×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशमा आइतवार बिहान एकैपटक ३८ नयाँ कोरोना संक्रमित थपिएको खबर संचार भयो ।

Muktinath Bank

अन्य प्रदेशमा ह्वात्तै कोरोना संक्रमित बढ्दा गण्डकी प्रदेशले भने अघिल्लो सातासम्म एक–दुईमात्र गन्दै आएको थियो । आइतवार पुष्टि भएका संक्रमितको संख्या पछिल्लो २४ घण्टामा सबैभन्दा उच्च हो । योसँगै प्रदेशमा कुल संक्रमित संख्या १ सय १३ पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशअन्तर्गत बागलुङमा गत १५ चैतमा पहिलोपटक कोरोना पुष्टि भएको थियो । त्यहाँका २ जना संक्रमित उपचारपछि डिस्चार्ज हुँदा प्रदेशलाई १३ बैशाखमा ‘ग्रिन जोन’ समेत घोषणा गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

लामो समयसम्म यहाँ कोरोना पुष्टि भएन । बैशाख मसान्तमात्र नवलपुरमा एक पुरुषमा कोरोना देखियो । जेठ महिना सुरु हुँदा प्रदेशमा मात्र ३ जना कोरोना संक्रमित थिए । यसरी नगण्य संख्यामा भेटिँदा प्रदेशलाई अन्यको तुलनामा सुरक्षित ठहरिएको भएपनि पछिल्ला दिनमा एकपछि अर्को संक्रमित बढ्दै गएका हुन् ।

Vianet communication
Laxmi Bank

हालसम्म प्रदेशका ११ मध्ये मनाङ र मुस्ताङ बाहेक ९ जिल्लामा कोरोना फैलिएको छ । 

गत १८ जेठमा प्रदेशमा संक्रमितको संख्या मात्र २४ थियो । क्रमशः २० गते ३७, २२ गते ५४, २४ गते ७५ हुँदै २५ गते १ सय १३ पुगेका हुन् । यसरी हेर्दा सातामै संक्रमित संख्या झण्डै सय अर्थात ८९ जना थपिएका हुन् । उनीहरू अधिकांश छिमेकी देश भारतमा रोजगारीका लागि गएर फर्किएकाहरू छन् । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार संक्रमित पुष्टि भएकामध्ये स्याङ्जाका १४, गोरखाका १०, बागलुङका १० र नवलपुरका ४ जना छन् । १७ देखि ५२ वर्ष उमेर समूहका उनीहरू सबै पुरुष हुन् । सबैजना भारतबाट फर्किएर सम्बन्धित जिल्लाको पालिकामा निर्मित क्वारेन्टाइन बस्दै आएका थिए । 

स्याङ्जा वालिङ नगरपालिकाका १३, भीरकोट नगरपालिकाका १, बागलुङ बडिगार्डका ९, ढोरपाटनका १, गोरखा गण्डकी गाउँपालिकाका ९, पालुङटारका १ र नवलपुर हुप्सेकोटका ४ जनामा शनिबार पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा संक्रमण फेला परेको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले विज्ञप्तिमार्फत जनाए । 

प्रदेश राजधानी पोखरा रहेको कास्कीमा ४ संक्रमित छन् । शुक्रबार र शनिबार गरी कास्कीका ४ मध्ये १ जनाको काठमाडौंको एक निजी अस्पतालमा उपचार भइरहेको छ भने ३ को पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x