यात्रु चार्टर उडानमा रोक

सरकारले कुटनीतिक माध्यमबाट हुने बाहेकका चार्टर उडानमा रोक लगाएको छ। 

कोरोना भाइरस रोकथामका लागि आन्तरिक तथा बाह्य उडान बन्द रहेपनि विभिन्न एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्दै चार्टर उडान गर्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले यो कदम चालेको हो।


Advertisement

प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलद्वारा शनिबार साँझ जारी सूचनामा सरकारसँग अनुमति नलिइ चार्टर उडान नगर्न भनिएको छ। 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्