कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जेठ २५, २०७७
यात्रु चार्टर उडानमा रोक
सरकारले कुटनीतिक माध्यमबाट हुने बाहेकका चार्टर उडानमा रोक लगाएको छ।
कोरोना भाइरस रोकथामका लागि आन्तरिक तथा बाह्य उडान बन्द रहेपनि विभिन्न एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्दै चार्टर उडान गर्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले यो कदम चालेको हो।
प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलद्वारा शनिबार साँझ जारी सूचनामा सरकारसँग अनुमति नलिइ चार्टर उडान नगर्न भनिएको छ।
थप ३२३ जनामा कोरोना पुष्टि, देशभर कूल ३ हजार २३५ संक्रमित
नेपालमा शनिवार थप ३२३ जनामा कोराना भाइरस संक्रमित पुष्टि भएको छ ।
कोरोना संक्रमणको अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिवार थपिएका संक्रमितमध्ये २८६ पुरुष र ३७ महिला रहेका जानकारी दिए ।
यससँगै देशभर कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ । प्रवक्ता डा. देवकोटाका अनुसार अस्पतालबाट पछिल्लोपटक थप ३२ जना गरी ३६५ जनालाई डिस्चार्ज गरिएको छ ।
तर कोरोना निको नहुँदै डिस्चार्ज गर्ने गरिएकाले यो सबै संख्या निको हुनेको संख्या भने होइन । सरकारको पछिल्लो निर्देशिका अनुसार कोरोना निको नहुँदै अस्पतालबाट डिस्चार्ज गर्ने गरिएको छ ।
संक्रमितमध्ये प्रदेश १ मा २४९, प्रदेश २ मा १ हजार ७७, बागमतीमा ९०, गण्डकीमा ७३, प्रदेश ५ मा १ हजार ६१, कर्णालीमा ५७९, सुदूरपश्चिममा १०६ जना रहेका छन् ।
मन्त्रालयले देशभर ७० जिल्लामा कोरोना संक्रमण पुगेको जानकारी दिएको छ ।
विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस
नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ ।
काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले शनिवार एक विज्ञप्तिमार्फत विदेशका जुकसुकै कुनामा रहेका नेपालीलाई आफ्नो देश फर्कन पाउने अधिकार रहेको उल्लेख गर्दै सङ्ख्या नतोकी स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन आग्रह हो ।
सरकारले हालै विभिन्न देशमा रहेका करिब २५ हजार नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्ने तथ्याङ्क सार्वजनिक गरेको थियो । काँग्रेसले विदेशबाट ल्याइएका नेपाली नागरिक सबैको कोरोना भाइरस पिसीआर विधिबाट परिक्षण गरी विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसारको क्वारेन्टिन वा अन्य प्रबन्ध मिलाउनसमेत आग्रह गरेको छ । काँग्रेसले कोरोना भाइरसको महामारी शुरु हुँदाकै समयदेखि विदेशमा रहेका घर फर्कन चाहने नेपाली नागरिकलाई सरकारले फिर्ता ल्याउनुपर्छ भन्ने धारणा राख्दै आएको जनाएको छ ।
काँग्रेस केन्द्रीय सदस्य एवं विभागका प्रमुख गोविन्द भट्टराईले विज्ञप्तिमार्फत स्वदेश ल्याउनु मात्रै उपलब्धि नभई अब तत्कालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने समय आएको बताएका छन् । काँग्रेसले कोरोना भाइरसको महामारी कहिले अन्त्य हुन्छ भन्ने अन्योलताले हुनसक्ने आर्थिक मन्दीसमेतलाई ध्यानमा राखी विदेशमा रहेका नेपाली भोलिका दिनमा ठूलो सङ्ख्यामा घर फर्कनुपर्ने अवस्था आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
आर्थिक वर्ष २०७६÷७७ को सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका पाँच लाख नेपालीलाई स्वदेश फिर्ता गरेर रोजगारीमूलक काममा लगाउने उल्लेख गरिएको जनाउँदै उहाँले त्यसलाई अहिले कार्यान्वयन गर्ने समय आएको बताएका छन् । विदेशबाट फिर्ता भएका नेपालीलाई रोजगारीमूलक काम दिने गरी तत्काल विषेश कार्यक्रम घोषणा गरेर कार्यान्वयन गर्नुपर्ने काँग्रेसको धारणा छ ।
विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकलाई सरकार आफैँले खर्च गरेर वा सम्बन्धित मुलुकका सरकारसँग कूटनीतिक पहल गरी उनीहरु कार्यरत कम्पनी वा सरकारको लगानीमा नेपाल ल्याउने प्रबन्ध गर्न काँग्रेसले सरकारसँग आग्रह गरेको छ । विभागका प्रमुख भट्टराईले सरकारले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई शुल्क तिर्नका लागि नेपालबाट पैसा पठाउने सहज प्रबन्ध मिलाउनसमेत आग्रह गरेका छन् ।
कोरोनाले डोल्पा र कैलालीमा २ जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
पछिल्लो विवरण अनुसार कोरोना संक्रमणले कैलाली र डोल्पामा २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
डोल्पाका ५८ वर्षीय पुरुषको २१ गते मृत्यु भएपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए । मृतक दमको रोगी रहेको जनाइएको छ ।
कैलालीको सेती प्रयोगशालामा परीक्षण गर्दा अर्का मृतकमा कोरोना पोजेटिभ देखिएको छ । प्रवक्ता देवकोटाका अनुसार धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिला मिर्गाैला रोगको बिरामी भएर डायलासिस गर्न सेती प्रादेशिक अस्पतालमा शुक्रवार आएकी र डायलासिस गर्दागर्दै मृत्यु भएको थियो ।
मृत्यु भएपछि प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए । पछिल्लो समय कोरोनाले मृत्यु हुनेको संख्या दिनदिनै बढिरहेको छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...