×

NMB BANK
NIC ASIA

चोयाको डोरीमा झुण्डिएर महको शिकार !

जेठ २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भिर मौरीको मह शिकार गर्ने बेला बागलुङको ताराखोला गाउँपालिका–५ मा पर्ने छेल्डर खोलाको महभिरमा मह उत्सव लाग्थ्यो ।

Muktinath Bank

गाउँभिरका युवा जम्मा भएर अक्करे भिरमा रहेको मौरीको पोलामा भिरमुनिबाट आगो लगाउँथे । धुँवाले निसास्यिएका मौरी भागेपछि हेर्दै डरलाग्दा अक्करे भिरमा युवा झुण्डिन्थे र मह निकाल्थे । गाउँका बुढापाकादेखि केटाकटीसम्म जम्मा भएर मह काँडेको रोमाञ्चक दृश्य हेर्थे । भिरछेउमा पुगेका गाउँले सबैले भाग पाउँथे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतिले त्यहीँ मह खाँदै रमाउँथे भने कतिले मह बोकेर घर फर्किन्थे । भिरमौरीको मह काढ्ने ताराखोलाको परम्परा नै हो । कोरोना कहरका कारण पहिलेका वर्षहरुमा जस्तो यो वर्ष मौरीभिरमा रौनक आएन । ताराखोलाका मगर जातिको परम्परा नै भएकाले भिरमौरीको मह यो वर्ष पनि काँडियो तर विगतमा जस्तो धेरै गाउँले जम्मा भएनन् । 


Advertisment
Nabil box
Kumari

सामाजिक दूरी कायम गर्नुपर्ने, एक–अर्काबीच सचेत र सजग हुनुपर्ने भएकाले आवश्यक मान्छेहरुको समूहमात्रै भिरमा पुगेर मह काढ्ने काम शुरु भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । वर्षौँदेखि आफ्नो पुख्र्याैली चलनका रूपमा ताराखोलावासीले ज्यानै दाउमा राखेर डरलाग्दो भिरबाट भिरमौरीको मह निकाल्दै आएका छन् । हरेक वर्ष जेठको अन्त्यतिर शुरु हुने यहाँको मह काढ्ने उत्सव यो वर्ष पनि शुरु भएको छ । मह काढ्न जानेहरू झण्डै ५०० मिटरभन्दा अग्लो भिरमा डोरीबाट निर्माण गरिएको भर्‍याङको सहायताले भिरमा सिङ्गौरी खेल्दै मह निकाल्छन् ।

Vianet communication
Laxmi Bank

 ताराखोलामा निङ्गालोको चोयाले बनाएको डोरीको सहयताले भिरमा जाने चलन छ । मौरीको टोकाइबाट बच्न शरीरमा बाक्लो कपडा, हातमा पञ्जा र अनुहारमा जाली लगाएर मह सिकारीहरू भिरमा पुगेपछि आगो बालेर मौरी धपाउँछन् अनि मौरीका चाकाहरू खसाल्छन् । मौरीका पोला खसालेर राख्ने अनि मह काढ्ने परम्परागत बाँसको चोयाका सामग्रीकै प्रयोग हुने गरेको छ । धार्मिक परम्परासँग समेत जोडिएको यहाँको भिरमैरीको मह काढ्नका लागि निश्चित प्रक्रिया पुर्‍याउनुपर्ने मान्यता रहेको अध्यक्ष घर्तीले बताए  । 'भिरमा आगो लगाउनुपूर्व पूजाआजा हुन्छ, त्यहाँ जाने चोखो बस्नुपर्ने मदिरा खान नहुने मान्यता छ', उनले भने, 'यो सबै गर्दा चोटपटक लाग्दैन, सुरक्षित भइन्छ भन्ने मान्यता मगर समुदायमा छ ।' भिरमा मौरीको घार रहेको आधारमा यहाँको शिकार कति दिन लम्ब्याउने भन्ने कुराको निर्धारण हुन्छ । यो वर्ष ताराखोलाका महभिरमा १६ घारको शिकार हुँदैछ ।

पाँच दिन लगाएर सबै घारको शिकार गर्ने योजना रहेको राताखोलाका स्थानीय महेन्द्र घर्तीले बताए । हरेक वर्ष हुने यहाँको भिरमौरीको शिकारबाट १५० देखि २५० लिटरसम्म मह निकाल्ने गरिएको छ । गाउँले सबै जम्मा भएर बाँड्ने भएकाले व्यावसायिक खरिद बिक्री त हुँदैन तर बाँडेर घर लगेकाहरुले यहीँ मह बेचेर आम्दानीसमेत गर्ने गरेको अध्यक्ष घर्तीले बताए । भिरमा सिकार खेल्न गएकाहरू कसैले भर्‍याङ तयार पार्छन्, कोही खाना पकाउँछन्, कोही भिरमा चढ्छन् त कोहीले जमिनबाट डोरीको सहायतामा टोकरी तलमाथि गर्दै महका चाकाहरू जमिनसम्म झार्छन् ।

डोरीमा झुण्डिएर भिरमा बसेर चाका खसाल्ने काम गर्ने व्यक्तिलाई अरूको तुलनामा दोब्बर मात्रामा मह भाग लगाइन्छ भने अरू काम गर्नेहरूले समान परिमाणमा मह पाउँछन् । आफ्नो भागमा पर्ने महलाई उनीहरू एकै ठाउँमा बसेर परम्परागत रूपमै प्रशोधन गरेर सबैलाई बाँड्ने चलन ताराखोलामा छ । पहिले ताराखोलामा रहेका मगर समुदायको थरका आधारमा भिर बाँडिन्थ्यो । आ–आफ्नो भिर भागमा पर्नेहरुले मात्रै मह काँड्थे तर अहिले सबै मिलेर मह काँड्ने गरेको बुढापाकाहरु बताउँछन् ।

गाउँपालिकाले मह सिकारलाई सुरक्षित र व्यवस्थित बनाएर स्थानीयवासीको पुख्र्यौली पेसाको संरक्षण र पर्यटनसँग जोडेर पर्यटन विकास गर्ने रणनीति लिएको अध्यक्ष घर्तीले बताए । 'हनि हन्टिङमा धेरैको चासो छ, यो वर्षदेखि यसलाई पर्यटनसँग जोडेर महोत्सव चलाउने योजना थियो तर कोरोनाले प्रभावित भयो', उनले भने, 'आगामी दिनमा हामी थप व्यवस्थित गर्छौँ ।' भिरमौरीको मह औषधिका रूपमा प्रयोग हुने गरेको छ । जङ्गलमा बस्ने मौरीले जङ्गलमा नै पाइने विभिन्न जडीबुटीका फूलबाट रस लिने भएकाले भिरमौरीको महलाई घर मौरीको महभन्दा पनि बढी महत्वको मानिन्छ । शरीरको प्रतिरक्षा प्रणालीमा प्रत्यक्ष फाइदा दिनुका साथै शक्ति प्रदान गर्ने तत्वका रूपमा पनि भिर महलाई लिने गरिन्छ ।

 भिरमौरीको मह गाउँबाट नै एक लिटरको झन्डै रु एक हजार ५०० मा बिक्री हुने गरेको भिर मह जिल्लाका बाहिरका बजारमा पठाउँदा भने अझै महङ्गो हुने गरेको छ । ताराखोलाका हिल अर्गललगायतका ठाउँमा समेत तीन वर्षको अन्तरमा भिरमौरीको महको शिकार हुने गरेको छ । तारानाथ आचार्य,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x