×

NMB BANK
NIC ASIA

अमेरिकामा काला जातिका पुरुष जर्ज फ्लोयडलाई प्रहरीले नियन्त्रणमा लिएपछि गरेको हत्याका कारण अहिले दंगा तथा अशान्तिको स्थिति छ । कालाजातिका मानिसको जीवनको महत्त्व छ (ह्याशट्याग ब्ल्याकलाइभ्सम्याटर) नारा दिँदै प्रहरी ज्यादतीविरुद्ध विरोध प्रदर्शन तथा दंगा भइरहेका छन् । बेलायत, फ्रान्स, अस्ट्रेलिया लगायतका मुलुकमा पनि जातिविभेदविरुद्ध विरोध प्रदर्शन भइरहेका छन् । अमेरिकामा दंगाका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् ।

Muktinath Bank

दंगा नियन्त्रण गर्नका लागि प्रहरीले थप ज्यादती गरिरहेका खबर पनि आइरहेका छन् । न्युयोर्कमा ७५ वर्षीय एक विरोधकर्तालाई प्रहरीले धकेलेर लडाउँदा उनको टाउको फुटेर उनी घटनास्थलमै बेहोश भएको र अस्पताल पुर्‍याउनुपरेको छ । त्यसमा संलग्न दुई प्रहरी अधिकारीलाई निलम्बन गरिएपछि उनीहरूका सहकर्मी बफलो प्रहरी विभागका ५७ अधिकारीले सामूहिक राजीनामा दिएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेका अन्य भिडियोहरू पनि भाइरल भइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेको विवादले अमेरिकामा गहिरो गरी जमेको जातीय विभेदको कुरूप पक्षलाई पुनः स्मरण गराएको छ । त्यसा त अमेरिकी राष्ट्रको स्थापना नै जातीय विभेदको जगमा भएको भनी प्रतिष्ठित अमेरिकी इतिहासकार नेल अर्भिन पेन्टरले 'द हिस्ट्री अफ ह्वाइट पिपल'मा लेखेकी छन् । गोरा जातिका मानिसले अमेरिका बसाएको त्यसैले अश्वेतहरू पाहुना मात्र हुन् भन्ने किसिमको विभेदकारी संकथन गोराहरूमाझ गहिरो गरी जमेको छ भन्ने पेन्टरको तर्क छ । तर यसो भन्दैमा सबै गोराहरू जातिवादी हुन् भनी सामान्यीकरण गर्न चाहिँ मिल्दैन र अहिलेका विरोध प्रदर्शनमा उदारवादी गोराहरूको पनि बाक्लै उपस्थिति छ ।


Advertisment
Nabil box
Kumari

अनि बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प त झन् यस्तै सोच राख्ने श्वेत सर्वोच्चतावादीहरूका प्रतिनिधि हुन् । यस्ता जातिवादीहरू उनका सुदृढ मताधार भएकाले ट्रम्पले उनीहरूलाई खुशी बनाउने हिसाबले विरोध प्रदर्शन तथा दंगालाई दबाउनका लागि सेना परिचालन गर्ने बयान दिएका छन् जबकि आन्तरिक समस्यामा सेना परिचालन गरिँदैन । उनले विरोधकर्ताहरूलाई तर्साउन सैन्य हेलिकप्टर उडाउन लगाएको र सडकमा ट्यांक ल्याउन समेत खोजेको खबरहरू आएका छन् ।

Vianet communication
Laxmi Bank

अहिले भइरहेका दंगाले अमेरिकामा ५२ वर्षअघि सन् १९६८ मा भएका दंगाको स्मरण गराएको केही अमेरिकी विश्लेषकहरूले बताएका छन् । त्यतिखेर काला जातिका लोकप्रिय नेता मार्टिन लुथर किङ जुनियरको हत्या गरिएको थियो र लगत्तै डेमोक्रेटिक दलका नेता रोबर्ट केनेडीको ज्यान लिइएको थियो । अमेरिकाका विभिन्न दंगाहरू भड्किएर धनजनको क्षति भएको थियो ।

