‘व्यवसायीका लागि सरकार कोरोनाभन्दा पनि भयानक रोग सावित भयो’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले उद्योगी व्यबसायीका लागि सरकार कोरोना भन्दापनि भयानक रोग सावित भएको टिप्पणी गरेका छन् ।

शनिवार बसेको प्रतिनिधि सभा बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत बिनियोजित शीर्षकमा खर्च कटौती प्रस्ताव राख्दै सांसद विश्वकर्माले कोरोनाका कारण सिकिस्त बनेको उद्योग व्यबसायलाई प्रोत्साहनभन्दा नियन्त्रणमा लागेको आरोप लगाएका हुन् ।


Advertisement

‘कोरोनाले विश्वलाई त्रसित बनाएको छ, यस्तो बेलामा सबै मुलुकले अर्थतन्त्रको नयाँ भाषा बनाउँदै छन, आत्मनिर्भर अर्थतन्त्र । तर नेपालको बजेटमा कोरोनाका कारण बन्द रहेका उद्योग, व्यापार पुर्न शुरू गर्नेबारे केही लेखेको छैन’ विश्वकर्माले भने, ‘लकडाउन गरेर उद्योग व्यबसाय बन्द गरेर सरकार कर तिर भन्छ, व्यापारीले हाम्रो व्यबसाय बन्द छ कसरी तिरौं भन्दा अर्थमन्त्रीका सल्लाहकार भन्छन् सरसापटी गरेर भएपनि तिर । यस्तो खालको ज्याजती गरेर उद्योग व्यासाय फस्टाउन सक्छ ?’

सांसद विश्वकर्माले सरकारको नियन्त्रणकारी नीतिका कारण थलिएको उद्योग व्यबसाय कोरानाका कारण थप सिकिस्त बनेपनि पुनस्थापनका लागि सरकारसँग कुनै योजना नभएको टिप्पणी गरे ।


Advertisement

‘पानी, विजुलीको महसुल मिनाहा, सुलभ कर्जा र व्याज मिनाहा गर्नु पर्ने थियो तर सरकार अफै व्यापार व्यावसायीका लागि कोरोनाभन्दा भयानक रोग सावित भएको छ, निजी क्षेत्रलाई प्रोत्साहन होइन नियन्त्रणको दृष्टिले हेरिएको छ । जनतालाई कर ताकेता गर्दै आफुहरूलाई पाइखाना र मन्त्रीहरूलाई जिमखाना बनाउने खेलमा लागेको छ । जनता भोकै मारेर सरकार कमिसनको चक्करमा लागेको छ’ उनले भने ।

सांसद विश्वकर्माले सरकारले बजेटमा विजुली उत्पादन गर्ने लक्ष राख्ने तया विद्युतीय उपकरणमा कर लगाउने र विद्युतीय गाडी धनीले चढ्ने भनेर पक्षपाती देखिएको टिप्पणी गरे । ‘त्यसोभए त्यसोभए धनीले प्रयोग गर्ने बस्तुको सूची अर्थमन्त्रीले छुट्टनु पर्यो, कुन चामल धनीले किन्ने, कुन गरिवले भनेर’ उनले कटाक्ष गरे ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्