कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
युवापुस्ता पछिल्ला १०–१२ वर्षयता अध्ययनका लागि विदेश जाने लहर चलिरहेको छ । अध्ययनका लागि भनेर युरोपियन मुलुक गएर २–४ वर्ष अध्ययन गर्ने र त्यसपछि ‘स्टुडेन्ट’ भिसालाई ‘वर्किङ’मा बदलेर उतै काम गरेर रमाएको देखिन्छ ।
अन्य युवा जस्तै पाल्पाको तानसेन नगरपालिका–७ बाँसटारीका सागर पौड्याललाई पनि विदेश जाने बतासले छोयो ।
२०६५ सालमा जिल्लाकै मिलिनियम कलेजबाट विज्ञान संकायमा उच्च मावि उत्तीर्ण गरी स्नातक तह अध्ययन गर्न साइप्रस हानिए उनी । त्यहाँ उनले होटल म्यानेजमेन्टमा स्नातक तहको अध्ययन पूरा गरे ।
पढाइसँगै उनले विभिन्न थ्री स्टारदेखि फाइभ स्टारसम्मका होटलमा कूकको काम गरी आफ्नो सीपमा निखारे । साइप्रसमा चितवनकी जया बराल पनि अध्ययन गर्थिन् । सागर र जया एउटै कलेजमा पढ्थे । जयाले पनि अध्ययनसँगै काम पनि गर्थिन् । उनीहरू एकआपसमा नजिकिए ।
पढाइ पनि सँगै पूरा गरे । २०७० सालमा नेपाल आए । दुवैले एकअर्कालाई मन पराउँथे अनि उनीहरू विवाह बन्धनमा बाँधिए ।
विवाहपछि पनि दुवै अस्ट्रेलिया जाने सोच नबनेको होइन । दुवै जाँदा ३२–३५ लाख रुपैयाँसम्म खर्च लाग्ने । ठूलो रकम खर्च गरेर विदेश जानुभन्दा आफूले अध्ययन गरेको शिक्षा र विदेशमा आर्जन गरेको सीपले मुलुकमै केही गर्नुपर्छ भन्ने अन्तिम निचोडमा पुग्यो सागर–जया जोडी ।
त्यसपछि उनीहरूले २०७१ सालमा बुटवल झरेर ‘लाइम एण्ड लेमन लउन्ज क्याफे’ सञ्चालनमा ल्याए । आफूले सिकेको सीपबाट नयाँ र फरक स्वाद ग्राहकसामु पस्के । छोटो समयमै क्याफे ग्राहकको रोजाइमा पर्यो ।
आईपीएल क्रिकेट होस् वा विश्वकप फूटबल । उनले क्याफेमा ठूला खेलकुद प्रतियोगिता ठूलो पर्दामा खेलहरू देखाए । ग्राहक उनको क्याफेमा नयाँ स्वाद लिँदै ठूलो पर्दामा खेल हेरेर आनन्द पनि लिन थाले । लाइम एण्ड लेमनले राम्रो बजार लिएपछि २ वर्षपछि २०७४ सालमा सोही होटलको अगाडि बुटवल–९ कालिकानगरमै सागर–जया जोडीले रिफ्रेस क्याफे सञ्चालनमा ल्यायो । रिफ्रेस क्याफे पनि ग्राहकको रोजाइमा पर्यो ।
सागर भन्छन्, ‘विश्व बजारमा चलेका परिकारहरू मैले ग्राहकसामु पस्के । क्याफेको डेकोरेसन पनि त्यहीँ अनुसार सजाए । युवापुस्ता रेस्टुरेन्टमा कस्तो स्वाद चाख्न आउँछन्, त्यो मैले ख्याल गरेपछि छोटो समयमै ग्राहकको रोजाइमा दुवै क्याफे परे ।’
बुटवलका २ क्याफे सफल भएपछि सागरले एउटा शाखा चितवनमा पनि सञ्चालनमा ल्याउने आँट गरे । २०७५ सालमा लाइम एण्ड लेमन लाउन्ज एण्ड क्याफे भरतपुर–१० मा खोले । सो क्षेत्रमा नयाँ अवधारणाका साथ सञ्चालन भएपछि ग्राहकको भीड लाग्दै आएको छ ।
गत वर्ष बुटवलकै गोलपार्कमा ‘द ल्याबिज लाउन्ज एण्ड बार’ पनि सञ्चालनमा ल्याएका छन् उनले । सागरको क्याफे सञ्चालन क्षमता र कला देखेपछि उनीसँगै लगानी गर्न हस्पिटालिटी अध्ययन गरेका अमृत गुरुङ र गोबिन्द देवकोटा सामेल भए । सागरको जोडी, देवकोटा र गुरुङ आवद्ध भएर रिफ्रेस क्याफे र गोलपार्कको द ल्याविज संयुक्त लगानी गरेर चलाएका छन् । चितवनको लाउन्ज एण्ड क्याफे पनि सागरसँग सहकार्यमै चलेको छ ।
सागरले भने, ‘लाइम एण्ड लेमन लउन्ज क्याफे मेरो एकल लगानी छ । अन्य ३ वटा संयुक्त लगानीमा चलाएका छौं । सबै राम्रो चलेका छन् । ४ वटा क्याफेमा गरी झण्डै ९ करोड रुपैयाँ लगानी भएको छ ।’