तर त्यतिवेलाको र अहिलेको दंगामा केही अन्तर देखिन्छन् । त्यतिखेर दंगा भड्किँदा अमेरिकाको अर्थतन्त्र आफ्नै गतिमा अघि बढिरहेको थियो । आयमा असमानता त त्यतिखेर पनि थियो तर अहिले कोरोनाभाइरसले थिलथिलो पारेको अर्थतन्त्रको जस्तो भयावह स्थिति थिएन । अहिले त कोरोनाभाइरसले पनि अमेरिकामा अन्यभन्दा बढी काला जातिका मानिसको ज्यान लिएको स्थिति छ भने बेरोजगारी दर भयावह रूपमा बढेको छ । मे महिनासम्ममा देशमा १३.३ प्रतिशत बेरोजगारी दर छ तर बन्दाबन्दी खुलेपछि २५ लाख नयाँ रोजगारी सिर्जना भएको अवस्था पनि छ ।

खासमा अहिलेको आक्रोश कालाजातिका मानिसमाथि गरिएको दमनको त हुँदै हो तर आर्थिक समस्याले समेत यसमा योगदान गरिरहेको छ । जर्ज फ्लोयडकै कुरा गर्दा उनी मिन्नियपोलिसमा रहेको एक ल्याटिन अमेरिकी रेस्टुराँमा सुरक्षागार्ड थिए । कोरोना बन्दाबन्दीका कारण उनले जागिर गुमाए ।

जेठ १२ गते फ्लोयडले खाद्यान्न पसलमा २० डलरको नक्कली नोट दिएको भनी पसलेले प्रहरीलाई खबर गरेका थिए । उनले चुरोट किन्दा नक्कली नोट दिएको बताइएको थियो । प्रहरी आयो र उनलाई नियन्त्रणमा लियो । उनले खासै संघर्ष नगरेको भए पनि प्रहरीले उनलाई भुइँमा पछारेर उनको घाँटीमा घुँडाले थिचिरह्यो । सास फेर्न गाह्रो भयो भन्दा पनि उनलाई छोडिएन र उनको मृत्यु भयो ।

उनको शरीरको पोस्टमोर्टम गर्दा घाँटी थिचिएपछि मुटुले काम गर्न छोडेर उनको मृत्यु भएको देखिएको हेन्नेपिन काउन्टी मेडिकल एक्जामिनर्स अफिसको आधिकारिक बयानमा उल्लेख गरिएको छ । अनि फ्लोयडको परिवारका लागि छुट्टै गराइएको अटोप्सीमा पनि उनको मृत्युलाई हत्या नै भनिएको छ ।

फ्लोयडको शरीरमा फेन्टानाइल र मेथाम्फेटामाइन जस्ता लागूऔषधि पनि देखिएको बताइएको छ । त्यसो त उनीमाथि बैंक लुटेको र लुटका क्रममा एक गर्भवती महिलालाई पिस्तोल देखाएको आरोप पनि रहेछ र उनले कारावास सजाय पनि काटेका रहेछन् । त्यसैलाई आधार बनाएर ट्रम्प समर्थक काला जातिकै नेत्री क्यान्डेस ओवेन्सले फ्लोयड जस्तो कसूरदारलाई विनासित्तीमा शहीदको दर्जा दिइएको समेत भनिन् ।

तर फ्लोयडको आपराधिक विगत अनि उनी लागूपदार्थका अम्मली थिए भन्ने तथ्यले उनको हत्यालाई जायज ठहर्‍याउन मिल्दैन (आर्थिक समस्यामा परेकाले उनी दुर्व्यसनमा लागेको हुनसक्छ तर त्यसो भन्दैमा लागूपखार्थ सेवनको प्रतिरक्षा गर्न चाहिँ सकिँदैन) । उनको हत्या गरिनुअघि नै उनमा स्वास्थ्य समस्या रहेको भनी गरिएको तर्क पनि हत्यामा संलग्न प्रहरी अधिकारी डेरेक चाउभिन तथा अन्यलाई बचाउने प्रयास मात्र हो (चाउभिन तथा अन्य तीन प्रहरी अधिकारीलाई घटनालगत्तै बर्खास्त गरेर कानून कारवाही अघि बढाइएको छ) । यो रुकुममा मारिएका नवराज विक तथा उनका साथीहरूको हत्यालाई अन्य परिस्थितिको हवाला दिँदै जायज ठहर्‍याउने दुष्प्रयास जस्तै देखिन्छ ।

