कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरको कोभिड– १९ विशेष अस्पतालबाट सर्लाही गोडैता नगरपालिकाका १४ जना कोभिड– १९ कोरोना निको भएर घर फर्किए ।
आइसोलेसनमा १४ दिन बसेपछि जेठ २३ गते उनीहरूको तेस्रो स्वाब परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएका कारण डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सक डा. रविरञ्जन प्रधानले बताए ।
‘अहिले तेस्रो रिपोर्ट पनि नेगेटिभ आएका कारण उहाँहरूलाई हामीले डिस्चार्ज गरेका छौं,’ डा. प्रधानले लोकान्तरसँग भने, ‘डिस्चार्ज हुने बिरामीहरूलाई तत्काल हामीले डिस्चार्ज गरे पनि १४ दिनसम्म सामाजिक दुरी कायम गर्दै घरमा नै आइसोलेट भएर बस्न सल्लाह दिएका छौं ।’ कतिपय मानिसमा फेरि पनि संक्रमण दोहोरिने गरेका कारण डिस्चार्ज हुनेहरूलाई उक्त सुझाव दिने गरेको उनले बताए ।
डिस्चार्ज हुने बिरामीहरूलाई डा. प्रधानले अवीरको टीका लगाएर तथा माला लगाएर बिदा गर्ने गरेका छन् । कोरोनाको अहिलेसम्म उपचार नभएका कारण जेजस्तो बिरामीको लक्षण देखिएको छ, सोहीअनुसार उपचार गर्ने गरेको उनी बताउँछन् ।
‘कुनै बिरामीलाई ज्वरो आएको छ भने एन्टी पाइरेटिक पारासिटामोल दिने गरेका छौं,’ डा. प्रधानले भने ,‘रुघाखोकी, निमोनिया जस्ता रोगको लक्षण देखिँदा एन्टी बायोटिक औषधि दिएर उपचार गर्ने गर्छौं ।’
केही बिरामीमा कोरोना रोगको लक्षण देखिएपनि सिकिस्त भने कुनै पनि बिरामी नभएको तथा कुनैपनि बिरामीलाई आईसीयू तथा भेन्टीलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था नाएकोमा समस्त मेडिकल टीमले आफूलाई सौभाग्यशाली ठानेको प्रधानले बताए ।
फोकल पर्सन डा. कुलदीप पण्डितको अगुवाइमा डा. प्रधानसँगै डा. सञ्जीव यादव, डा. सुधिर यादव, नर्सहरू तथा कार्यालय सहयोगीहरूको टीम कोरोनाको उपचारमा खटिएका छन् ।
उक्त अस्पतालमा भर्ना भएका ३१ जना कोरोना संक्रमितमध्ये १७ जना बिरामीहरू हालसम्म उपचार गराएर डिस्चार्ज भइसकेका छन् ।
उपचारमा संलग्न चिकित्सकसहित स्वास्थ्यकर्मीहरूको टोलीलाई जनकपुरको अन्नपूर्ण होटलमा क्वारेनटाइनको व्यवस्था गरिएको छ ।
चिकित्सकको निगरानीमा योग गर्दै तातोपानी पिएर निको
निको भएकाहरू चिकित्सकको निगरानीमा योग गर्दैै तातोपानी र काडापानी पिएर कोरोनालाई माथ दिएको बताउँछन् ।
जेठ २३ गते डिस्चार्ज भएका सर्लाहीको गोडैता नगरपालिकाका १४ जना बिरामीहरूले लोकान्तरलाई यस्तै प्रतिक्रिया दिए ।
‘प्रत्येक दिन बिहानै उठेर १ देखि डेढ घण्टासम्म योग गर्थ्यौं,’ उपचारपश्चात निको भएका गोडैता नगरपालिका वडा नम्बर ८ का हेमन्त ठाकुरले लोकान्तरसँग भने, ‘त्यसपछि पोशिलो खाना खानुका साथै सरसफाइमा ध्यान दिएर तातोपानी खाँदा निको भयो ।’
अस्पतालले पानी तातो बनाउनका लागि विद्युतीय जग सबैलाई उपलब्ध गराएको थियो ।
‘त्यही जगमा तातोपानीमा नुन, बेसार, कालो मिर्च र गुरगुजसहितको काडा बनाएर प्रत्येक दिन बिहान, दिउँसो, बेलुका पिउने गरेका थियौं,’ ठाकुरले भने, ‘त्यसपछि प्रत्येक दिन हामीलाई भीटामिन बी कम्प्लेक्सको क्याप्सुल समेत खान दिने गरिएको थियो ।’
१४ दिनको अस्पताल बसाइमा एक दिनमा करीब ५ देखि ६ लिटरसम्म तातोपानी खाएको उनीहरूले बताए ।
