लक्की ड्रमार्फत डिशहोमले दियो २ जनालाई २ लाख नगद

डिशहोमले ‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ नामक योजनाअन्तर्गत जेष्ठ १६ गते देखि जेष्ठ २२ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नेे ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न गरेको छ ।

योजनाअनुसार जेष्ठ २३ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो ।


Advertisement

उक्त योजनाअनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यासआइडी नम्बर ७१९०२८६६३०१, ७१९०८९१८७०० लाई बिजेता घोषणा गरिएको छ । दुई बिजेतालाई डिशहोमले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद दिएको छ । 


Advertisement

आउने लाइभ लक्की ड्र आगामी ३०गते शुक्रबार सोही च्यानलबाट सोही समयमा प्रसारण गरिने डिशहोमले जनाएको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्