‘जन्मभूमि फर्किंदाको खुसी शब्दमा व्यक्त गर्न सकिन्न’

तस्वीर सौजन्य : गोरखापत्र दैनिक

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट शुक्रबार साँझ बाहिर निस्कँदै गर्दा मकवानपुरकी उमा पाण्डेले हर्षको आँसु झारिन्।

दायाँ काखमा तीन महिनाको बच्चा र बायाँ हातले ट्रली गुडाइरहेकी पाण्डे तीन वर्षपछि जन्मभूमि फर्किंदाको खुुसी शब्दमा व्यक्त गर्न नसकिने प्रतिक्रिया दिइन्।


Advertisement

यूएईको दुबईस्थित होटल ‘रिसेप्सनिस्ट’ मा कार्यरत पाण्डेले कोभिड–१९ को महामारीसँगै जागिर मात्र गुमाइनन्, सुत्केरी अवस्थामा पोषिलो खाना खानबाट समेत वञ्चित हुनुपर्‍यो ।

परदेशको जोखिम र पीडाबाट मुक्ति पाएर जसरी आए पनि आफ्नो देशमा आइयो, अब जन्मभूमिमा केही दुःख गरी जीविकोपार्जन गर्ने योजना उहाँको छ । पाण्डे दम्पती नै स्वदेश फर्किएका छन् ।


Advertisement

मोरङका डकेन्द्र दर्नाल र काभ्रेका रमेश तामाङको हातमा न सुटकेश भएको ट्रली थियो न त ह्यान्ड क्यारी नै, दुवैको हात रित्तो थियो । एक वर्ष जेल सजाय काटेर बसेका डकेन्द्र र रमेशजस्तै १२/१३ जना युवा यूएईस्थित नेपाली दूतावासले उपलब्ध गराएको कागजपत्र र पीसीआर परीक्षण रिपोर्ट बोकेर फर्किएका छन् ।

हामी त रित्तो हात फर्केका छौँ, काभ्रेका रमेशले भन्नुभयो, परदेशको कालकोठरीबाट आफ्नो देशमा फर्किन पायौँ सबैभन्दा खुसी त्यसैमा छौँ । के सपना बोकेर गएका थियौँ, कस्तो अवस्थामा फर्किनु पर्‍यो ।

सिराहका जितेन्द्र यादव र मुजादिन रहमान पनि शुक्रबार नै स्वदेश फर्किछन्एका  । उनीहरूका लागि कोभिड–१९ का कारण दुबईको बसाइ कष्टकर नै रह्यो । जितेन्द्र भन्छन्, पैसाभन्दा प्राण प्यारो लाग्यो ।

कहिले जन्मभूमि नेपाल जान पाइएला र पेटभरि खान पाइएला जस्तै भयो, अर्का मुजादिन रहमानले भन्नुभयो, सबै देशका नागरिक आ–आफ्नो देश फर्किंदा हामीलाई पनि नेपाल सरकारले फिर्ता लैजाला र भन्ने लाग्थ्यो ।   गोरखापत्र दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्