नेपालमा रामदेवको योगलाई प्रतिबन्ध लगाउन संसदमा माग

चिकित्सा विज्ञानले प्रमाणित नगरेको भन्दै नेकपा सांसद प्रेम सुवालले नेपालमा रामदेवको योगमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।

शनिवार बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतमा विनियोजन शीर्षक माथिको खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद सुवालले रामदेवको योगमाथि प्रतिबन्ध लगाएर फिजिओ थेरापी र शारीरिक शिक्षाका जानकारबाट स्वास्थ्य अभ्यास संचालन गर्नुपर्ने बताएका हुन ।


Advertisement

‘चिकित्सा विज्ञानले प्रमाणित नगरेको रामदेवको योगलाई प्रतिबन्ध लगाई, फिजिओथेरापी र शारीरिक शिक्षाका जानकारबाट स्वास्थ्य अभ्यास संचालन गर्नु जरुरी छ,’ सुवालले भने, ‘मुटु, मृगौला र क्यान्सरको जेनेरिक औषधी आयातमा सहज र नेपालमै उत्पादन गर्ने व्यबस्था गर्नुपर्छ ।’ 

सांसद सुवालले काठमाडौंमा जनसंख्या केन्द्रित गर्न रोक्नुपर्ने बताए । ‘नेपाली जनता खान नपाएर भोकमरीले छट्पटिने अबस्था आउने खतरा छ । भोकमरीको मारमा परेका जनता सिंहदरवार, बालुवाटार र शीतलनिवास वरिपरि सुत्न आउनेछन्, त्यो दिन टाढा छैन,’ सुवालले भने । 


Advertisement

खाद्य संकट हुन नदिन मजदूर किसानलाई क्षतिपूर्ति दिनुपर्ने र स्थानीय पालिकाका प्रत्येक वडामा तीनवटा सुपुथ मूल्य पसल खोल्नु पर्ने बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्