×

NMB BANK
NIC ASIA

कोरोनाको रफ्तार : वीरगञ्जबाट रौतहट र सर्लाहीतिर सर्‍यो संक्रमणको ‘हट स्पट’

जेठ २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

२ नम्बर प्रदेशमा कोरोना संक्रमणको रफ्तार दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

पर्साको वीरगञ्ज महानगरपालिकामा धेरै संक्रमण देखिएको बेला वीरगञ्ज कोरोनाको ‘हट स्पट’ थियो तर पछिल्लो समयमा पर्साका कोरोना संक्रमित नारायणी अस्पतालसहित अन्य अस्पतालको आइसोलेसनमा उपचार गराएर डिस्चार्ज भइसकेका छन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हट स्पट’ रहेको ‘रेड जोन’बाट वीरगञ्ज अब ‘ग्रीन जोन’मा परिवर्तन भएको छ तर प्रदेशका अन्य जिल्लामा कोरोना संक्रमणको रफ्तार तीब्र गतिमा नै बढ्दै गएको छ । सबैभन्दा बढी रौतहट र सर्लाही जिल्लामा संक्रमितको संख्या बढ्दै गएको छ ।


Advertisment
Nabil box
Kumari

सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार जेठ २५ गतेसम्म २ नम्बर प्रदेशमा १ हजार १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा ७६, सिरहामा ४९, धनुषामा १०१, महोत्तरीमा ९२, सर्लाहीमा २५०, रौतहटमा ३९७, बारामा ७० र पर्सामा १११ जनामा कोरोना पोजेटिभ पाइएको घिमिरेले बताए ।

Vianet communication
Laxmi Bank

प्रदेशका संक्रमितमध्ये हालसम्म २०३ जना आइसोलेसनमा उपचारपश्चात डिस्चार्ज भएका उनी बताउँछन् । स्वाब परीक्षण गर्दा ११ हजार १२२ जनाको कोरोना नेगेटिभ रिपोर्ट आएको समेत उनले बताए । प्रदेशमा हालसम्म ४३१ वटा क्वारेन्टीन सञ्चालित रहेकोमा २१ हजार ४५० जना क्वारेन्टीनमा बसेका छन् भने ५ हजार ८३० जना होम क्वारेन्टीनमा छन् । 

‘हट स्पट’ रौतहटमा संक्रमणको रफ्तार

रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेका अनुसार जेठ २५ गतेसम्म जिल्लामा ३९९ जनामा कोरोना पोजेटिभ पाइएको छ । जसमध्ये १८ जना अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।

 ‘तराईका अन्य जिल्लाभन्दा बढी रौतहट जिल्लाबाट नै मानिसहरू रोजगारी, पेशा तथा अन्य कामका लागि भारतमा जानुभएको छ । भारतमा नै कोरोनाको संक्रमण उच्च भएको बेला ती व्यक्तिहरू ट्रक, ट्रयाक्टर र अन्य सवारीसाधनसहित पैदल पनि नेपाल आउनुभयो र संक्रमित हुनुभयो,’ सीडीओ घिमिरेले लोकान्तरसँग भने ।

भारतबाट आएका व्यक्तिहरू घर नगई सिधै क्वारेन्टीनमा बसेका कारण स्थानीय समुदायमा संक्रमण नभएको उनले बताए । रौतहटका क्वारेन्टीनमा बसेका लगभग ४ हजार व्यक्तिको स्वाब संकलन गरिएकोमा ३९९ जनामा कोरोना पोजेटिभ पाइएको छ, त्यसमध्ये केहीको रिपोर्ट आउन बाँकी रहेको सीडीओ घिमिरे बताउँछन् । 

‘जिल्लाबाट पठाइएको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १५ दिनसम्म पनि होल्ड हुने गरेको छ,’ उनले भने, ‘समयमा रिपोर्ट नआउँदा पनि क्वारेन्टीन व्यवस्थापनमा समस्या हुने गरेको छ ।’ अझै पनि क्वारेन्टीनमा बसिरहेका ८ हजारभन्दा बढी व्यक्तिको स्वाब संकलन तथा परीक्षणको काम बाँकी रहेको सीडीओ घिमिरेले बताए । ‘हालसम्मको प्रवृत्ति हेर्दा आगामी दिनमा १ हजारभन्दा पनि बढी संख्या हुनसक्छ,’ घिमिरेले थपे, ‘त्यो संख्या त अहिले आएका र क्वारेन्टीनमा बसेकाहरूको संख्याको अनुमान मात्र हो । फेरि भारतबाट आउने क्रम जारी नै रहेका कारण संक्रमितको संख्या झन्झन् थपिन सक्छ ।’ 

रौतहटमा ४ वटा आइसोलेसन अस्पताल छन् । ४०० शय्या क्षमता रहेकोमा अस्पतालका सबै शय्या भरिएका छन् । ‘क्रमशः आइसोलेसनको संख्या बढाउँदै १ हजारसम्मको शय्या बनाउनु आवश्यक छ,’ सीडीओ घिमिरेले भने, ‘त्यसो गर्न सकिएन भने कोरोना संक्रमितलाई पनि क्वारेन्टीनमै राखेर वा होम क्वारेन्टीनमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ ।’ 

रौतहटमा सबैभन्दा बढी राजपुर नगरपालिका र ईशनाथ नगरपालिकामा कोरोना संक्रमण देखिएको छ । राजपुर नगरपालिकामा मात्रै जेठ २५ गतेसम्म ९४ जनामा कोरोना संक्रमण पाइएको छ । राजपुर नगरपालिकाका प्रमुख (मेयर) मोहम्मद सकिल अख्तरले भने अचम्मका प्रतिक्रिया दिए ।

