सौराहा प्रवेशद्वार निर्माण कार्य अन्तिम चरणमा

पर्यटकीय नगरी सौराहा प्रवेश गर्ने बूढीराप्ति चित्रसारी पुलमा प्रवेशद्वार निर्माणलाई तीव्रता दिइएको छ।

पर्यटकीय क्षेत्र प्रवेश गरेको अनुभूति दिलाउने गरी पाँच वर्षअघि प्रवेशद्वार निर्माण थालिएको भए पनि कामले पूर्णता पाउन सकेको थिएन।


Advertisement

क्षेत्रीय होटल संघ चितवन सौराहाका प्रथम उपाध्यक्ष एवं प्रबेशद्धार निर्माण समितिका सचिव राममणि खनालका अनुसार नेपाल पर्यटन बोड, बागमती प्रदेश सरकार र स्थानीय संघ संस्थाको सहयोगमा पाँच वर्षअघिबाट प्रवेशद्वार निर्माण थालिएको हो ।

प्रवेशद्वार निर्माण समितिका सचिव खनालका अनुसार पाँच वर्षअघि काम थालेको भए पनि बजेटको अभावमा निर्माण कार्य विचमा रोकिएको कारण केहि ढिलो भएको बताए। उनले कोरोना भाइरसको कारण जारी लकडाउनको सयमा पनि प्रवेशद्वारा निर्माण कार्यलाई निरन्तरता दिइएको र निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए।


Advertisement

प्रवेशद्वार निर्माणका लागि हालसम्म बागमती प्रदेश सरकारको १६ लाख ३२ हजार, पर्यटन बोर्डको २२ लाख पैतालीस हजार सहयोग प्राप्त भएको र अपुग रकम स्थानीय निकाय एवं संघ संस्थाको सहयोगमा निर्माण कार्य सम्पन्न हुने प्रवेशद्वार निर्माण समितिका अध्यक्ष नारायण भट्टराईले बताए

प्रवेशद्वार निर्माण सम्पन्न गर्दा ४५ लाखको हाराहारी खर्च हुने अनुमान गरिएको छ। प्रवेशद्वारको बाहिरी भागमा काठ टाँसेर त्यसमा जनाबरको आकृति कुँदेर आकर्षक बनाइने छ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्