कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण देशमा बन्दाबन्दी (लकडाउन) भएको सोमवार ७७ औं दिन चलिरहेको छ । यसबीच कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले लकडाउन खुकुलो पार्ने मोडालिटी बनाइरहेको चर्चा समेत छ ।
लकडाउन खुकुलो भएको निर्णय नहुँदै आम सर्वसाधारणको गतिविधि र आवतजावत बढेको छ । राजधानी काठमाडौं उपत्यकाभित्र पसलहरू बिस्तारै खुलिरहेका छन् भने सडकमा यातायातका साधन पनि बाक्लिन थालेका छन् ।
काठमाडौं प्रवेश गर्ने विभिन्न नाकामा गाडीको चाप समेत बढेको छ । नागढुंगा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक (सई) विमल सिलवालले अन्य समयभन्दा उपत्यका भित्रिने सवारीसाधन बढेको बताए । ‘लकडाउन खुकुलो हुँदैछ भन्ने सुनेर होला मानिसहरू उपत्यका आइरहेका छन्,’ सई सिलवालले लोकान्तरसँग भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरू बढिरहेका छन् । आइतवार जापानको लागि चार्टर्ड उडानहरू भएकाले पनि नाकाबाट भित्रिनेको संख्या बढेको सई सिलवालले बताए । प्रहरीले जापान लगायत विदेश जान काठमाडौं आएका व्यक्तिको विवरण लिएर, हवाइ टिकट लगायत सम्बन्धित जिल्लाबाट पठाइएको पासको फोटो खिचेर प्रवेश दिने गरेको छ ।
नागढुंगाबाट एम्बुलेन्स, प्रहरी, सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, अत्यावश्यक सामानका गाडी, पास भएका सवारीसाधन बाहेक अन्यलाई उपत्यकाभित्र छिर्न नदिने गरी कडाइ गरिएको महानगरीय प्रहरी वृतका वृतपति प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठले बताए । डीएसपी श्रेष्ठले लोकान्तरसँग भने, ‘सरकारले तोकेकाभन्दा अन्य व्यक्तिलाई हामीले नाकाबाटै फर्काइदिने गरेका छौं ।’
पूर्वबाट काठमाडौं उपत्यका भित्रिने साँगा नाकामा पनि उपत्यका छिर्ने सवारीसाधनको लाइन नै लाग्ने गरेको छ । प्रहरीले नाकामा रोकेर सवारीसाधनको पास जाँच गर्ने गरेको छ । एम्बुलेन्सलाई पनि रोकेर राम्रोसँग चेक गरेर मात्र जान दिइएको छ ।
‘अलिकति खुकुलो भएको हल्लाले अत्याधिक सवारीसाधन उपत्यका छिर्न खोजिरहेका छन् तर हामीले विना पासका सवारीसाधन छिर्न दिएका छैनौं,’ साँगामा खटिएका ट्राफिक प्रहरी हवल्दार श्यामबहादुर कार्कीले भने, ‘कोही वडाध्यक्षको फोन लिएर आउनुहुन्छ त कोही म फलानाको मान्छेको हो भनेर आउनुहुन्छ तर विना पासका कसैलाई पनि जान दिइएको छैन ।’
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...