×

NMB BANK
NIC ASIA

सरकारी खाद्य डिपोमा सकियो चामल

जेठ २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संखुवासभाको खाँदबारीमा रहेको सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोमा चामल अभाव भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

जिल्लाभरको खाद्यान्न संकट समाधानका लागि स्थापना भएको सो शाखाको डिपोमा गत वैशाख महिनादेखि चामल सकिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डिपोले लकडाउनको समयमा विपन्न जनतालाई चामल वितरण गर्न सकेको छैन । १ महिना अघिदेखि चामल सकिएको शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी रामप्रवेश मण्डलले जानकारी दिए । विपद् र जिल्ला कारागारका लागि राखिएको २०० क्विन्टल चामल मात्र डिपोमा रहेको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

दैनिक ३ हजार ५०० केजी चामल बिक्री गर्ने  डिपोमा चामल नआएकाले डिपो बन्द गरेर बस्नुपर्ने बाध्यता भएको डिपो कार्यालयले जनाएको छ । लकडाउनको समयमा खाद्यले चामल नदिएपछि महंगो मूल्यको चामल किन्न बाध्य भएको खाँदबारी नगरपालिका–१ की स्थानीय विष्णु राई गुनासो गरे ।

Vianet communication
Laxmi Bank

जिल्लामा आएको चामल १ महिनाअघि नै सकिएको र थप चामल नआउँदा विपन्न जनताको मागअनुसार चामल बिक्री गर्न नसकिएको सूचना अधिकारी मण्डलले बताए । स्थानीयको काम बढी भएकाले चामल मागअनुसार नआउँदा समस्या भएको हो । खाँदबारी नगरपालिकाले राहत वितरणका लागि ३२० क्विन्टल चामल माग गरे पनि खाद्यले चामल दिन नसकेको उनले जानकारी दिए ।

जिल्लाका व्यापारीले लकडाउनको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा मूल्य बढाएका छन् । व्यापारीले १ बोरा चामलमा २०० देखि ३०० सम्म मूल्य बढाएको स्थानीयले बताएका छन् । अहिले चामल सहितको खाद्यवस्तुको मूल्यसमेत बढाएकाले मारमा परेको खाँदबारी–९ का रमेश मगरले बताए ।

खाद्यले बिक्री गर्ने चामल व्यापारीसँग किन्दा किलोमा १० देखि १५ रुपैयाँसम्म महंगो परेको उनको भनाइ छ । लकडाउन र बर्खा लागेको भन्दै व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाए पनि अहिलेसम्म बजार अनुगमन भएको छैन ।

लकडाउले दैनिक रोजगारी जान पनि समस्या भएको र पारिश्रमिक पनि समयमा नपाएका बेला अझ महंगो चामल किनेर खानुपरेको राईको गुनासो छ । लकडाउनको सयमा खाद्यले आपूर्ति व्यवस्थालाई सहज बनाउन नसक्दा विपन्न परिवार महंगो मूल्यको चामल खान बाध्य छन् । यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोना मन्सुली प्रतिकेजी ३८.२५ र जापनिज प्रतिकेजी चामल ४३.२० रुपैयाँका दरले बिक्री गर्दै आएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x