नेपाल लगायत विश्वका अधिकांश मुलुकमा अहिले कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिरहेको छ ।
महामारी रोकथाम तथा न्यूनिकरणका लागि भन्दै अहिले विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको छ ।
यसैबीच केही सेलिब्रेटीहरूको पुराना तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
हालै भारतीय नायिका करीना कपूरको एक तस्वीर भाइरल भइरहेको छ । सो तस्वीरमा करीना आफ्ना साथीहरूसँग रमाइरहेकी छिन् ।
यस तस्वीरमा करीना, मलाइका अरोरा, अमृता अरोरा र शाहीन भट्ट रहेका छन् ।
एजेन्सी