगलागीका बेला उनीप्रति सुरु भएको अविश्वासलाई धेरै टिक्न दिएका थिएनन् । उनले सम्पूर्ण राज्यका प्रिमियरसँग छलफल गरेर विभिन्न राहतका कार्यक्रम ल्याएर आफूविरुद्धको बढ्दो जनमतलाई आफ्नो पक्षमा पारेका थिए ।

‘जनताको दैनिक जीवनयापनको समस्यालाई समयमै समाधान गरेर ६ महिनासम्म घर बाहिर ननिस्कँदा हुने सहज अवस्थाको सिर्जना गरिदिएर सबै जनतालाई विश्वासमा लिएका थिए ।’ पौडेल अस्ट्रेलियाजस्ता देशका नेतृत्वबाट केही सिक्नेभन्दा पनि हाम्रा नेपालका राजनीतिज्ञले भने विषयवस्तुको गहिराइमा केन्द्रित नभई राजनीतिक भाषामा सबै समस्यालाई गोलमटोल गरिदिएर समाधानभन्दा पनि थप समस्या सिर्जना गर्ने गरेको अनुभव सुनाउँछन् ।

प्रधानमन्त्री मरिसन सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहन्छन् भने आफ्ना दैनिक क्रियाकलापलाई समेत समयसमयमा जनतासमक्ष सेयर गर्ने गरेका छन् । पछिल्लो समयमा उनको नेतृत्वप्रतिको ‘एप्रुभल रेटिङ’ जसले लोकप्रियतालाई मापन गर्ने मानिन्छ त्यो पनि दशककै उच्च रहेको सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रेलियाका राजनीतिक विश्लेषकले त मरिसनको नेतृत्वलाई शताब्दीमा एकपटक आउने आर्थिक संकटका लागि उपयुक्त नेतृत्व समेत भनेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x