सागरको मात्रै लगानी २ करोड ५० लाख पुगेको छ । ३१ वर्षीया युवा पौड्याल ६ वर्षमा बुटवल र चितवनका गरी ४ वटा क्याफेका मालिक बन्न सफल भएका छन् । उनी भन्छन्, ‘२ जना साथीहरू पनि विदेशमा अध्ययन गरेर आउनुभएका हुनुहुन्छ । उहाँहरू पनि सँगै पाटरशीप बन्नुभएको छ । लाइम एण्ड लेमन ग्रूप अफ हस्पिटालिटीमार्फत क्याफेहरू सञ्चालन गरेका छौं । लकडाउनभन्दा अगाडि त राम्रो थियो । अबको अवस्था के आउने हो भन्न सक्ने अवस्था छैन ।’
बाहिरबाट हेर्दा होटलमा राम्रो कमाइ हुने देखिए पनि सबै खर्च कटाउँदा बचत कम हुने सागर बताउँछन् । क्याफे राम्रो चलेको अवस्थामा सम्पूर्ण खर्च कटाएर वार्षिक ३५–४० लाख रुपैयाँ बचत गर्न सकिने उनले बताए ।
अहिले बर्थ डे होस् वा भेटघाटका लागि अधिकांशले होटल र क्याफे नै रोज्छन् । मानिसहरू जमघट हुने ठाउँ होटल बनेको छ । कुनै पनि व्यवसायमा सफल हुन ३ कुरा भुल्न नहुने सागरको बुझाइ छ । ‘सफल बन्न शुरूमा सपना देख्नुपर्यो । मेहनत गर्नुपर्यो अनि स्मार्ट वल्र्डलाई आत्मसाथ गर्दै अगाडि बढेमा सफल भइन्छ,’ सागरले भने ।
ग्राहकलाई दिने परिकारको स्वाद र गुणस्तरमा सधै ध्यान दिनुपर्ने सागरको ठम्याइ छ । सागरले आफ्ना नियमित ग्राहकलाई क्याफेमा छुटको व्यवस्था समेत गरेका छन् । उनले आफ्ना १५ हजारभन्दा बढी नियमित ग्राहकको नाम र मोबाइल नम्बर समेत सुरक्षित राखेका छन् । लाइम एण्ड लेमन लउन्ज क्याफे जयाले हेर्छिन् भने सबै क्याफेको समग्र व्यवस्थापन सागरले हेर्दै आएका छन् ।
सागर र उनको टीमले १३५ जनालाई रोजगारी दिएको छ । सागर भन्छन्, ‘राम्रो वातावरण खोज्नेको रोजाइमा क्याफे पर्ने गरेका छन् । गूड टेस्ट पनि हुन आवश्यक पर्छ ।’ लकडाउनले सागरका सबै क्याफे विगत साढे २ महिनादेखि ठप्प छन् । होटल रेस्टुरेन्ट त लकडाउन हुनुभन्दा ७–१० दिन अघिदेखि नै सुनसान भइसकेका थिए । अब कोरोनापछिको अवस्थामा होटल रेस्टुरेन्टका क्षेत्रमा कस्तो संकट आउने हो ? यसप्रति सागर दम्पती चिन्तित छ ।
पछिल्ला केही दिनयता लाइम एण्ड लेमनले बुटवलमा अर्डर अनुसार खानाका परिकार घरघरमा पुर्याउन थालेको छ । लामो समयदेखि घरबाहिर निस्कन नपाएकाहरूलाई अनलाइनमार्फत माग गरे घरमै विभिन्न परिकार पुग्छ । त्यसको लागि ‘डिजिटल पेमेन्ट’ र ‘क्यास पेमेन्ट’ दुवै गर्न सकिने व्यवस्था छ । बुटवल बजार क्षेत्रमा ठेगाना समेत पत्ता लगाएर कोरोनाबाट सुरक्षित पीपीई लगाएका वेटरले घरमै खाजा पुर्याउँछन् ।
कोरोनाले नेपालको सबै क्षेत्र धरासायी बनेको छ । त्यसमा पनि अझै पर्यटन क्षेत्र नराम्रोसँग थला परेको छ । मध्यम वर्गीय व्यवसायलाई उकास्ने आधार सरकारले ल्याउनुपर्ने सागरको भनाइ छ । उनी युवाहरूलाई व्यवसायमा टिकाउनको लागि सस्तो व्याजदरमा ऋण, विना धितो ऋण दिने योजनाहरू पनि ल्याउनुपर्ने बताउँछन् । उनका २ क्याफे रहेको क्षेत्र पछिल्लो समय बुटवल पश्चिम कालिकानगरको बाटो होटल हबको रुपमा विकास भएको छ । सडक अहिले विस्तार गरेर ६ लेनको बनाइँदैछ । यहीँ सडकमा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले लगातार २ वर्ष फूड फेस्टेबल समेत आयोजना गरिसकेको छ ।
पछिल्ला ४ वर्षयता रुपन्देहीमा होटल, रेस्टुरेन्ट र क्याफेको बाढी नै आएको छ । यहाँ अर्बाैंको लगानीमा फाइभ स्टार होटलदेखि ५ करोड लगानीसम्म गरी क्याफेहरू सञ्चालनमा आएका छन् । ५ नम्बर प्रदेशको अस्थायी राजधानी रुपन्देही तोकिएसँगै बुटवलमा पर्यटन क्षेत्रको लगानी ओइरिएको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटकको चाप बढ्ने अपेक्षा छ । होटल म्यानेजमेन्ट अध्ययन गरेका युवाले पछिल्लो समय होटल क्षेत्रमा लगानी गर्न रुचि देखाएका छन् ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...