‘भारतबाट आउँदा पैदल नै आउने, भोकभोकै मान्छे नेपाल आउँदा ज्वरो लागेर, थाकेर कोरोना संक्रमित भएको हुनसक्छ,’ उनले भने, ‘कोरोना भाइरसको संक्रमण भनिए पनि त्यो कुनै रोग होइन, १०–२० दिनसम्म मानिस पैदल नै आउँदा भोक–प्यासका कारण ज्वरो तथा रुघाखोकी देखिएको हो । यो कुनै बिरामी होइन, परेशानी मात्र बढाएको छ ।’ अस्पतालको आइसोलेसनबाट निको भएर मान्छेहरू डिस्चार्ज समेत भइरहेका कारण कोरोना कुनै समस्या नभएको उनी तर्क गर्छन् ।

‘राजपुर नगरपालिकाभित्र २४ वटा क्वारेन्टीन सञ्चालन गरिएको छ,’ मेयर अख्तरले भने, ‘५ हजार व्यक्तिलाई क्वारेन्टीनमा राख्ने लक्ष्य रहेकोमा हालसम्म ४ हजार २०० व्यक्ति क्वारेन्टीनमा छन् ।’

सर्लाहीमा पनि संक्रमण तीब्र

प्रदेशको सर्लाही जिल्लामा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सर्लाहीका सीडीओ मोहनबहादुर बीसीले जेठ २५ गतेसम्म जिल्लाका २४९ जनामा कोरोना संक्रमण पुष्टि भएर उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । 

‘भारतका विभिन्न ठाउँबाट आउनुभएका व्यक्तिमा कोरोना संक्रमण पाइएको छ । अहिलेसम्म क्वारेन्टीनमा बसेका ४ हजार जति व्यक्तिको स्वाब संकलन गरेर परीक्षण गर्दा २ हजार ३०० जनाको रिपोर्ट आएको छ, जसमा २४९ जनामा पोजेटिभ आएको छ, बाँकीको रिपोर्ट आउन बाँकी छ,’ सीडीओ बीसीले भने ।
 
प्रदेश सरकारको सहयोग नपाएको स्थानीय सरकारको आरोप 

सर्लाही जिल्लाभित्र बढी संक्रमण गोडैता नगरपालिकामा देखिएको छ । जेठ २५ गतेसम्म ७९ जनामा संक्रमण देखिएकोमा मलंगवा र जनकपुरको आइसोलेसनमा बसेका २५ जना उपचारपश्चात डिस्चार्ज भएर घर फर्किएका छन् । भारतको मुम्बई, दिल्ली, गुजरात लगायतका शहरमा काम गर्दै आएका मजदुर स्वदेश फर्किंदा कोरोना संक्रमित भएको गोडैता नगरपालिकाका प्रमुख देबेन्द्रकुमार यादव बताउँछन् । 

‘क्वारेन्टीनमा बसेका ३७५ जना व्यक्तिको स्वाब परीक्षण गर्दा मात्रै ७९ जनामा पोजेटिभ आएको छ,’ प्रमुख यादवले भने, ‘५७ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी नै छ ।’ क्वारेन्टीनमा बसेका करीब १३० जनाको स्वाब संकलन गरिएको छैन ।

प्रदेश र संघ सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको उनी बताउँछन् । स्वाब संकलनदेखि आइसोलेसन तथा क्वारेन्टीन लगायत समस्याबारे प्रदेशका सामाजिक विकास मन्त्री नबल किशोर साह सुडीलाई फोन गर्दा कुनै वास्ता नै नगरेको उनको आरोप छ । बोल्दा समेत झर्को लाग्ने गरेर उल्टै हप्काउने र समस्या बुझ्न नै नचाहने मन्त्री सुडीलाई तत्काल नै मुख्यमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको सुझाव छ ।

‘आफैंले स्वाब संकलनका लागि भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) किनेर स्वाब संकलन गराएर परीक्षणका लागि टेकु पठाएका छौं,’ यादवले भने । भ्याटबाहेक ४९० रुपैयाँ प्रतिभीटीएम किनेको तथा स्वाब संकलन गर्न आउने स्वास्थ्यकर्मीलाई ल्याउन र लैजान एम्बुलेन्स पठाएको उनले बताए । ‘स्वाब संकलन गर्न आउने स्वास्थ्यकर्मीलाई २ हजार ५०० रुपैयाँ भत्ता समेत दिएँ,’ उनले भने ।

भारतबाट आउने क्रम जारी नै रहेको र क्वारेन्टीनमा रहेका सबै व्यक्तिको स्वाब संकलन समेत हुन नसकेको प्रमुख यादवले बताए । ‘संघीय सरकारको स्वास्थ्य मन्त्रालयले क्वारेन्टीनमा बसेका व्यक्तिमा लक्षण नदेखिएको तथा १४ दिन बसिसकेको व्यक्तिलाई स्वाब संकलन नै नगरेर घर पठाउन निर्देशन सहितको परिपत्र पठाएको छ,’ प्रमुख यादवले भने, ‘संक्रमितको संख्या बढ्ने सम्भावना हुँदाहुँदै कसरी विना परीक्षण घर पठाउने भन्ने समस्या उत्पन्न भएको छ ।’

विना परीक्षण घर पठाउँदा कोरोना पोजेटिभ भएर गाउँ, समुदाय र परिवारमा समेत कोरोना संक्रमण हुनसक्ने चिन्ता उनी व्यक्त गर्छन् । ‘क्वारेन्टीनमा हुँदा त जोखिम न्यून भएको छैन, सम्हाल्न सक्ने स्थिति छैन । समुदायमा संक्रमण भयो भने झन् सम्हाल्न सक्ने स्थिति नै हुने छैन,’ उनले भने ।

(यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।)

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x