कोरोनालाई जसरी पनि माथ दिनुछ भनेर अस्पतालमा भर्ना भएका सबै बिरामीहरू एकआपसमा सकारात्मक कुरा गर्ने, एकले अर्कालाई हौसला बढाउने काम गरेर पनि आत्मबल बढाएको उनले अनुभव सुनाए ।
जेठ ९ गते गोडैता नगरपालिकाका १४ जनालाई कोरोना संक्रमण भएको रिपोर्ट आउँदा सबै जना त्रासित भएका थिए । भारतको मुम्बइबाट आएका १२ जना तथा दिल्लीबाट २ जना गरी १४ जना गोडैताको विद्यालयमा बनेको क्वारेन्टाइनमा बसेका थिए ।
कोरोना पोजेटिभ भनेर रिपोर्ट आउनेबित्तिकै १४ मध्ये ५ जनालाई १ पटक र ९ जनालाई अर्कोपटक गरेर एम्बुलेन्समार्फत जनकपुर पुर्याइएको थियो ।
गाउँमा समेत एम्बुलेन्समा चढाउन कोही तयार भइरहेका थिएनन्, सबै जनाले हेला गर्ने जस्तो व्यवहार गरिरहेका थिए ।
टाढा नै बस भनेर एक किसिमले बहिष्कार गर्ने जस्तो, अछूत जस्तो व्यवहार गर्ने गरेको परिदृश्यले मन खिन्न बनाएको कुरा उनले सम्झिए ।
अस्पतालको आइसोलेसन वार्डमा पुग्दा १ घण्टा जति एम्बुलेन्समा नै रोकर राखिएको थियो । रेकर्डमा उनीहरूको इन्ट्री भएपछि मात्र भित्र प्रवेश दिइएको थियो ।
‘पहिलो दिन सबैजना भोकै आएका थियौं, मनमा डर र त्रास समेत थियो,’ ठाकुरले भने, ‘तर, जसरी हामीलाई हौसला प्रदान गर्न स्वास्थ्यकर्मीबाट व्यवहार हुनुपर्ने थियो त्यो नहुँदा झन् हामी डराएका थियौं ।’ त्यो रात सबै जनालाई एउटा–एउटा चाउचाउको प्याकेट मात्र दिइएको थियो । त्यही सुख्खा चाउचाउ खाएर रात काटेको उनले बताए ।
अस्पतालभित्र को कहाँ कुन बेडमा बस्ने भनेर कुनैपनि मार्ग निर्देशन स्वास्थ्यकर्मीबाट भएको थिएन । ‘गेटमा राखिएको एउटा–एउटा तन्ना लिएर हामी आफैंले आफुखुशी बेड लगाएर सुतेका थियौं,’ ठाकुरले भने, ‘भर्ना भएको भोलिपल्ट बिहान हामीलाई ब्रस, टूथपेस्ट, जिबिया, साबुन, मास्क, सहितका सामग्री दिइएको थियो । ’
शुरूमा सात दिनसम्म कुनै पनि सरसफाइकर्मी भित्र आएनन् । ‘हामी आफैंले सफाइ गर्ने गरेका थियौं,’ उनले थपे, ‘यहाँसम्म कि हाम्रो बेडसेट तन्दा बदल्न भन्दापनि बदलिदिएनन्, त्यसपछि हामी आफैंले बेडसेट धोएर कोठामा नै सुकाउने र ओछ्याउने गरेका थियौं ।’
शुरूका दिनमा बिहान र बेलुकाको खाना राम्रो भएपनि बिहान चिया र बिस्कुट मात्र खाजामा दिने गरिएको थियो, बेलुका पनि खाजा राम्रो हुने गरेको थिएन । तर, पछि सानोपाइला नामक संस्थाले खाना र खाजा दिन थाल्दा धेरै राम्रो भएको थियो ।
बिहान ८ बजे खाजामा ३ वटा रोटी, दूध, उमालिएको अण्डा, फलफूल खाजामा आउँथ्यो ।
१ बजेतिर खानामा दालभात, दुईवटा तरकारी, सलाद र राति पनि त्यस्तै पोशिलो खाना आउनुका साथै बेलुकाको खाजामा फलफूल तथा निम्बुपानी आउने गरेको उनले बताए ।
शुरूमा खाना खाजा दिँदा त्यसै भुइँमा फालेर जाने गरेका थिए । तर, पछि मिडियामा उक्त कुरा आएपछि सबै कुरामा सुधार भएको थियो । त्यसपछि सफाइ गर्न सफाइकर्मी पनि भित्र जाने गरेका थिए । खाने कुरा राख्दा पनि व्यवस्थित तरिकाले राख्ने गरिएको थियो ।
‘चिकित्सकहरू भित्र कहिल्यै पनि आउनुभएन,’ ठाकुरले भने, ‘तर, बिहान–बेलुका जति बेलापनि फोनमार्फत कसैलाई केही भएको छ, कस्तो छ, कुनै रोग लागेको छ वा छैन, त्यसको लक्षण सोध्ने र औषधि भने पठाउने गर्नुहुन्थ्यो ।’
(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...