×

NMB BANK
NIC ASIA

तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच वैशाख १० गते मध्यराति भएको एकता सहमति अनुसार आइतबार निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा) दर्ता भएको छ। 

Sagarmatha Cement
Muktinath Bank

एकीकरण प्रारुप अनुसार डा. बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष रहने यसअघि सहमति जुटेकाे भनिए पनि अन्तिम समयमा आएर उनी वरीयतामा तल झरेका छन्। अर्थात् सहमतिमा टिपेक्स लागेको छ। पूर्ववर्ती सहमति अनुसार महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय अध्यक्ष बने पनि भट्टराई वरिष्ठ नेतामा झरेका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि पूर्वप्रधानमन्त्री भट्टराईलाई वरीयतामा पहिलो नम्बरमा राखिने सहमति भएपनि उनलाई दिइन लागिएको पद सेरेमोनियलजस्तै थियो। तर अन्तिममा आएर उक्त सहमति पनि ताेडिएकाे छ।


Advertisment
Nabil box
Kumari

तत्कालीन राजपाले भट्टराईलाई वरीयताको पहिलो नम्बरमा अस्वीकार गर्दा यो परिणाम आएको हो। तत्कालीन राजपा नेता ठाकुरले भट्टराईलाई आफूभन्दा माथिल्लो वरीयतामा राख्न अस्वीकार गरेका हुन्।

Vianet communication
Laxmi Bank

वरीयता विवादकैबीच आयोगमा पार्टी दर्ता हुनुको कारण हो, निवेदन दिएको आइतबार ४५ औँ दिन पुग्नु। यसलाई तत्कालीन समाजवादी पार्टी नेपाल, प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पनि घुमाउराे किसिमले स्वीकार गरेका छन्।आइतबार राति सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले लेखेका छन्,  ‘धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी रहेकाे र निर्वाचन आयाेगमा आजै पुग्नुपर्ने बाध्यता भएकाले आज २ पार्टीबीच १/१ जना अध्यक्षकाे नाममा संयुक्त पार्टी दर्ता...।'

 पाण्डे  भट्टराईका प्रेस सल्लाहकार पनि हुन्।

दल दर्तापछि सार्वजनिक कागजातमा भट्टराई वरीयताको चौथो नम्बरमा देखिन्छन् । उनको नाम अशोक राईपछि छ। भट्टराईपछि राजेन्द्र महतोको नाम छ।

सार्वजनिक कागजातमा बाबुराम वरिष्ठ नेता रहेको र वरीयतामा चौथो नम्बरमा रहेपनि जनता समाजवादीका नेताहरुको फरकफरक भनाइ आएको छ।

लोकान्तरसँग सम्पर्कमा आएका नेताहरूले भट्टराई संघीय परिषद् अध्यक्ष नै रहेको बताएका छन्। तर, उनको वरीयताको विषयमा भने फरकफरक अभिव्यक्ति दिएका छन्।

नेता लक्ष्मणलाल कर्णले पार्टी दर्ताका लागि वरीयतामा मिलान गरिएको बताए। ‘संघीय परिषद्को अध्यक्ष उहाँ (बाबुराम भट्टराई नै हो। तर वरीयतामा महन्थ ठाकुर पहिलो नम्बर, उपेन्द्र यादव दाेस्राे र बाबुराम भट्टराई तेस्राेमा हुनुहुन्छ,’ लोकान्तरसँग कुरा गर्दै कर्णले भने।

तत्कालीन समाजवादी पार्टी, संसदीय दलका प्रमुखको सचेतक उमाशंकर अरगरियाले पनि बाबुराम भट्टराई नै संघीय परिषद् अध्यक्ष रहेको बताए। तर भट्टराई वरीयतामा दोस्रो नम्बरमा रहेको उनले जनाए।

हुन् पनि महन्थ ठाकुरले वरीयतामा बाबुराम भट्टराईभन्दा तल नबस्ने अड्डी कसेपछि उनी (बाबुराम) लाई दोस्रोमा झारिएको थियो। तर बाबुरामले नै आफू वरीयतामा महन्थ ठाकुरपछि नबस्ने बरु अशोक राईपछि राख्न भनेपछि त्यसैअनुसार टिपेक्स लगाइएको स्रोतको भनाइ छ। 

निर्वाचन आयोग, राजनीतिक दल महाशाखा प्रमुख लक्ष्मी गौतमको भनाइ र सार्वजनिक कागजातमा उल्लेखित विवरणले मेल खान्छ। गौतमका अनुसार २ जना क्रमशः महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन्।

त्यसपछि वरिष्ठ नेतामा क्रमशः अशोक राई, डा बाबुराम भट्टराई, राजेन्द्र महतो रहेको उनले बताए।

पाण्डेले ‘नेतृत्व लगायतका वैचारिक कुरा आउने केन्द्रीय समितिको बैठकबाट सबै मिल्नेछ’ भनेका छन्।

सरकारले दल विभाजनसम्बन्धी प्रावधानलाई खुकुलो पार्नेगरी अध्यादेश ल्याएपछि यी दुई दल एकीकृत भएका थिए।

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x