अहिलेको दंगाले प्रहरी ज्यादतीको विकराल समस्यालाई पनि उजागर गरेको छ । विशेषगरी काला जातिका मानिस प्रहरी ज्यादतीको शिकार बन्ने गरेका छन् । अहिलेको विरोध प्रदर्शनमा बोल्दै अमेरिकी गायक किलर माइकले काला जातिका मानिसको लगातार गरिएका हत्याबाट आफू आजित भएको बताए । विगत एक दशकदेखि प्रहरीको दमनका कारण काला जातिका मानिस, विशेषगरी पुरुष, मारिएका र पीडकमाथि कुनै कारवाही नगरिएको देखिएको छ । यसले सुरक्षा प्रणालीमा रहेको जातिविभेदको साथै दण्डहीनताको समस्यालाई उजागर गरेको छ ।

दंगालाई जसरी भए पनि दबाउने भन्दै ट्रम्पले जोधाहा धारणा राखिरहेका छन् । लुटपाट शुरू भएमा गोली चल्ने भनी उनले गरेको ट्वीटलाई ट्विटरले हिंसा प्रोत्साहन भन्दै लुकाइदिएको थियो । यस दंगालाई उनले आफ्नो राजनीतिक फाइदाका लागि उपयोग गर्ने देखिएको छ । दंगाले अमेरिकालाई थप अनुदारवादी (कन्जर्भेटिभ) बनाउने गरेको भनी पाँच वर्षअघि आएको एक अनुसन्धानले देखाएको छ । समाजलाई थप ध्रुवीकरण गर्दा आफूलाई आगामी निर्वाचनमा फाइदा हुने आकलन ट्रम्पले गरेको देखिन्छ । उग्रदक्षिणपन्थी श्वेत सर्वोच्चतावादी र उग्रवामपन्थी एन्टिफा समूहका सदस्यहरू दंगामा भाग लिइरहेको देखिएको छ ।

अमेरिकामा चर्किएको दंगाले उसका प्रतिस्पर्धीहरूलाई काखी बजाउने अवसर प्राप्त भएको छ । रुसी, चिनियाँ तथा इरानी सञ्चारमाध्यममा प्रकाशित सामग्री हेर्दा अमेरिकाले अन्य देशमा दंगा भड्काएर सत्तापरिवर्तन गराउने खेल (कलर रिभोल्युसन) खेल्ने गरेकोमा अहिले आफैंले त्यस्तो स्थितिको सामना गर्नुपरेको भनी गैरअमेरिकी विश्लेषकहरूले लेखिरहेका छन् । हङकङमा दंगा भड्काउन अमेरिका तथा पश्चिमले योगदान गरेको भन्दै आक्रोशित चीनले अहिले खुच्चिङ भन्ने मौका पाएको छ । त्यसो त अन्य देशमा अमेरिकी हस्तक्षेपका विषयमा एउटा ठट्यौली प्रचलित छ– अमेरिकामा किन कहिले पनि कलर रिभोल्युसन हुँदैन ? किनकि त्यहाँ अमेरिकी दूतावास छैन ।

अहिलेका दंगाले अमेरिकाको संस्थागत जातिवादलाई निरस्त गर्ला भन्ने विषयमा शंकाकै स्थिति छ । अनि प्रहरी ज्यादती पनि रोकिएका भन्ने निश्चित छैन किनकि त्यहाँको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले प्रहरीलाई दंगानिरोधी भन्दा पनि अर्धसैन्य बल जस्तो बनाउने हिसाबमा अत्याधुनिक र घात हतियार उपलब्ध गराउन थालेको छ । यो दंगा कुनै समयमा पुगेर टुंगिनेछ अनि देश पुनः सामान्य अवस्थामा फर्किनेछ । तर जातीय विभेदको घाउ चाहिँ आलै रहनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x